Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा […]

रवि लामिछाने प्रकरणः चितवनमा धरौटी, बानेश्वरमा अविर यात्रा

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् । नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् । सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता […]

घुस लिएको अभियोगमा नायव सुब्बामाथि मुद्धा दायर

९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध सेवाग्राहीसँग घुसलिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि नायव सुब्बा ठाकुर विरुद्ध सोमबार मुद्धा दायर गरिएको आयोगका […]

वीरगञ्जबाट दुई दिनमा ५ टन मरिच बरामद

९ भदौ, वीरगञ्ज । वीरगञ्जको विभिन्न स्थानबाट प्रहरीले ५ टन ३ सय किलोग्राम मरिच बरामद गरेको छ । गत भदौ ६ गते प्रहरीले वीरगञ्ज महानगरपालिका-१ बाट ४० किलोका १३ बोरा मरिच नियन्त्रणमा लिएको थियो । त्यसकै भोलिपल्ट वीरगञ्ज महानगरपालिका-६ स्थित विजय अग्रवालको घर भाडामा लिएर विजय गुप्ताले सञ्चालन गर्दै आएको स्टोरबाट २५ किलो दरका ५६ […]

पर्यटनमन्त्रीको कार्ययोजना : ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छूट !

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ । सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत […]

वायुसेवा निगम सुधार्न मन्त्री योगेशले के गर्दैछन् ?

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कार्यभार सम्हालेपछि योगेश भट्टराईले भने, ‘नेपाल वायुसेवा निगमलाई वाह् ! भन्ने बनाउँछु ।’ मन्त्री भएको २६ दिनपछि पत्रकार सम्मेलन गरेर मन्त्री भट्टराईले १४१ बुँदे मुख्य प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गरेका छन्, यसमा वायुसेवा निगम सुधारका लागि ११ बुँदे छन् । नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा सञ्चालन […]

रवि लामिछानेसहित ३ जनाको बहस सकियो, आदेश केहीवेरमा

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार थुनछेक बहस सकिएको छ । पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो । जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, […]

बहालवाला र सेवा निवृत्त कर्मचारीका परिवारलाई रासन कार्डको माग

९ भदौ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कर्मचारी संगठनले बहालवाला र सेवा निवृत्त कर्मचारीका परिवारलाई रासन कार्डको व्यवस्था गर्न माग गरेको छ । यही भदौ ७ र ८ गते काठमाडौंमा सम्पन्न निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकले यो सहित बिभिन्न २९ बुँदे माग राखेको छ । संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अध्यक्षमा बसेको बैठकले […]

रवि लामिछानेको सम्पत्ति खोज्दै प्रहरी

९ भदौ, काठमाडाैं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’ […]

नेपालका मेयर र उपमेयर बने चिनियाँ विश्वविद्यालयका विद्यार्थी

९ भदौ, काठमाडौं । यतिबेला बिभिन्न नगरपालिकाका १८ जना मेयर तथा उपमेयरहरु चीनमा शहरी विकास योजना, विपद व्यवस्थान तथा रोकथामलगायतका विषय पढिरहेका छन् । चीनको ‘युनान युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक इन्टरनेशनल विजनेश स्कुल’ मा उनीहरुको पढाइ चलिरहेको हो । ८ दिनसम्म विभिन्न क्षेत्रका प्राध्यापकले नेपालका १८ जना मेयर र उपमेयरलाई विभिन्न विषयमा जानकारी गराउने […]

पर्यटनमन्त्रीका १४१ घोषणा : विमानस्थलदेखि पशुपतिनाथको आरतीसम्म (पूर्णपाठ)

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  उनले चालु आर्थिक वर्यमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् […]

लोकसेवा विज्ञापनमा ‘म्याच फिक्सिङ’को शंका : नवीन रोका

९ भदौ, बुटवल । आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगरले लोकसेवा आयोगले हालै निकालेको विज्ञापन असंवैधानिक हुँदाहुँदै मुख्य दलहरुले यसबारे संसदमा आवाज नउठाउनुले ‘म्याच फिक्सिङ’को आशंका भएको बताएका छन् । उनले आरक्षणको व्यवस्था संविधानमै रहेको उल्लेख गर्दै आयोग र सरकारले संविधान मिचेर विज्ञापन निकाल्नु र दलहरुले संसदमा आवाज नउठाउनु दुर्भाग्य भएको बताए । बुटवलमा […]

पत्रकार हमाललाई ३ दिनभित्र सर्वोच्च उपस्थित गराउन आदेश

९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ । केही दिनअघि पत्रकार हमाल विप्लव माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्लेसहित पोखरामा पक्राउ […]

गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

९ भदौ, गुल्मी । गुल्मीमा गुडिरहेको मोटरसाइकलबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । घाइते कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ […]

एयरपोर्ट क्षेत्रका सेकुवा पसल हटाइने

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलबाहिरका क्षेत्रमा रहेका सेकुवा पसलहरु हटाउने घोषणा गरेका छन् । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले विमानस्थलबाहिरका सेकुवा पसल र अव्यवस्थित संरचना हटाउने घोषणा गरेका हुन् । तीनकुनेदेखि गौशाला क्षेत्रको सडकलाई विमानस्थल क्षेत्र घोषणा गर्ने पनि मन्त्री भट्टराईले योजना सुनाए । विमानस्थल नेपाल […]

सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गर्दै पेट्रोलियम मजदूर आन्दोलित

९ भदौ, काठमाडौं । सबै पेट्रेल पम्पलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गर्दै पेट्रोलियम मजदूरहरु आन्दोलित भएका छन् । श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रदान गरेका सेवा सुविधान नपाएको भन्दै अखिल नेपाल पेट्रोलियम मजदूर संघले आन्दोलन घोषणा गरेको हो । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई श्रमिकहरुले सेवा सुविधा नपाएकोले कार्यान्वयनका लागि आवश्यक पहल गर्न […]

गोठालोबाट लखपति बनेका ‘इलामे राई’

९ भदौ, इलाम । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनि सकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जो कोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो । तर, दुई वटा गाडी र दार्जलिङमा घर जोडिसकेका राई हेर्दा देखेजति सामान्य छैनन् । हुन त हाम्रो समाजमा राम्रो लगाउने र […]

तीनकुने-गौशाला सडकमा सेकुवा पोल्न नदिइने, पशुपतिबाट आरतीको ‘लाइभ’ हुने

९ भदौ, काठमाडौं । तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित […]

एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान

९ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको मन्त्रालयले यो अभियान अघि सारेको हो । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाइने […]

भौतिकशास्त्रको प्रश्नपत्र विवाद : तामेलीमा राख्यो अख्तियारले उजुरी

९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्नातकोत्तर तह भौतिकशास्त्र विषयको विवादित प्रश्नपत्रसँग सम्बन्धित उजुरीलाई तामेलीमा राखेको छ । अनियमितताको प्रमाण नपुगेको भन्दै अख्तियारले उजुरीलाई तामेलीमा राखेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरसँग भने, ‘उजुरीमा भनिएको आधार र प्रमाणले भ्रष्टाचार पुष्टि नहुने भएकाले तामेलीमा राखिएको छ ।’ स्नातकोत्तर तह भौतिकशास्त्र […]

सागमा स्वर्ण जित्ने सुस्मिताको तृष्णा

९ भदौ, काठमाडौं । आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं साग खेलकुदमा निकै आश गरिएकी खेलाडी हुन् सुस्मिता तामाङ । १९ वर्षीया उसु खेलाडी सुस्मितालाई स्वर्ण पदकको प्रबल दावेदारका रुपमा हेरिएको छ । गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदले सुस्मिताका लागि सागको ढोका खोलिदिएको थियो । सागको तयारीका लागि त्रिपुरेश्वरस्थित सेमिकभर्डहलमा कठिन अभ्यास गरिरहेकी […]



from समाचार – Online Khabar https://ift.tt/2Ziv59M
via IFTTT
Powered by Blogger.