Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महाकाली घटना : गृहमन्त्रीले बनाए छानविन समिति

१५ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् […]

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् । जसपाको उपेन्द्र […]

मध्यम दूरीका लागि बसपार्कका ठाउँ खोज्दै महानगर

१५ साउन, काठमाडौं । काठमाडौँ महानगरको ६५ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ । समितिका सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था […]

नेम्वाङ-अल्मुतारी विवाद : एन्फाले गुहार्‍यो खेलकुद मन्त्रालय

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवाद युवा तथा खेदकुद मन्त्रालयसम्म पुग्ने भएको छ । एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । […]

न्यायालयमा भ्रष्टाचार हुने ११ क्षेत्र

१५ साउन, काठमाडौं । न्यायालयको विकृति विसंगतिबारे अध्ययन गर्न गठन भएको समितिले न्यायसँग सरोकार हुने विभिन्न ११ वटा क्षेत्रमा अनियमितता र भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको समितिले दिएको प्रतिवेदनमा विभिन्न क्षेत्र पहिचान गरी तिनमा विकृति विसंगति रहेको औंल्याइएको छ । ‘विभिन्न आधारमा न्यायपालिकामा देखिएका तथा […]

मदन पुरस्कारको श्रेष्ठ सूची : आख्यानको दबदबा

१५ साउन, काठमाडौं । शुक्रबार मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । गुठीले गत वर्षभरि प्रकाशित भएका २२२ पुस्तकबाट अन्तिम नौ पुस्तकलाई चयन गरेको हो । लकडाउनले साहित्य र पुस्तक प्रकाशन बजार सुस्ताएको वर्ष भए पनि मदन पुरस्कार घोषणाले बजारमा माहोल सृजना गर्ने अपेक्षा गरिएको छ […]

३३ किलो सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ

१५ साउन, काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएका  एक जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। २०७४ फागुन […]

‘नेपालमा लोकतन्त्र होइन, दलतन्त्र चलिरहेको छ’

मैले ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन्, त्यसलाई पनि व्यक्त गर्न चाहन्छु । गरीब छौं, दरिद्र छैनौं मभन्दा अगाडि एकजना प्रतिभाशाली र प्रतिवद्ध माननीयज्यू (भीम रावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर अत्यन्त गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले व्यक्त गर्नुभएको […]

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

१५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै […]

हरित अभियानको १० मुख्य कार्यक्रम

वास्तवमा मनाङ र मेलम्चीमा हामीले ठूलो विपद झेल्नु पर्यो र यसबाट हामी मर्माहित भएका छौँ । त्यहाका प्रभावित समुदायहरुलाई राहत र व्यवस्था गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारले उचित पहल गर्दैछ भनेर हामी आशा गरौँ । यस वर्षको मनसून यथावत भएको हुनाले यस बाट हामीले सिक्नु पर्ने पाठ धेरै महत्वपुर्ण छ र म पनि यहिबाट […]

प्रधानमन्त्री देउवालाई दक्षिण कोरियाका राष्ट्रपतिको बधाई

१५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले शुक्रबार हस्तान्तरण गरेका हुन् । बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल […]

काठमाडौंको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान

१५ साउन, काठमाडौं । काठमाडौंको नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का […]

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमाथि होटलमा खोप विक्री गरेको आरोप

१५ साउन, झापा । होटलमा राखेर खोप विक्री गरेको आरोपमा बिर्तामोडवासीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर प्रहरी कहाँ बुझाएका छन् । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले १० हजार रुपैयाँ लिएर होटलमा खोप लगाएको बताउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएका थिए । झापाका एसपी सानुराम भट्टराईका अनुसार स्थानीयको खबरपछि प्रहरीले घटनास्थल […]

महोत्तरीबाट १२१ बोरा युरिया मल बरामद

१५ साउन, काठमाडौं । महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले १ लाख २१ हजार मूल्य बराबरको युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा १२१ बोरा युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए । शुक्रबार करिब तीन बजेको समयमा जलेश्वर नगरपालिका-५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा […]

नदीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

१५ साउन, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् । नदीमा नुहाउन गएकी धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरीको […]

अरू देश जाँदा ‘शून्य लागत’, सरकारले इजरायल पठाउँदा १ लाख ६५ हजार ! 

१५ साउन, काठमाडौं । सरकारले इजरायलमा श्रमिक पठाउँदा आफ्नै नीति र अन्तर्राष्ट्रिय मान्यताहरु मिच्दै श्रमिक पठाउने भएको छ । श्रमिक भर्ति प्रक्रियामा लाग्ने खर्च श्रमिककै थाप्लोमा पर्ने गरी सरकारले १ हजार श्रमिक पठाउने गरी आफैंले विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने गरी ‘शून्य […]

स्वास्थ्य मन्त्रालय भन्छ : चीनबाट थप ६० लाख खोप ल्याउने प्रक्रिया अगाडि बढ्यो

१५ साउन, काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जनाएका हुन् । यस्तै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ […]

दार्चुला घटनाको सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले दार्चुलाको गम्भीर घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘दार्चुला […]

अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ    

१५ साउन, काठमाडौं । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी झीवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ […]

एचजेएफएनलाई स्वास्थ्य सामग्री

१५ साउन, काठमाडौं । एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख मूल्य बराबरको स्वास्थ्य सामग्री (कोभिड-१९ किट) उपलब्ध गराएको छ। कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआईएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड सेनिटाइजर […]

साउदी अरेबियाले १८ महिनापछि सीमा खोल्दै

१५ साउन, काठमाडौं । साउदी अरेबियाले १८ महिनापछि आफ्नो सीमा पर्यटकहरुका लागि खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि साउदी अरेबियाले विभिन्न प्रतिबन्ध लगाएको थियो । त्यसमध्ये सीमा बन्द पनि एक रहेको थियो । महामारी शुरु हुनुभन्दा एक दिनअघि मात्र साउदी अरेबियाले पर्यटकहरुलाई इलेक्ट्रोनिक भिसा जारी गरेको थियो । साउदीले पर्यटकहरुलाई मुलुकमा […]



from समाचार – Online Khabar https://ift.tt/3C9Lihk
via IFTTT
Powered by Blogger.