Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमाले अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । अध्यक्ष ओलीनिकट एक नेताका अनुसार विघटित कार्यदलले पार्टीको दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेको सहमतिका लागि केही समय मागेपछि बैठक स्थगित भएको हो । […]

लुम्बिनीका प्रदेश प्रमुखलाई विपक्षी दलले भने : बहुमतको सरकारका लागि बाटो खोलियोस्

१६ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउंदै आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये […]

विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् । उनीहरुबीच के […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका […]

सञ्चार माध्यमलाई सोलार जडानमा प्रदेश सरकारले सहयोग गर्ने

१६ साउन, वीरगञ्ज । प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी गरेको छ । प्रदेश नं २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी भइरहेको बताएका हुन् । विद्युतमा लाग्ने खर्च कटौतीमा योगदान मिलोस् भन्ने उद्देश्यले सञ्चारमाध्यमलाई वैकल्पिक उर्जा सहयोग गर्ने सोच आफूले बनाएको […]

रौतहटमा आइटी आर्मीको प्रर्दशन

१६ साउन, रौतहट । रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली गरेको अध्यक्ष चन्द्रभूषण साहले बताए । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए । गरुडाबाट शुरु भएको मोटरसाइकल ¥याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो । […]

गोरखा दरबार पुननिर्माणको बाँकी कामको लागत तयार पारिँदै

१६ साउन, गोरखा । गोरखा दरवार पुनर्निर्माणको बाँकी कामको लागत अनुमान तयार गर्न पुरातत्व विभागको टोली गोरखा आएको छ । पूरातत्व अधिकृत मञ्जु सिं भण्डारी नेतृत्वको प्राविधिक टोली शुक्रबार गोरखा दरबार पुगेर लगत संकलन शुरु गरेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । ‘दरवार भित्र फिनिसिङको काम कति बाँकी छ हे¥यौं, पाटेसन कसरी गर्ने भनेर […]

तुइनबाट युवक खसेको घटना छानबिन गर्न भारतलाई माधव नेपालको आग्रह

१६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् । शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस्तो […]

युवक बेपत्ता घटनाबारे भारतसँग जानकारी मागेका छौं : दार्चुला प्रशासन

१६ साउन, धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा युवक महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन् । यो घटना […]

एमालेको विघटित कार्यदलका नेताहरुबीच छलफल

१६ साउन, काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ’ […]

चीनसँगको सम्बन्ध थप गतिशील बनाउन सुझाव

१६ साउन, बुटवल । चीनसंग नेपालको सम्बन्ध थप गतिशील र उचाइमा पुर्याउन लुम्बिनीका वुद्धिजीवि र नागरिक समाजका प्रतिनिधिले सरकारलाई सुझाव दिएका छन् । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६ औं वर्षगांठका अवसरमा गरेको अन्तर्क्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ उचाइमा […]

खोप व्यवस्थापनमा सरकारले सबै शक्ति लगाएको छ : उपसभापति निधि

१६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन् । उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका छन् । शनिबार काठमाडाैंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च […]

माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । ‘अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी […]

‘हेर्दाहेर्दै मामा महाकालीको भेलमा खस्नुभयो’

१६ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् । पढ्नुहोस् उनको भनाइ जस्ताको तस्तै : महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो […]

कैलालीमा बालुवाको अवैध उत्खनन गर्ने ११ ट्याक्टरलाई जरिवाना

१६ साउन,धनगढी । कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेकाे छ । शनिबार बिहान गाेदावरी नगरपालिका-९ काे खुटिया खाेलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयाेग भएका ट्याक्टरलाई ६ […]

भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

१६ साउन, काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी […]

‘छोरा, मानवीय मूल्य जोगाऊ है !’ 

छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनु ।

सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे । ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले […]

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक […]

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल […]

रेखा थापा : एक नायकको अवतार

‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्‍याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’ मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए […]



from समाचार – Online Khabar https://ift.tt/3791XTM
via IFTTT
Powered by Blogger.