समाचार
११ भदौ, विराटनगर । विद्युत व्यवस्थापनका लागि विस्तार गरिएको ३३ केभी प्रसारण लाइनमा ग्रामथान गाउँपालिका-५ को गिधनियाका बासिन्दाले अवरोध पुर्याएपछि प्रदेश १ को राजधानी विराटनगर र त्यस आसपासका क्षेत्रमा समस्या भएको छ । त्यसै त अनियमित आपूर्ति र लो भोल्टेजका कारण कटहरीदेखि रंगेली क्षेत्रमा रहेका एकसय साना-ठूला उद्योग संकटमा परिरहेका बेला गिधनियाको अवरोधले थप समस्या […]
११ भदौ, काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै […]
११ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूमा फरक–फरक विषयले प्राथमिकता पाएका छन् । केहीले मातृत्वमाथि गरिएको खेलबाडबारे मुख्य समाचार बनाएका छन् भने कुनैले विवाहइतर सम्बन्धले निम्त्याएको अपराध, टेलिप्रिन्जेन्स बैठकको गोपनीयता, फास्ट ट्रयाक निर्माणलगायत विषयमाथि नजर लगाएका छन् । साहराविहीन बालबालिका संरक्षणको जिम्मा पाएकाले गलत ढंगले बालबालिका तथा शिशु बेचबिखन गर्ने गरेकोबारे […]
१० भदौ, काठमाडौं । प्रदेश सरकारहरुले नेपाल भ्रमण वर्षको तयारीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईको नेतृत्वमा मंगलबार बसेको मूल आयोजक समितिको बैठकमा मूख्यमन्त्री तथा पर्यटनमन्त्रीहरुले भ्रमण वर्षको तयारी सुस्त भएको बताएका हुन् । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले भम्रण वर्षको तयारी सकिएर स्वागत–सत्कारमा लाग्नुपर्ने समयमा पनि प्रारम्भक […]
१० भदौ, वीरगञ्ज । गएको १३ असारमा पर्साको पटेर्वासुगौली– ५ निचुटा, बेल्वामा मैनुदिन मियाँ दर्जीको घर जल्दा नजिक कतै दमकल नभएकाले आगो निभाउन आएन । घर हेर्दाहेर्दै जलेर खरानी भएपछि मियाँ परिवारले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडालगायत राहतका लागि गाउँपालिकामा निवेदन दिए । संविधानले स्थानीय तहलाई विपद व्यवस्थापनसम्बन्धी अधिकार दिए पनि पटेर्वासुगौलीमा यससम्बन्धी कार्यविधि बनेको छैन । […]
१० भदौ, जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले गलत काम गर्ने प्रहरीलाई कारवाही गर्न आफ्नो हात नकाँप्ने बताएका छन् । प्रदेश २ को प्रहरी प्रमुख भएर आएको करिब दुई महिनापछि मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्कीले गल्ती गर्ने र आचरण विरुद्व काम गर्ने प्रहरीलाई कारवाही गरिने बताए । ‘गलत गर्नेलाई […]
१० भदौ, काठमाडौं । विपक्षीसँगै सत्तारुढ सांसदहरुको विरोधका बीच राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ । संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले विधेयक नआउँदै परिचयपत्र बाँड्ने काम भएको […]
१० भदौ, भीमफेदी । प्रदेश-३ को मंगलबार बसेको प्रदेशसभा बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ । बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक […]
९ भदौ, काठमाडौं । समायोजन रोज्ने प्रहरी कर्मचारीको बढुवा नभई दुई ग्रेड वृद्धि हुने भएको छ । राष्ट्रियसभाको विधायन ब्यवस्थापन समितिले प्रतिनिधिसभाले दुई ग्रेड वृद्धि गरी प्रहरी कर्मचारीलाई प्रदेशमा पठाउने ब्यवस्थालाई स्वीकार गर्ने गरी प्रहरी समायोजनसम्बन्धी बिधेयकमा सहमति जुटाएको हो । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नयाँ परिवेश र नयाँ संरचनामा काम गर्न जानेलाई प्रोत्साहन […]
१० भदौ, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोसी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा […]
१० भदौ, काठमाडौं । सिराहा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा मंगलबार ३ जना मृत अवस्थामा फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ मा ५५ वर्षीय शिवनाथ मलाह कमला खोला किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै तनहुँको ब्यास नगरपालिका–५ स्थित मादी खोला किनारमा लमजुङ मध्यनेपाल–८ का ४९ वर्षीय सूर्य बहादुर थापा पनि मृत […]
१० भदौ, वीरगंज । जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा मंगलबार साँझ प्रदशर्न भएको छ । नेपाल विद्यार्थी (नेवि )संघसँग आवद्ध युवा विद्यार्थीले सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै वीरगंजको श्रीपुरमा प्रदर्शन गरेका हुन । विरोधको क्रममा उनीहरुले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको विरोधमा नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनका कारण त्रिभुवन राजपथ […]
१० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलले सो समूह परित्याग गरेर शान्तिपूर्ण जीवन बिताउने जानकारी गराएका छन् । मंगलवार प्रेस विज्ञप्तिमार्फत उनले बिप्लब समूह परित्याग गरेको जनाएका हुन् । माओवादी आन्दोलनमा लामो समयदेखि क्रियाशील ढुंगेलले बिल्ब समूहका हिंसात्मक गतिविधिहरुप्रति आफ्नो असहमति रहँदै आएको विज्ञप्तिमा जनाएका छन् । उनले […]
१० भदौ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको बारेमा सार्वजनिक टिप्पणी र आलोचना गर्न बन्देज नलगाइएको प्रष्ट पारेका छन् । पार्टीको नीति र नेतृत्वका सम्बन्धमा सार्वजनिक बिरोध वा आलोचना नगर्न कार्यकर्तालाई निर्देशन दिने निर्णयको भोलिपल्टै प्रवक्ता श्रेष्ठले व्यक्तिगत टीकाटिप्पणी सार्वजनिक रुपमा गर्नमात्र रोक लगाइएको बताएका हुन् । प्रवक्ता श्रेष्ठले […]
दूधै नलाई कन आमाले मारिनन् किन, दूधै नलाई कन ऽऽऽ अछाम तारेखा गाउँको वनपाखामा गुञ्जिरहने यो गीत आजभोलि ‘भ्वाइस आफ नेपाल’को एउटा कोठामा गुन्जिरहेको छ ।
१० भदौ, काठमाडौं । पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् । पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले […]
१० भदौ,काठमाडौं । जनताको सेवा गर्छु भनी भोट लिएर चुनाव जितेका जनप्रतिनिधि देशै छाडेर हिँडे भने कानुनले के भन्छ ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन ? यो प्रश्न सर्वसाधारणले होइन सांसदले प्रतिनिधिसभामा उठाएका हुन् । संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बलहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएपछि सांसद राजेन्द्र […]
१० भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका बिजुकुमार थपलियाले पदभार ग्रहण गरेलगत्तै नेपाल विद्यार्थी संघले उनको कार्यालयमा तालाबन्दी गरेको छ । उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल सकिएपछि नियुक्त भएका थपलियाले आइतबार पदभार ग्रहण गरेका थिए । लगत्तै नेविसंघले विभिन्न पाँच बुुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ पूर्वाञ्चचल विश्वविद्यालय समन्वय समितिका […]
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार उदघाटन गरेका छन् । बसपार्क एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याइने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल) अवधारणा अन्तर्गत ठेक्का प्रक्रिया अघि बढाइ […]
१० भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकाले हाफ पाइन्ट लगाएर मेयर र उपमेयरलाई भेट्न रोक लगाएको छ । नगरपालिकाले सूचना नै निकालेर शिष्ट र मर्यादित पोशाकमा भेट्ट आउन भनेको छ । ‘हाफ पाइन्ट लगायतका भड्किलो पोशाकमा भेट्न नआउनु हुन’ भनिएको छ । भेटघाटलाई शिष्ट बनाउन औपचारिक पोशाकमा आउन आग्रह गरिएको मेयर रमेश महर्जनले बताए । ‘हाफ […]
१० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै […]
from समाचार – Online Khabar https://ift.tt/2NBLOxO
via IFTTT