समाचार
१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । बुधबार बसेको […]
१४ साउन, सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट […]
१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला […]
१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने […]
१४ साउन, नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र […]
१३ साउन, काठमाडौं । मंगलबारबाट चितवनको सौराहामा जंगल सफारी खुला भएको छ । सौराहामा अब हात्ती, जिप सफारीसँगै डुंगा शयर पनि खुलेको छ । यी सेवा मध्य वैशाखबाट बन्द भएका थिए । त्यही बेला बन्द भएको पोखराको फेवातालमा गत साताबाट डुंगा संचालन शुरु भएको छ । आधा मात्र यात्रु राखेर डुंगामा सामाजिक दूरी कायम गर्न […]
१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्दैछन् । उनीहरुको सपथ ग्रहण बिहान साढे नौ बजे निर्धारण गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका छन् । […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक […]
१४ साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो […]
१४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी […]
१४ साउन, काठमाडौं । गहुँको मुख्य सिजन र बेमौसमी मकै बालीको लागि यो वर्ष देशभर एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल चाहिने अनुमान छ । तर मल खरिद र बिक्रीको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङकाअनुसार हालसम्म सो समयका लागि ३० हजार मेट्रिकटन मल मात्रै आउने निश्चित भएको छ । विभिन्न […]
२१ जेठ, काठमाडौं । ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध लगाउने सरकार निर्णय कार्यान्वयनमा शिथिलता देखिएको छ । सरकारले बजेटमार्फत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न भन्दै गरिएको घोषणा कार्यान्वयन गर्न भने सरकार उदाशीन देखिएको […]
१४ साउन, काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा […]
१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘मलाई धेरै साथीहरूले अब पार्टी […]
१४ साउन काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे । घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल […]
१३ साउन, काठमाडौं । चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार एक बधाई सन्देशमार्फत चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ प्रधानमन्त्रीले […]
१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]
१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]
१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेे । खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६–१९ मा नहुने निश्चितप्रायः भएको छ । यद्यपि बुधबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मितिबारे ठोस निर्णय गरेको छैन । अधिवेशन गर्न संविधानले दिएको ५ वर्ष गुजारेको कांग्रेसको थप ६ महिनाको अवधि पनि २३ भदौमा सकिँदैछ । ६ महिनाको अवधि […]
१३ साउन, काठमाडौं । नेपाली सेनाले साउनदेखि चैतसम्म देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । नेपाली सेनाले बुधबार सूचना जारी गर्दै काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारके कैलालीमा तैनाथ गुल्मले साउन र भदौ महिनामा बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको छ । सीतापाइला गणले […]
from समाचार – Online Khabar https://ift.tt/3zJMQMU
via IFTTT