Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

१२ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिए पछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने राष्ट्र बैंकले बताएको छ । यसरी संकलन हुने निक्षेपको […]

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

१३ साउन, काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

भारतमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु

१३ साउन, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो । […]

अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा

१३ साउन, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत गएका छन् । भ्रमणको क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने छन् । ब्लिंकेन भ्रमणमा गएकै दिन अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका […]

वीरगञ्जमा विद्यालय खोल्न अझै अन्योल

१३ साउन, वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु भयो । त्यतिबेलादेखि नै विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन् । निजी तथा आवासीय विद्यालयहरुले अनलाइन प्रविधि मार्फत कक्षा सञ्चालन गर्दै आए पनि थोरै मात्र सामुदायिक विद्यालयहरुले त्यसो गर्न सकेका छन् । जसले गर्दा अधिकांश सामुदायिक विद्यालयमा […]

राजनीतिक वितृष्णाले कविता लेखायो : गुरुराज घिमिरे

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गुरुराज घिमिरेको व्यस्तता बढेको छ । तीन दशकको राजनीतिक जीवनमा महाधिवेशनले कति महत्त्व राख्छ भन्ने कुरा बुझिसकेका छन् उनले । तर यही चटारोबीच गुरुराजले आफ्नो दोस्रो कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ प्रकाशित गरेका छन् । वैशाखमा प्रकाशित संग्रह लकडाउनले गर्दा श्रावणदेखि मात्र बजार पठाइएको छ । लकडाउनको समयलाई पनि उनले नयाँ उपन्यास […]

साना दललाई सुविधा दिन थ्रेस होल्ड हटाउने निर्णय

१२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले आफूलाई समर्थन गरेका साना दलका पदाधिकारीहरुलाई पनि सुविधा दिने गरी १० प्रतिशतको थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यो विधेयक प्रदेशसभाबाट पास भए  राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता एवं सचेतकले पनि सेवासुविधा प्राप्त गर्ने छन् । गण्डकी प्रदेश सभामा जनमोर्चाका २ जना […]

कार्यदल सदस्यहरुले भने– माधव नेपाल विनाको एकता हुन्न

१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् । नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित […]

पुनर्स्थापित संसद पनि ‘बिजनेस’ विहीन

१२ साउन, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाले पनि अपेक्षित गति लिन नसकेको भनेर संसदमै प्रश्न उठ्न थालेको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट शुरु भएको थियो । त्यसयता मंगलबारसम्म तीनवटा बैठक बसे । तर यो बीचमा संसदीय समितिबाट पास भएर हाउसमा पेश भएका कुनै पनि विधेयक राष्ट्रियसभामा पठाइएन । हाउसमा अड्किएका विधेयकहरु […]

सेनामा नेतृत्व फेरबदल : पूर्णचन्द्रको उत्तराधिकारी प्रभुराम

१२ साउन, काठमाडौं । नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो । हालका सेनापति पूर्णचन्द्र थापाले २५ भदौमा अवकाश पाउनेछन् । तर अवकाशको एक महीना अघि विदा बस्ने परम्परा […]

सुशासनको आँखामा ओलीको कार्यकाल : भन्ने एकथोक, गर्ने अर्कै

१२ साउन, काठमाडौं । २०७७ भदौको घटना हो । मुलुकमा कोरोना संक्रमणको त्रास थियो, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम विवाद थियो । त्यही प्रतिकूल परिस्थितिमा रेल विभागले झापादेखि मोरङ हुँदै सुनसरीसम्म १०६ किलोमिटर लामो रेलवे लाइनको ट्रयाक निर्माणका लागि ठेक्का निकाल्यो । करीब ३३ अर्ब रुपैयाँ लागतको त्यो ठेक्का प्रधानमन्त्री सचिवालयको निर्देशनमा ५४ […]

प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही

१२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कालिकोटका […]

‘दलभित्रको कचिंगलसँग लड्दै हिंडेको प्रधानमन्त्रीले यहाँभन्दा बढी कति नै गर्न सक्थ्यो र !’

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल अघिल्लो सरकारको कामकारबाहीको जमेरै प्रतिरक्षा गर्ने नेतामा पर्छन् । सरकार गठनसँगै प्रमुख राजनीतिक सल्लाहकार बनेका उनी प्रधानमन्त्री पदमुक्त हुने दिनसम्म ओलीको ‘कोर टिम’ मा रहे । ओलीको अत्यन्त नजिक बसेर राज्य नियालेका रिमालसँग सरकारको कामकारबाही, सुशासनको अवस्था र सरकारमाथि लागेका आरोपका बारेमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली […]

संक्रमितको संख्या ४ हजार नजिक, डेल्टासँगै डेल्टा प्लस सक्रिय

१२ साउन, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जबकी दोस्रो […]

‘उत्साह र आशा थियो, निराशामा परिणत भयो’

जहाँ प्रणालीगत रूपमा विकास भएको हुन्छ, त्यहाँ अलिकति सुधार गर्न चाहँदा सम्भव हुने देखिन्छ । लोकसेवा आयोगको संलग्नता शुरू भएका राज्यको अन्य निकायको परीक्षा प्रणालीमा संस्थागत सुधार भएका लक्षणहरू देखिन थालेका छन् । शिक्षक सेवा आयोग, चिकित्सा शिक्षा आयोग लगायतका निकायमा लोकसेवा आयोगको उपस्थितिले गर्दा विषयान्तर हुने ठाउँहरू साँघुरिएको छ, यो राम्रो भयो । संवैधानिक […]

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन कुराकानी

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार  टेलिफोनमा कुराकानी भएको छ । भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु […]

डेडिकेटेड लाइनको महसुलबारे छलफल गर्न प्राधिकरणले बोलायो उद्योगी

१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउन पहल थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के […]

‘एमाले फुटाउन हस्ताक्षर चाहिएला, त्यो हामी दिंदैनौं’

१२ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन दशबुँदे सहमति जुटे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समानान्तर गतिविधि रोकिएको छैन । दोस्रो तहका नेताहरूको एकता प्रयास पनि जारी छ । ओली र नेपालबीच अनेक पटक भड्किएको परिस्थिति सम्हाल्दै आएका दोस्रो तहका नेताहरूलाई साथ दिन भन्दै दुवैतर्फका सांसदहरूले पनि अभियान […]

प्रदेश प्रमुख पौडेल र यादव पदमुक्त

१२ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले गण्डकीमा पृथ्वी […]

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

१२ साउन, काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ […]

महोत्तरीमा बिदाका दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासनको पास चाहिने

१२ साउन, जनकपुरधाम । महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ […]



from समाचार – Online Khabar https://ift.tt/3iSrYfH
via IFTTT
Powered by Blogger.