Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माधव नेपाललाई एमाले सांसदको प्रश्न : फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?

१२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् । समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । ‘१० […]

‘बलेवामा हवाईजहाज सरर…’

१२ साउन, बलेवा । बलेवाली मायाको चिनो ! चिनो हेरे हुन्छ मन मलिनो मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिर कुश्मा, बेनी, बागलुङ घुमफिर करीब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक पनि आन्दोलित

१२ साउन, सुर्खेत । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मंगलबारदेखि अर्को चरणको आन्दोलन थालेको छ । विद्यार्थीहरुले एक सातादेखि आन्दोलन गर्दै आएको विश्वविद्यालयमा मंगलबारदेखि प्राध्यापकहरुसमेत उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आफना माग पूरा नभएपछि संगठनले अर्को चरणको आन्दोलन थलेको प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए । संगठनले उपकुलपति सिंहले […]

कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थाले

१२ साउन, बागलुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डे मंगलबारदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगर प्रमुख एवं […]

हात्तीको दाह्रासहित अमलेखगञ्‍जबाट तीनजना पक्राउ

१२ साउन, बारा । प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निजगढ […]

गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको कम्पनीसँग ठेक्का सम्झौता रद्द

१२ साउन, गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ । ‘दरबारको बाह्य संरचनाको काम लगभग सकिए पनि भित्री काम अझै बाँकी छ,’ विभागकी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले भनिन्, ‘बीओपी अनुसार […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो

१२ साउन काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको हो । समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो […]

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाइने

१२ साउन, काभ्रे । पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारीपत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख […]

प्रधानमन्त्रीलाई गोविन्द केसीको खबरदारी : राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गरियोस्

१२ साउन, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डाक्टर केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् । ‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा […]

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ खुल्ने

१२ साउन, काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको […]

टिचिङ अस्पतालमा पेट र आँखा जचाएर फर्किइन् राष्ट्रपति

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनले भने, ‘खासै ठूलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’ राष्ट्रपति भण्डारी बिहान नौ बजे त्रिवि शिक्षण […]

इजरायलमा एक हजार नेपालीलाई मासिक २ लाख तलब दिने गरी खुल्यो जागिर

१२ साउन, काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक […]

निर्यात वृद्धि : मोटाएको कि सुन्निएको ?

१२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो । तर, निर्यातको मात्र आंकडा हेर्ने हो भने यो वर्ष नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले […]

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् । दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने […]

‘विद्युतीय सवारीमा ‘कम्प्लिट प्याकेज’सहित नेक्सन ईभी ल्याउँदैछौं’

१२ श्रावण, काठमाडौं । धेरै ब्रान्डहरुले नेपालमा विद्युतीय सवारी ल्याइसके । महिन्द्रा, किया, हुन्डाई, एमजीदेखि अन्य ब्रान्डहरुले पनि प्यासेन्जर भेहिकल सेगमेन्टमा उपस्थिति जनाउँदा टाटाले केही ढिला गर्‍यो । तर, अब टाटा मोटर्सले पनि नेपाली विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिद्वन्द्वी लिएर आउने तयारीमा छ । नेपाली बजारमा ठूलो ग्राहक सञ्जाल बनाएको सिप्रदीले टाटा मोटर्स लोकप्रिय […]

साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपीओ खुल्ने

१२ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता […]

सुर्खेतमा दुई लाख रुपैयाँसहित ८ जुवाडे पक्राउ

१२ साउन, सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुासार पक्राउ पर्नेमा हाल […]

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा कल्याण गुरुङको फरक मत

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ । ‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले मैले फरक मत राखेको छु’ […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१२ साउन, बुटवल । दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । लमही–तुल्सीपुर […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चलविश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको परीक्षा व्यवस्थापन कार्यालयले सोमबार मध्यराति अर्को सूचना जारी गर्दैै एक साताका लागि सम्पूर्ण […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको […]



from समाचार – Online Khabar https://ift.tt/3f0s83i
via IFTTT
Powered by Blogger.