Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

२१ दिनसम्म पनि खुलेन काठमाडौं विश्वविद्यालयको ताला

११ भदौ, काभ्रे । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका […]

सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना, ३ को मृत्यु, २७ घाइते

११ भदौ, सुर्खेत । रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै […]

१४ मंसिरको उपनिर्वाचन : प्रदेश १ मा नेकपाको भाग्य परीक्षा

११ भदौ, विराटनगर । प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तनि स्थानीय तह प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो । प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका ,पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । […]

३३ केभी प्रसारण लाइन विवाद : ‘मर्न तयार हुन्छौं, तर बिजुलीको तार टाँग्न दिन्नौं’

११ भदौ, विराटनगर । विद्युत व्यवस्थापनका लागि विस्तार गरिएको ३३ केभी प्रसारण लाइनमा ग्रामथान गाउँपालिका-५ को गिधनियाका बासिन्दाले अवरोध पुर्याएपछि प्रदेश १ को राजधानी विराटनगर र त्यस आसपासका क्षेत्रमा समस्या भएको छ । त्यसै त अनियमित आपूर्ति र लो भोल्टेजका कारण कटहरीदेखि रंगेली क्षेत्रमा रहेका एकसय साना-ठूला उद्योग संकटमा परिरहेका बेला गिधनियाको अवरोधले थप समस्या […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृसंस्थाबारे छलफल हुने

११ भदौ, काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै […]

रवि लामिछानेका दुई चुनौती : पत्रकारले पुग्दैन, नेता बन्न गाह्रो छ

रवि लामिछाने अहिले जनताको अख्तियारको प्रतिनिधिपात्र जस्तो हुनुभएको छ । बालुवाटारको अख्तियारचाहिँ सीमित मान्छेहरुका लागि मात्रै छ । तर, वैदेशिक रोजगारीमा अन्याय परेका सामान्य मान्छेले अहिले रवि लामिछानेको नाम पहिला लिने अवस्थाको उहाँले छवि बनाइदिनुभयो । पत्रकारिताभन्दा निकै पर पुगेर एकदम भुइँ तहका जनताको सदभाव जित्ने रवि लामिछानेको पृष्ठभूमि बनेको छ । अनि, समाजमा बढ्दै […]

भ्रमण वर्ष तयारीप्रति प्रदेश सरकारको आक्रोश

१० भदौ, काठमाडौं । प्रदेश सरकारहरुले नेपाल भ्रमण वर्षको तयारीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईको नेतृत्वमा मंगलबार बसेको मूल आयोजक समितिको बैठकमा मूख्यमन्त्री तथा पर्यटनमन्त्रीहरुले भ्रमण वर्षको तयारी सुस्त भएको बताएका हुन् । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले भम्रण वर्षको तयारी सकिएर स्वागत–सत्कारमा लाग्नुपर्ने समयमा पनि प्रारम्भक […]

जनतालाई एम्बुलेन्स छैन, आफ्ना लागि स्कोरपियो र पजेरो

१० भदौ, वीरगञ्ज । गएको १३ असारमा पर्साको पटेर्वासुगौली– ५ निचुटा, बेल्वामा मैनुदिन मियाँ दर्जीको घर जल्दा नजिक कतै दमकल नभएकाले आगो निभाउन आएन । घर हेर्दाहेर्दै जलेर खरानी भएपछि मियाँ परिवारले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडालगायत राहतका लागि गाउँपालिकामा निवेदन दिए । संविधानले स्थानीय तहलाई विपद व्यवस्थापनसम्बन्धी अधिकार दिए पनि पटेर्वासुगौलीमा यससम्बन्धी कार्यविधि बनेको छैन । […]

प्रदेश २ मा एक महिनामै २७ प्रहरीलाई कारवाही, ३९ पुरस्कृत

१० भदौ, जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले गलत काम गर्ने प्रहरीलाई कारवाही गर्न आफ्नो हात नकाँप्ने बताएका छन् । प्रदेश २ को प्रहरी प्रमुख भएर आएको करिब दुई महिनापछि मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्कीले गल्ती गर्ने र आचरण विरुद्व काम गर्ने प्रहरीलाई कारवाही गरिने बताए । ‘गलत गर्नेलाई […]

विरोधका बीच राष्ट्रिय परिचयपत्र विधेयक पास

१० भदौ, काठमाडौं । विपक्षीसँगै सत्तारुढ सांसदहरुको विरोधका बीच राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ । संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले विधेयक नआउँदै परिचयपत्र बाँड्ने काम भएको […]

प्रदेश-३ द्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित 

१० भदौ, भीमफेदी । प्रदेश-३ को मंगलबार बसेको प्रदेशसभा बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ । बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक […]

समायोजन रोज्ने प्रहरीको दुई ग्रेड बढ्ने, बढुवा नहुने

९ भदौ, काठमाडौं । समायोजन रोज्ने प्रहरी कर्मचारीको बढुवा नभई दुई ग्रेड वृद्धि हुने भएको छ । राष्ट्रियसभाको विधायन ब्यवस्थापन समितिले प्रतिनिधिसभाले दुई ग्रेड वृद्धि गरी प्रहरी कर्मचारीलाई प्रदेशमा पठाउने ब्यवस्थालाई स्वीकार गर्ने गरी प्रहरी समायोजनसम्बन्धी बिधेयकमा सहमति जुटाएको हो । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नयाँ परिवेश र नयाँ संरचनामा काम गर्न जानेलाई प्रोत्साहन […]

तामाकोसी नदीले बगाउँदा विदेशी नागरिकको मृत्यु

१० भदौ, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोसी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा […]

तीन जना मृत फेला

१० भदौ, काठमाडौं । सिराहा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा मंगलबार ३ जना मृत अवस्थामा फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ मा ५५ वर्षीय शिवनाथ मलाह कमला खोला किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै तनहुँको ब्यास नगरपालिका–५ स्थित मादी खोला किनारमा लमजुङ मध्यनेपाल–८ का ४९ वर्षीय सूर्य बहादुर थापा पनि मृत […]

जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा प्रदर्शन

१० भदौ, वीरगंज । जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा मंगलबार साँझ प्रदशर्न भएको छ । नेपाल विद्यार्थी (नेवि )संघसँग आवद्ध युवा विद्यार्थीले सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै वीरगंजको श्रीपुरमा प्रदर्शन गरेका हुन । विरोधको क्रममा उनीहरुले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको विरोधमा नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनका कारण त्रिभुवन राजपथ […]

विप्लव समूहका रामेछाप इन्चार्जले पार्टी छाडे

१० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलले सो समूह परित्याग गरेर शान्तिपूर्ण जीवन बिताउने जानकारी गराएका छन् । मंगलवार प्रेस विज्ञप्तिमार्फत उनले बिप्लब समूह परित्याग गरेको जनाएका हुन् । माओवादी आन्दोलनमा लामो समयदेखि क्रियाशील ढुंगेलले बिल्ब समूहका हिंसात्मक गतिविधिहरुप्रति आफ्नो असहमति रहँदै आएको विज्ञप्तिमा जनाएका छन् । उनले […]

प्रवक्ता श्रेष्ठले भने : नेकपामा नीति र नेतृत्वको आलोचना गर्न पाइन्छ

१० भदौ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको बारेमा सार्वजनिक टिप्पणी र आलोचना गर्न बन्देज नलगाइएको प्रष्ट पारेका छन् । पार्टीको नीति र नेतृत्वका सम्बन्धमा सार्वजनिक बिरोध वा आलोचना नगर्न कार्यकर्तालाई निर्देशन दिने निर्णयको भोलिपल्टै प्रवक्ता श्रेष्ठले व्यक्तिगत टीकाटिप्पणी सार्वजनिक रुपमा गर्नमात्र रोक लगाइएको बताएका हुन् । प्रवक्ता श्रेष्ठले […]

झुप्रीलाई गाउँ फर्कनै मन छैन

दूधै नलाई कन आमाले मारिनन् किन, दूधै नलाई कन ऽऽऽ अछाम तारेखा गाउँको वनपाखामा गुञ्जिरहने यो गीत आजभोलि ‘भ्वाइस आफ नेपाल’को एउटा कोठामा गुन्जिरहेको छ ।

पर्यटन विभागले बोझ घटायो, २२ हजार व्यवसायको जिम्मेवारी प्रदेशलाई

१० भदौ, काठमाडौं । पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् । पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले […]

सांसदको प्रश्न : वडाध्यक्ष रोजगारीमा कोरिया गए, उपचुनाव हुन्छ कि हुँदैन ?

१० भदौ,काठमाडौं । जनताको सेवा गर्छु भनी भोट लिएर चुनाव जितेका जनप्रतिनिधि देशै छाडेर हिँडे भने कानुनले के भन्छ ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन ? यो प्रश्न सर्वसाधारणले होइन सांसदले प्रतिनिधिसभामा उठाएका हुन् । संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बलहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएपछि सांसद राजेन्द्र […]

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिले पदभार ग्रहण गरेलगत्तै तालाबन्दी

१० भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका बिजुकुमार थपलियाले पदभार ग्रहण गरेलगत्तै नेपाल विद्यार्थी संघले उनको कार्यालयमा तालाबन्दी गरेको छ । उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल सकिएपछि नियुक्त भएका थपलियाले आइतबार पदभार ग्रहण गरेका थिए । लगत्तै नेविसंघले विभिन्न पाँच बुुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ पूर्वाञ्चचल विश्वविद्यालय समन्वय समितिका […]



from समाचार – Online Khabar https://ift.tt/2PeYXit
via IFTTT
Powered by Blogger.