Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

हेलम्बुका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

११ साउन, गाउँपालिका । हेलम्बु गाउँपालिकाले पालिकाभित्रका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले सूचना जारी गर्दै गाउँपालिका भित्र कार्यरत स्थायी, राहत, करार, बाल विकास शिक्षक, विद्यालय कर्मचारीले आर्थिक वर्ष २०७७-०७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद […]

विदेशबाट जेलमुक्त र बेखर्ची भएर फर्किनेको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

११ साउन, काठमाडौं । सरकारले विदेशबाट जेलमुक्त र बेखर्ची भई फर्किएका व्यक्तिहरुको क्वारेन्टिन खर्च व्यहोर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तै विदेशबाट जेलमुक्त भएर फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भएर फर्केका नागरिकको क्वारेन्टिनमा बस्दा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । क्वारेन्टिनका लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक […]

ठाकुर पक्षका सांसदको पद धरापमा

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्षका सांसदको पद धरापमा परेको छ । ठाकुरले अर्को दल गठन गरेमा र ती सांसदहरु उक्त दलमा आवद्ध हुनासाथ उनीहरुको सांसद पद स्वतः खारेज हुन्छ । कुनै सांसदले दल त्याग गरेको पुष्टि भएमा उक्त पद नरहने सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले […]

मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरमा मुख्यमन्त्रीको पुत्ला दहन

११ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग  झडप  भएको थियो । उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको […]

गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

११ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जा […]

नेपाल समूहको बैठक : एकता प्रयास बिथोल्ने अभिव्यक्ति नदिन नेताद्वयलाई आग्रह

११ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । साथै अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन र भेटवार्ता गर्न आग्रह गरेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार र सोमबार लगातार दुई दिन बसेको थियो । […]

फुटबल विवादमा मोरङमा युवकको हत्या, दुईजना पक्राउ

११ साउन, विराटनगर । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङमा एक युवकको हत्या भएको छ । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार भएको विवादलाई लिएर सोमबार चौधरीमाथि छुरा प्रहार भएको थियो । सोमबर दिउँसो १:१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष […]

स्वास्थ्यको निर्देशन : प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्नू

११ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै उक्त सम्भावित चुनौतीको सामना गर्नका […]

लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश बाँडे ५० प्रतिशत रकम जगेडा कोषमा

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशत भन्दा माथि लाभांश वितरण गर्न निरुत्साहित गरेको छ । सोमबार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकिृकत निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको छ । इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाबाट २० प्रतिशत भन्दा माथिको लाभांश घोषणा -नगद […]

महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने […]

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

११ साउन, काठमाडौं। दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका […]

मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन गर्न जोड

११ असार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार ऐनमा रहेको बेचबिखनसम्बन्धी परिभाषा संशोधन गर्नुपर्ने यो क्षेत्रका विज्ञहरुले बताएका छन् । महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा ऐनमा भएको बेचबिखनको परिभाषा अन्तर्राष्ट्रिय कानूनसँग मेल नखाने भएकाले संशोधन गर्न जरुरी रहेको अधिवक्ता एवं मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय कानूनले मानव […]

वीरगञ्जबाट पेस्तोलसहित तीन जना पक्राउ

११ साउन, वीरगञ्ज । प्रहरीले अवैध हतियारसहित वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्त पटेललाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । वीरगञ्ज–१५ लक्ष्मणवा चोक नजिकै एक होटलमा सानो हतियार बेचबिखन गर्ने उद्देश्यले तीन जना बसिरहेको […]

विद्युत् खपतमा वृद्धि, बिहारबाट महँगो बिजुलीको आयात बढ्यो

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । नेपाल विद्युत प्राधिकरणका […]

रवीन्द्र मिश्रको प्रस्तावमा विवेकशील साझाकै नेताहरु असन्तुष्ट

११ साउन, काठमाडौं । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीमा असन्तुष्टि देखिएको छ । विशेषतः विवकेशील नेपाली दलबाट आएका नेताहरुले मिश्रको प्रस्तावमा आपत्ति जनाएका छन् । पार्टीमा छलफल नै नगरी दस्तावेज सार्वजनिक गरेको र घुमाउरो भाषामा राजतन्त्रको पक्षमा वकालत गरेको उनीहरुको आरोप छ । […]

एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको […]

रवीन्द्र मिश्रको विश्लेषण : गणतन्त्र खतरामा, राजाको स्वीकार्यता उच्च

११ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका छन् । छलफलका लागि भन्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेका मिश्रले गणतन्त्र पनि आयातित भएको टिप्पणी गरेका छन् । त्यसका बग्रेल्ती प्रमाण छन् भनेका उनले सात दल र माओवादीलाई निमित्त नायक मात्र […]

बझाङमा खाद्यको भन्दा बजारको चामल सस्तो

११ साउन, बझाङ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल प्रतिकिलो ३ रुपैयाँ महँगो भएको गुनासो आउन थालेको छ । खाद्यले बिक्री गर्ने चामल महंगो भएपछि नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका […]

बैंकिङ कसुरमा १३ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

११ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्‍यास नगरपालिका-९ की ४५ वर्षीया शोभा गुरुङ रहेकी छिन् । उच्च अदालत पाटनको २०७७ साल चैत ३० गतेको फैसलाले गुरुङरीलाई १३ लाख ७० हजार जरिवाना र १४ दिन कैद सुनाएको थियो । प्रहरीको […]

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

११ साउन, पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह

१३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारेका छन् । दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट […]



from समाचार – Online Khabar https://ift.tt/3zzcp3a
via IFTTT
Powered by Blogger.