समाचार
१३ साउन, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो । […]
१३ साउन, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत गएका छन् । भ्रमणको क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने छन् । ब्लिंकेन भ्रमणमा गएकै दिन अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका […]
१३ साउन, वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु भयो । त्यतिबेलादेखि नै विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन् । निजी तथा आवासीय विद्यालयहरुले अनलाइन प्रविधि मार्फत कक्षा सञ्चालन गर्दै आए पनि थोरै मात्र सामुदायिक विद्यालयहरुले त्यसो गर्न सकेका छन् । जसले गर्दा अधिकांश सामुदायिक विद्यालयमा […]
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गुरुराज घिमिरेको व्यस्तता बढेको छ । तीन दशकको राजनीतिक जीवनमा महाधिवेशनले कति महत्त्व राख्छ भन्ने कुरा बुझिसकेका छन् उनले । तर यही चटारोबीच गुरुराजले आफ्नो दोस्रो कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ प्रकाशित गरेका छन् । वैशाखमा प्रकाशित संग्रह लकडाउनले गर्दा श्रावणदेखि मात्र बजार पठाइएको छ । लकडाउनको समयलाई पनि उनले नयाँ उपन्यास […]
१२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले आफूलाई समर्थन गरेका साना दलका पदाधिकारीहरुलाई पनि सुविधा दिने गरी १० प्रतिशतको थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यो विधेयक प्रदेशसभाबाट पास भए राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता एवं सचेतकले पनि सेवासुविधा प्राप्त गर्ने छन् । गण्डकी प्रदेश सभामा जनमोर्चाका २ जना […]
१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् । नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित […]
१२ साउन, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाले पनि अपेक्षित गति लिन नसकेको भनेर संसदमै प्रश्न उठ्न थालेको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट शुरु भएको थियो । त्यसयता मंगलबारसम्म तीनवटा बैठक बसे । तर यो बीचमा संसदीय समितिबाट पास भएर हाउसमा पेश भएका कुनै पनि विधेयक राष्ट्रियसभामा पठाइएन । हाउसमा अड्किएका विधेयकहरु […]
१२ साउन, काठमाडौं । नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो । हालका सेनापति पूर्णचन्द्र थापाले २५ भदौमा अवकाश पाउनेछन् । तर अवकाशको एक महीना अघि विदा बस्ने परम्परा […]
१२ साउन, काठमाडौं । २०७७ भदौको घटना हो । मुलुकमा कोरोना संक्रमणको त्रास थियो, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम विवाद थियो । त्यही प्रतिकूल परिस्थितिमा रेल विभागले झापादेखि मोरङ हुँदै सुनसरीसम्म १०६ किलोमिटर लामो रेलवे लाइनको ट्रयाक निर्माणका लागि ठेक्का निकाल्यो । करीब ३३ अर्ब रुपैयाँ लागतको त्यो ठेक्का प्रधानमन्त्री सचिवालयको निर्देशनमा ५४ […]
१२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कालिकोटका […]
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल अघिल्लो सरकारको कामकारबाहीको जमेरै प्रतिरक्षा गर्ने नेतामा पर्छन् । सरकार गठनसँगै प्रमुख राजनीतिक सल्लाहकार बनेका उनी प्रधानमन्त्री पदमुक्त हुने दिनसम्म ओलीको ‘कोर टिम’ मा रहे । ओलीको अत्यन्त नजिक बसेर राज्य नियालेका रिमालसँग सरकारको कामकारबाही, सुशासनको अवस्था र सरकारमाथि लागेका आरोपका बारेमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली […]
१२ साउन, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जबकी दोस्रो […]
जहाँ प्रणालीगत रूपमा विकास भएको हुन्छ, त्यहाँ अलिकति सुधार गर्न चाहँदा सम्भव हुने देखिन्छ । लोकसेवा आयोगको संलग्नता शुरू भएका राज्यको अन्य निकायको परीक्षा प्रणालीमा संस्थागत सुधार भएका लक्षणहरू देखिन थालेका छन् । शिक्षक सेवा आयोग, चिकित्सा शिक्षा आयोग लगायतका निकायमा लोकसेवा आयोगको उपस्थितिले गर्दा विषयान्तर हुने ठाउँहरू साँघुरिएको छ, यो राम्रो भयो । संवैधानिक […]
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु […]
१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउन पहल थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के […]
१२ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन दशबुँदे सहमति जुटे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समानान्तर गतिविधि रोकिएको छैन । दोस्रो तहका नेताहरूको एकता प्रयास पनि जारी छ । ओली र नेपालबीच अनेक पटक भड्किएको परिस्थिति सम्हाल्दै आएका दोस्रो तहका नेताहरूलाई साथ दिन भन्दै दुवैतर्फका सांसदहरूले पनि अभियान […]
१२ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले गण्डकीमा पृथ्वी […]
१२ साउन, काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ […]
१२ साउन, जनकपुरधाम । महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ […]
१२ साउन, रौतहट । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो । महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको […]
१२ साउन, काठमाडौं । चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्थानिम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । […]
from समाचार – Online Khabar https://ift.tt/377cO0q
via IFTTT