Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी

१६ साउन, डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये […]

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रको सम्पर्क बाहिर

१६ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ । पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र […]

टोकियो ओलम्पिक : अमेरिकन पौडीबाज ड्रेसलले जिते विश्व कीर्तिमानसहित स्वर्ण

१६ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ […]

युद्ध र शान्तिको संगम महत गाउँ

१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य […]

बेन स्टोक्सले लिए अनिश्चितकालका लागि आराम

१६ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले अनिश्चितकालका लागि सबै खाले क्रिकेटबाट विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन ब्रेक लिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले जनाएको छ । लगातारको खेल र चर्का प्रतिस्पर्धाका कारण स्टोक्सले केही समय क्रिकेटबाट टाढा बस्ने निर्णय गरेका हुन् । यसअघि टेनिक्स नाओमी ओसाका […]

युरोप घुमाउने पुस्तक

दृश्य दक्षिण–पश्चिम लण्डनको एभोन किनारमा अवस्थित पर्यटन केन्द्रको हो, जहाँ मानव निर्मित एउटा विशाल चौकुने तलाउ छ । तलाउको चारैतर्फ घरहरूको बरण्डामा प्रख्यात व्यक्तिहरूका प्रस्तर मूर्ति छन् । शताब्दीऔं पुरानो त्यो आस्थाको केन्द्रमा अहिले १८औं शताब्दीपछिका संरचना ज्यादा छन् । मदन राई लामाखुलेले आप्mनो नियात्रा संग्रह ‘युरोप यात्राका सम्झनाहरू’ को थालनी यही रोमन बाथबाट गरेका […]

विर्तामोड खोप प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

१६ साउन, विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) विर्तामोड नगर समितिले माग गरेको छ । नेकपा (माओवादी केन्द्र) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, […]

अझै कायम छ दोहोरो कर, छाता ऐन ल्याउन सुझाव

१५ साउन, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै जनप्रतिनिधिले यो वर्ष एक कार्यकाल पूरा गर्दैछन् । चालु आव २०७८/७९ मा तीन तहका सरकारले छुट्टाछुट्टै बजेट कार्यान्वयन गर्न थालेको चौथो आर्थिक वर्ष हो । तर, अहिले पनि कतिपय क्षेत्रमा दोहोरो कर र करारोपणको क्षेत्रमा समेत द्विविधा रहेको राजस्व परामर्श समितिको प्रतिवेदनले देखाएको छ । नेपालको संविधानको अनुसूची […]

भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए, अर्को शनिबार ग्राण्ड फिनाले

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ । यसैगरी टीम दीपबाट दार्जलिङका […]

कर्णालीमा खसेको जीप भेटियो, जोशी दम्पतीको अवस्था अज्ञात

१६ साउन, धनगढी । कैलालीको माेहन्याल गाउँपालिका-७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । तर सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ । शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

१५ साउन, काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाई आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि […]

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसे नेपाली नागरिक

१५ साउन, धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको […]

महाकाली घटना : गृहमन्त्रीले बनाए छानविन समिति

१५ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् […]

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् । जसपाको उपेन्द्र […]

पीडितको प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँची : कमजोर अनुसन्धानले मर्दैछ न्याय

तीन वर्षमा ७३६ महिला र बालिकाको हत्या भएको छ । यस्ता धेरै घटनामा पीडित पक्ष न्यायका लागि दबाब दिन सडकमा समेत जान थालेका छन् । फौजदारी न्याय प्रणालीमाथि समाज यतिबिघ्न सशंकित हुनुमा खास कारण छन् ।

मध्यम दूरीका लागि बसपार्कका ठाउँ खोज्दै महानगर

१५ साउन, काठमाडौं । काठमाडौँ महानगरको ६५ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ । समितिका सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था […]

कुन खोप सबभन्दा उत्कृष्ट छ ?

कोरोनाभाइरस (कोभिड–१९) बाट नेपालमा मात्रै लाखौं संक्रमित भएका छन् भने झण्डै १० हजारले मृत्युवरण गरेका छन् । कोरोनाका कारण सिर्जित परिस्थितिले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा पारेको असर त झनै भयावह छ । र, अझै केही समय कोरोनाबाट मुक्ति पाइहाल्ने स्थिति छैन । यस्तो अवस्थामा कोरोना संक्रमण हुनबाट जोगिन सबैको नजर खोपमा छ । जुन […]

न्यायालयमा भ्रष्टाचार हुने ११ क्षेत्र

१५ साउन, काठमाडौं । न्यायालयको विकृति विसंगतिबारे अध्ययन गर्न गठन भएको समितिले न्यायसँग सरोकार हुने विभिन्न ११ वटा क्षेत्रमा अनियमितता र भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको समितिले दिएको प्रतिवेदनमा विभिन्न क्षेत्र पहिचान गरी तिनमा विकृति विसंगति रहेको औंल्याइएको छ । ‘विभिन्न आधारमा न्यायपालिकामा देखिएका तथा […]

मदन पुरस्कारको श्रेष्ठ सूची : आख्यानको दबदबा

१५ साउन, काठमाडौं । शुक्रबार मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । गुठीले गत वर्षभरि प्रकाशित भएका २२२ पुस्तकबाट अन्तिम नौ पुस्तकलाई चयन गरेको हो । लकडाउनले साहित्य र पुस्तक प्रकाशन बजार सुस्ताएको वर्ष भए पनि मदन पुरस्कार घोषणाले बजारमा माहोल सृजना गर्ने अपेक्षा गरिएको छ […]

३३ किलो सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ

१५ साउन, काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएका  एक जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। २०७४ फागुन […]

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

१५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै […]



from समाचार – Online Khabar https://ift.tt/2Ww0Taq
via IFTTT
Powered by Blogger.