समाचार
२५ माघ, चितवन । प्रहरीले चितवनमा जथाभावी नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका डोजरसहित टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा बग्ने खगेरी खोलाबाट ३ वटा डोजर, १० वटा टिपर र १० ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै सवारी साधानलाई जिल्ला […]
२५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छन् । शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीले रानीपोखरीबाट अवलोकन सुरु गरी बालगोपालेश्वर मन्दिर, धरहरा, सुन्धारा क्षेत्र, काष्ठमण्डप र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । पुनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले […]
२५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी बच्चा गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैंडा मृत अवस्थामा भेटिएको हो । मृत गैंडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए । भालेको आक्रमणबाट उक्त गैंडा मरेको […]
२५ माघ, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू एकै मञ्चमा खुलेर नाचेका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशिलाको १७औं वाषिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा नेकपाका वरिष्ठ नेताहरु खुलेर नाचेका हुन । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका केन्द्रीय एवं जिल्लास्तरीय नेताहरू एकै पटक नाच्न लाग्दा तालीको […]
२५ माघ, काठमाडौं । बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ । पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको […]
२५ माघ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् । दुर्घटनामा […]
२५ माघ, काठमाडौं । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् । ३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग अहिले अर्बौको सम्पत्ति छ । भाटभटेनीकै मात्र […]
२५ माघ, बुटवल । विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेका छन् । प्रहरीको कुटाइबाट ई-रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए । बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई […]
२५ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध विनोद भण्डारीले पनि अर्धशतक पुरा गरेका छन् । कुशल मल्लसँग उत्कृष्ट साझेदारी गरेका विनोदले ६२ बलमा ५० रन पुरा गरेका हुन् । उनले ५ चाैका र एक छक्काको बलमा ५० रन बनाएका हुन् । यो विनोदको पहिलो ओडीआई अर्धशतक हो भने एक दिवसीयमा अर्धशतक […]
२५ माघ, काठमाडौं । मानव अधिकारवादी नेता कृष्ण पहाडीले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत कारबाही हुनुपर्ने बताएका छन् । साथै नेपाली कांग्रेसले विजय गच्छदारको पक्षमा वकालत गरेकोमा आफूलाई दुःख लागेको पहाडीले बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गच्छदारसहित १७५ जनालाई […]
हाम्रो गाउँलगायत वरपरका गाउँमा पनि २०४६ मा आएको बहुदलको हलचल ह्वात्तै बढेको थियो । कहिले कांग्रेसको आमसभा त कहिले कम्युनिस्टको जनसभा । कहिले कांग्रेसको जुलुस त कहिले कम्युनिष्टको बैठक । कहिले कांग्रेस प्रवेश गर्नेको लर्को त कहिले कम्युनिष्ट छिर्नेको ताँती । आफ्नो दुश्मन कांग्रेस बने आफू कम्युनिस्ट बन्ने र आफ्नो झगडिया कम्युनिस्ट परे आफू कांग्रेसी […]
२५ माघ, काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै […]
२०१६ सालमा महाकवि देवकोटाको निधन भएपछि शोभा भगवती मन्दिर छेउ कमिज र कट्टु लाएको एउटा गाउँले केटो बटुवाहरुलाई भाका हालेर गाउँदै गाउँदै एक पाने गीत बेच्दै थियो– ‘जानुभयो देवकोटा कवि, नेपालीलाई टुहुरो पारेर ।’ त्यो केटो अरु कोही नभएर क्षेत्रप्रताप अधिकारी थिए । तनहुँ जिल्ला, वयापानी मिर्लुङका किशोर राजधानी शहर नेपालमा भाग्य अजमाउन आएका थिए […]
२५ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालय अन्तर्गतका विभाग, कम्पनी र नेपाल विद्युत प्राधिकरणलगायत निकायका रुग्ण तथा समयमै सम्पन्न हुन नसकेका ठेक्काको संख्या उल्लेख्य रुपमा घटाएको छ । पछिल्लो दुई वर्षको अवधिमा रुग्ण र काम हुन नसेकेका आयोजनाका ठेक्का प्रतिशतमा उल्लेख्य कमी आएको प्रधानमन्त्री कार्यालयले हालै तयार पारेको तथ्यांकले देखाएको हो । ऊर्जा, जलश्रोत […]
२५ माघ, कैलाली । १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतका […]
बाँके । नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी […]
२५ माघ, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान सुरु भएको छ । सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान सुरु भएको जानकारी दिए । काठमाडौंमा निर्वाचन केन्द्रका ७ हजार ६० मतदाता रहेका छन् । काठमाडौंको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको […]
२५ माघ, चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुरस्थित जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, […]
२५ माघ, बिराटनगर । स्थायी राजधानी टुंगो लगाएको एक नम्बर प्रदेश सरकारले मंगलबारबाट सुरु अधिवेशनबाट नामको पनि टुंगो लगाउने गृहकार्य थालेको छ । तर, प्रदेशको नाम के राख्ने भन्ने विषयमा विवाद मिलेको छैन । नेकपाकै नेताहरुले समेत पहिचानका आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री शेरधन राईले यही अधिवेशनबाट […]
२५ माघ, विराटनगर । जिल्ला अदालत, मोरङले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । हत्या आरोप लागेसँगै […]
२५ माघ, बिराटनगर । संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्वित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणामाथि थप अनुसन्धानका लागि शुक्रबार दोस्रोपटक ८ दिनको म्याद थप भएको छ । राणा गत सातादेखि हिरासतमै छन् । एसएसपी राणा आफू विरुद्ध पक्राउ पूर्जी जारी भएपछि आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । उनी निलम्बनमा समेत […]
from समाचार – Online Khabar https://ift.tt/2H7S8bS
via IFTTT