समाचार
१२ साउन, डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् । खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ । डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका […]
१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]
१३ साउन, काठमाडौं । सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । रिकेवादेवी गएराति नाबालक छोरा-छोरीसहित घरबाट निस्किएकी थिइन् । […]
१३ साउन, दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका […]
१३ साउन, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा […]
१३ साउन, काठमाडौं । आज कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका सहायक नदीहरुको बहाव भने सामान्य घटबढ हुन सक्ने छ । महाशाखाले बुधबार बिहान सात […]
ऊर्जा मन्त्री पम्फा भुसालले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गरीबलाई बिजुली निःशुल्क उपलब्ध गराउनेतर्फ कार्य भइरहेको बताएकी छन् । वास्तवमा निम्न वर्गहरूले राज्यबाट यस्तै निर्णयको अपेक्षा गरिरहेका हुन्छन् । यसले ती वर्ग लाभान्वित हुने मात्र नभई राज्यप्रति निमुखा वर्गको अपनत्वभाव सिर्जना गराउँदछ । त्यसैले यो निर्णयको खुलेर प्रशंसा गर्नुपर्दछ । हुनत सरकारले यस प्रकारका धेरै […]
१३ साउन, सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । नेपाली सेनाले करीब सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको […]
१३ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट […]
१३ साउन, काठमाडौं । श्रीलंकाका अधिकारीहरुले नीलमको एक क्लस्टर (समूह) फेला परेको बताएका छन् । रत्नापुरामा रहेको एक व्यापारीको घरको आँगनमा इनार खन्ने क्रममा उक्त नीलम फेला परेको हो । रत्नापुरामा विभिन्न प्रकारका रत्नहरु पाइने गरेका छन् । जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो निलो रङ्गको यो नीलमको मूल्य करिब १० करोड डलर रहेको छ । […]
१३ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिए पछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने राष्ट्र बैंकले बताएको छ । यसरी संकलन हुने निक्षेपको […]
झण्डै ४० महीनापछि केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भएको छ । यस अवधिमा प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकार थिए, डा.राजन भट्टराई । अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी भट्टराई ओलीको विश्वासपात्र मानिन्छन् । ओली कार्यकालमा उनले नेपालको परराष्ट्र नीति संचालनलाई नजिकबाट हेर्दा के देखे ? नेपालको परराष्ट्र नीतिका विभिन्न विषयमा डा. राजन भट्टराईसँग कमलदेव भट्टराई र सुदर्शन खतिवडाले […]
१३ साउन, काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]
१३ साउन, काठमाडौं । कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुराका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिए । नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना७ख ९५१६ नम्बरको ट्रक कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट सोमबार अपराह्न […]
१३ साउन, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । […]
१३ साउन, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत गएका छन् । भ्रमणको क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने छन् । ब्लिंकेन भ्रमणमा गएकै दिन अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका […]
१३ साउन, वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु भयो । त्यतिबेलादेखि नै विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन् । निजी तथा आवासीय विद्यालयहरुले अनलाइन प्रविधि मार्फत कक्षा सञ्चालन गर्दै आए पनि थोरै मात्र सामुदायिक विद्यालयहरुले त्यसो गर्न सकेका छन् । जसले गर्दा अधिकांश सामुदायिक विद्यालयमा […]
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गुरुराज घिमिरेको व्यस्तता बढेको छ । तीन दशकको राजनीतिक जीवनमा महाधिवेशनले कति महत्त्व राख्छ भन्ने कुरा बुझिसकेका छन् उनले । तर यही चटारोबीच गुरुराजले आफ्नो दोस्रो कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ प्रकाशित गरेका छन् । वैशाखमा प्रकाशित संग्रह लकडाउनले गर्दा श्रावणदेखि मात्र बजार पठाइएको छ । लकडाउनको समयलाई पनि उनले नयाँ उपन्यास […]
१२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले आफूलाई समर्थन गरेका साना दलका पदाधिकारीहरुलाई पनि सुविधा दिने गरी १० प्रतिशतको थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यो विधेयक प्रदेशसभाबाट पास भए राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता एवं सचेतकले पनि सेवासुविधा प्राप्त गर्ने छन् । गण्डकी प्रदेश सभामा जनमोर्चाका २ जना […]
१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् । नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित […]
१२ साउन, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाले पनि अपेक्षित गति लिन नसकेको भनेर संसदमै प्रश्न उठ्न थालेको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट शुरु भएको थियो । त्यसयता मंगलबारसम्म तीनवटा बैठक बसे । तर यो बीचमा संसदीय समितिबाट पास भएर हाउसमा पेश भएका कुनै पनि विधेयक राष्ट्रियसभामा पठाइएन । हाउसमा अड्किएका विधेयकहरु […]
from समाचार – Online Khabar https://ift.tt/3f6wSED
via IFTTT