Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : मन्त्री भुसाल

१४ साउन, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् । अब […]

सडकमै कोदो रोपेर गोरखामा जनप्रतिनिधि र स्थानीयद्वारा विरोध

१४ साउन, गोरखा । सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् । सडक हिलाम्मे भएर सवारी आवागमन असहज हुदा पनि ठेकेदारले मर्मतमा चासो नदिएको उनीहरुको गुनासो छ । प्ले कार्डसहित उनीहरु विरोधमा […]

राहदानी संग्रहालय स्थापना हुँदै, ऐतिहासिक राहदानी उपलब्ध गराउन आग्रह

१४ साउन, काठमाडौं । राहदानी संग्रहालय स्थापनाका लागि पुराना र ऐतिहासिक राहदानी संकलनको काम शुरु गरिएको छ । राहदानी विभागले आफ्नो घर परिवारमा रहेका संग्रहणीय राहदानी वा विदेश यात्रा गर्नका लागि जारी गरिएका कागजात उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । यसरी प्राप्त सामग्रीहरु उपलब्ध गराउने व्यक्ति वा संस्थाको सहमतिमा नाम ठेगाना समेत उल्लेख गरी […]

नक्कली बाबु छोरी बनी नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ

१४ साउन, वीरगञ्ज । नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ परेका हुन् । भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला […]

उद्योगीले पैसा नदिएको भन्दै उखु किसान फेरि आए काठमाडौं

१४ साउन, काठमाडौं । उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसानहरु पुन आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव […]

त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइ हुने

१४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिए । दुई […]

सर्वोच्च अदालतलाई मुख्यमन्त्रीको जवाफ : मन्त्रीको संख्या संविधानले तोकेअनुसार नै

१४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रिपरिषद्को संख्या संविधान अनुुकुल नै भएको दाबी गर्दै सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । मन्त्रिपरिषदको संख्यालाई लिएर सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पठाउँदै मुख्यमन्त्री भट्टले आफ्नो मन्त्रिपरिषदको संख्या संविधानले तोके अनुसार प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नरहेको दावी गरका हुन् । ‘सुदूरपश्चिम […]

असोजभित्र खोप लगाइसक्ने तालिका बनाउन स्वास्थ्य राज्यमन्त्रीलाई अर्थमन्त्रीको आग्रह

१४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधबार स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा भएको छलफलमा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे । खोप खरिदका लागि बजेटको कमी हुन नदिने […]

कोभिड-१९ र बाढी पहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढी पहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् । बिहीबार बिहान पदभार ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन् । अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको […]

धनुषामा दुई सातामा दुईजना युवकको हत्या

१४ साउन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ । पछिल्लो पटक नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् । टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँमा चोट […]

देउवालाई काबिल सहयोद्धा छान्न माधव नेपालको सुझाव

१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न […]

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । भित्री सूचनाको आधारमा सेयर कारोबार  (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष […]

सानिमा लाइफको ६० लाख कित्ता आईपीओ आउँदै

१४ साउन, काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन […]

पूर्वमाओवादीका चार नेताको रिट कार्कीको इजलासमा

१४ साउन, काठमाडौं । माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले […]

आजबाट अर्को आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन ?

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन […]

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण

१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर […]

महोत्तरीको रातु खोला किनारमा भेटियो टाउको नभएको शव

१४ साउन, जलेश्वर । महोत्तरीको जलेश्वरमा अवस्थित रातु खोला किनामा टाउको नभएको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो । जलेश्वर नगरपालिका-३ स्थित मलिवारा गाउँमा रातु नदीको किनारमा पानीमा तैरिहेको […]

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । बुधबार बसेको […]

‘एमसीसी पारित भयो भने नेपाल, अमेरिका र भारतको त्रिपक्षीय साझेदारी हुन्छ’

१४ साउन, काठमाडौं । डा. सुरेशराज चालिसे सन् २००७–२००८ मा संयुक्त राज्य अमेरिका र २००९ देखि २०१४ सम्म संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत रहे । त्यसअघि नेपाली कांग्रेसका स्वर्गीय सभापति तथा प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार रहेका उनी अहिले नेपालको परराष्ट्र नीति असन्तुलित भएको देख्छन् । नेपालले चीनको बुइ चढेर […]

हुम्लामा जुवा खालबाट समातिए दुई वडाध्यक्ष

१४ साउन, सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट […]

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला […]



from समाचार – Online Khabar https://ift.tt/3C2bjiD
via IFTTT
Powered by Blogger.