समाचार
१ साउन, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको छ । विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी हुन साढे ४ लाखसम्म आवेदन परिसकेको थियो । तर, बन्द भएको लाइसेन्सको आवेदन दिने अनलाइन प्रणाली अहिलेसम्म खुलेको छैन । […]
१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ । १७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप […]
१ साउन, काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । शुक्रबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । ‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसात गर्दै यो चरणमा आइपुगेका […]
१ साउन, देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ । यसका लागि राप्ती उपत्यका देउखुरीको आकाशमा ड्रोनको मद्दतबाट सर्भेको काम भइरहेको […]
१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ । यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी […]
१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।
१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७७/७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख […]
१ साउन, काठमाडौं । केपी ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा टेबुल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका छन् । बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ । संसदले […]
१ साउन, काठमाडौं । चीनका केही स्थानीय सरकारले अभिभावकले कोरोना खोप नलगाए विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिने योजना ल्याएका छन् । आगामी सेप्टेम्बरमा परिवारका सबै सदस्यले कोरोना खोप नलगाए उक्त परिवारको विद्यार्थीलाई विद्यालयमा प्रवेशको अनुमति नदिने योजना अघि सारिएको हो । त्यस्तै केही शहरमा अस्पताल र सुपरमार्केटमा प्रवेशका लागि पनि कोरोना खोप अनिवार्य गर्ने तयारी […]
१ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । लामो समयको तयारी पश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्य रुपमा […]
१ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले […]
१ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत् चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् । प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन शुरु गरेका उनीहरुले शुक्रबारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् । शुक्रबार बिहान ८ देखि […]
१ साउन, काठमाडौं । अब दोस्रो बजारको प्रि-ओपनिङ सेसनमा कम्पनीको सेयर मूल्य घटबढको सीमा दुई प्रतिशतमा झारिएको छ । नेपाल स्टक एक्सजेन्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सिमित गरिएको नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि […]
१ साउन, काठमाडौं । संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण गरिएको छ । यही साउन ३ गते संसदको अधिवेशन बोलाइएको छ । अधिवेशन शुरु हुनु अघि शुक्रबार संघीय संसद भवन परिसरमा सभामुख तथा सांसदहरुको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो । सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ […]
१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो । उक्त अनुसन्धानको निष्कर्ष कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट […]
३१ असार, काठमाडौं । एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय […]
१ साउन, धनगढी । कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ […]
१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राजस्व र खर्च दुवैको वार्षिक लक्ष्य भेट्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार यो वर्ष कुल बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व लक्ष्यको ९२.७४ प्रतिशत मात्र संकलन भयो । विकास (पुँजीगत) खर्च ६४.६९ प्रतिशतमा सीमित भयो । चालु खर्च ८९.७५ प्रतिशत प्रगति भयो […]
१ साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए । ललितपुरको च्यासलस्थित तुल्सीलाल […]
१ साउन, गुल्मी । गुल्मीमा केहि खुकुलो बनाउदै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु […]
१ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु पार्टी स्थायी कमिटी बैठक स्थलमा पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएका थिए । माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भयो । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् । उपाध्यक्ष भीम रावल, […]
from समाचार – Online Khabar https://ift.tt/3Ba7reY
via IFTTT