समाचार
१४ साउन, काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा […]
१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘मलाई धेरै साथीहरूले अब पार्टी […]
१४ साउन काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे । घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल […]
१३ साउन, काठमाडौं । चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार टेलिफोन मार्फत बधाइ दिने क्रममा चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ […]
१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]
१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेे । खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने […]
१३ साउन, काठमाडौं । नेपाली सेनाले साउनदेखि चैतसम्म देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । नेपाली सेनाले बुधबार सूचना जारी गर्दै काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारके कैलालीमा तैनाथ गुल्मले साउन र भदौ महिनामा बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको छ । सीतापाइला गणले […]
झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।
१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए । आफू निकट नेताहरुसँग नेता नेपालले अध्यक्ष ओलीको ‘आममाफी’ दिने अभिव्यक्ति […]
१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद […]
१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताको टुंगो लाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुरा भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिने समझदारी भएको एक नेताले जानकारी दिए । बैठकमा […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी […]
१३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली बुधबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबार पुगे । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि उनी पहिलो पटक संसदीय दलको कार्यालय पुगेका हुन् । लामो समयपछि संसदीय दलको कार्यालय सिंहदरबार गएका अध्यक्ष ओलीले सांसद र पार्टी नेताहरुसँग धेरैबेर कुराकानी गरे । कुराकानीका […]
१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘माननीय रेशम […]
१३ साउन, जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ का १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनको बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए […]
१३ साउन, काठमाडौं । आगामी शैक्षिक सत्र २०७८/८९ मा लागू हुने गरी कक्षा ४, ७, र ९ को नयाँ पाठ्यक्रमको परीक्षण शुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ र ७ का लागि अनिवार्य विषयहरु नेपाली, अंग्रेजी, गणित, विज्ञान र प्रविधि, सामाजिक अध्ययन मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक सिर्जनात्मक कला र ९ को लागि […]
१३ साउन, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट […]
१३ साउन, काठमाडौं । देशभरका विद्यालय बन्द भएको तीन महिना पुग्यो । कोरोना महामारीको दोस्रो लहर आएपछि सरकारले १३ वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । २८ वैशाखमा उच्च विन्दुमा पुगेको दोस्रो लहरको संक्रमण क्रमशः कम भएपछि विभिन्न तहका परीक्षाहरु सञ्चालन भए तर शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठन भएको छैन । तर पछिल्ला दिनमा दैनिक […]
१३ साउन, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकीले रोकिएको ईपीएसको काम अगाडि बढाउने आश्वासन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनले यस्तो आश्वासन दिएका हुन् । भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड […]
१३ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी हुन् । ‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको छ,’ राजदूत होऊले लेखेकी छन्, ‘सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ […]
१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीपक्षीय सांसदहरुले धेरै अलमलमा नबस्न सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुसँग बुधबार नेता नेपालले छलफल गरेका थिए । त्यस क्रममा सांसदहरुले अब धेरै अलमलमा बस्न नहुने सुझाव दिएका छन् । ‘वारपार गरौं । धेरै अलमल गरेर हुँदैन भन्ने हाम्रो […]
from समाचार – Online Khabar https://ift.tt/3lb6bm2
via IFTTT