Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिनियाँ प्रधानमन्त्रीले देउवालाई भने : हामी एउटै डुंङ्गाका यात्री

१३ साउन, काठमाडौं । चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार टेलिफोन मार्फत बधाइ दिने क्रममा चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ […]

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]

असोजभित्र कोरोनाविरूद्धको खोप लगाइसक्ने लक्ष्य लिन अर्थमन्त्रीको जोड

१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेे । खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने […]

भदौ १४ गते सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्ने

१३ साउन, काठमाडौं । नेपाली सेनाले साउनदेखि चैतसम्म देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । नेपाली सेनाले बुधबार सूचना जारी गर्दै काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारके कैलालीमा तैनाथ गुल्मले साउन र भदौ महिनामा बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको छ । सीतापाइला गणले […]

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।

नेतृत्वबारे माधव नेपालका तीन प्रस्ताव, ओलीले छाडे नयाँ पुस्तालाई मान्न तयार

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए । आफू निकट नेताहरुसँग नेता नेपालले अध्यक्ष ओलीको ‘आममाफी’ दिने अभिव्यक्ति […]

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद […]

जसपामा मन्त्री छान्ने जिम्मा ३ नेतालाई

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताको टुंगो लाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुरा भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिने समझदारी भएको एक नेताले जानकारी दिए । बैठकमा […]

बाँकी विवाद टुंग्याउन क्रियाशील छानविन समितिलाई थप २४ घण्टा

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी […]

सिंहदरबार पुगेर ओलीले भने : एकताका लागि लचक छु

१३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली बुधबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबार पुगे । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि उनी पहिलो पटक संसदीय दलको कार्यालय पुगेका हुन् । लामो समयपछि संसदीय दलको कार्यालय सिंहदरबार गएका अध्यक्ष ओलीले सांसद र पार्टी नेताहरुसँग धेरैबेर कुराकानी गरे । कुराकानीका […]

तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुले

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘माननीय रेशम […]

करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु

१३ साउन, जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ का १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनको बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए […]

कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रमको परीक्षण शुरु

१३ साउन, काठमाडौं । आगामी शैक्षिक सत्र २०७८/८९ मा लागू हुने गरी कक्षा ४, ७, र ९ को नयाँ पाठ्यक्रमको परीक्षण शुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ र ७ का लागि अनिवार्य विषयहरु नेपाली, अंग्रेजी, गणित, विज्ञान र प्रविधि, सामाजिक अध्ययन मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक सिर्जनात्मक कला र ९ को लागि […]

एसईईको नतिजा साउन २५ भित्र

१३ साउन, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट […]

संक्रमण बढ्दा भौतिक उपस्थितिमा पढाइ अझ अनिश्चित

१३ साउन, काठमाडौं । देशभरका विद्यालय बन्द भएको तीन महिना पुग्यो । कोरोना महामारीको दोस्रो लहर आएपछि सरकारले १३ वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । २८ वैशाखमा उच्च विन्दुमा पुगेको दोस्रो लहरको संक्रमण क्रमशः कम भएपछि विभिन्न तहका परीक्षाहरु सञ्चालन भए तर शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठन भएको छैन । तर पछिल्ला दिनमा दैनिक […]

रोकिएका कामदार लैजाने कोरियाली राजदूतको आश्वासन

१३ साउन, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकीले रोकिएको ईपीएसको काम अगाडि बढाउने आश्वासन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनले यस्तो आश्वासन दिएका हुन् । भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड […]

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङको बधाइ सन्देश

१३ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी हुन् । ‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको छ,’ राजदूत होऊले लेखेकी छन्, ‘सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ […]

माधव नेपाललाई २२ सांसदको सुझाव : अलमलमा नबसौं, वारपार गरौं

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीपक्षीय सांसदहरुले धेरै अलमलमा नबस्न सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुसँग बुधबार नेता नेपालले छलफल गरेका थिए । त्यस क्रममा सांसदहरुले अब धेरै अलमलमा बस्न नहुने सुझाव दिएका छन् । ‘वारपार गरौं । धेरै अलमल गरेर हुँदैन भन्ने हाम्रो […]

टोपबहादुर रायमाझीले भने : एमालेको सदस्यता लिएको छैन, कारबाही फिर्ता गरिपाउँ

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका नेता टोपबहादुर रायमाझी आफूले पार्टी नछाडेको भन्दै सांसद पदमा पुनर्बहाली माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । २०७७ पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा सहभागी भएका रायमाझीलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए । तर सांसद […]

गरीबलाई निःशुल्क विद्युत् कति सहज ?

ऊर्जा मन्त्री पम्फा भुसालले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गरीबलाई बिजुली निःशुल्क उपलब्ध गराउनेतर्फ कार्य भइरहेको बताएकी छन् । वास्तवमा निम्न वर्गहरूले राज्यबाट यस्तै निर्णयको अपेक्षा गरिरहेका हुन्छन् । यसले ती वर्ग लाभान्वित हुने मात्र नभई राज्यप्रति निमुखा वर्गको अपनत्वभाव सिर्जना गराउँदछ । त्यसैले यो निर्णयको खुलेर प्रशंसा गर्नुपर्दछ । हुनत सरकारले यस प्रकारका धेरै […]

माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं

१३ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी […]



from समाचार – Online Khabar https://ift.tt/3lf0aVk
via IFTTT
Powered by Blogger.