Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

१३ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम […]

सांसद बिडारीको आक्रोश : परमादेशकै कारण सुविधा खाइरहेका सांसदले परमादेशकै विरोध गर्ने ?

१३ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए । ‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका […]

करदाताको घर र कार्यालयमा काठमाडौं महानगरको माइकिङ

१३ साउन, काठमाडौं । महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले  माइकिङ सुरु गरेको छ । माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी […]

जुम्लाका आठवटै स्थानीय तहको एक अर्ब बजेट फ्रिज

१३ साउन, जुम्ला । जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७-७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७-७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर रु […]

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]

फर्पिङबाट कछुवासहित तीन जना पक्राउ

१३ साउन, काठमाडौं । संरक्षित वन्युजन्तु कछुवासहित प्रहरीले काठमाडौंको फर्पिङबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का २६ वर्षीय विशाल सुनार, सोही ठाउँका ४१ वर्षीइ विक्रम सुनार र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरुको साथबाट संरक्षित वन्यजन्तु पहेंलो रंगको […]

बेगनासमा आन्तरिक पर्यटक बढ्न थाले, व्यवसायीमा कोरोनाको त्रास कायमै

१३ साउन, लेखनाथ । पोखरा महानगरपालिकाको लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि कोरोना संक्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । तर व्यवसायीहरुमा कोरोनाको त्रास कायमै देखिन्छ । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन सरकारले […]

हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

१३ साउन, काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने […]

स्कुटर चोरी गरेको आरोपमा युवक पक्राउ

१३ साउन, बाँके । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । स्कुटर चोरी भएको भन्ने खबर पाएपछि प्रहरी चौकी […]

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे खतरामुक्त

१३ साउन, काठमाडौं । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान नर्मल वार्डमा सारिएको छ । न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन् […]

बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ

१३ साउन, म्याग्दी । बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भइ फरार रहेका ३ जनालाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका-४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् । बैंकिङ […]

कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन सुझाव

१३ साउन, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय […]

अमेरिकाका एक कोरोना संक्रमित २०३ दिनपछि अस्पतालबाट डिस्चार्ज

१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए । गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि […]

सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता

१३ साउन, सिरहा । सिरहामा आर्थिक वर्ष २०७७-७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा […]

गुल्मीको मुसिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

१३ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का […]

माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं

१३ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी […]

अष्ट्रेलियाको सिड्नीमा एक महीना थपियो लकडाउन

१३ साउन, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ संक्रमित फेला परेका छन् । दैनिक नयाँ संक्रमितको यो […]

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

१२ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, […]

सत्ता गठबन्धनको बैठक : मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

१३ साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ । एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ । मन्त्रिपरिषदलाई पूर्णता […]

खप्तडमा ढकमक्क फुले फूल : हेर्न पाइन्छ, छुन पाइँदैन (फोटो फिचर)

१२ साउन, डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् । खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ । डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका […]

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन

१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]



from समाचार – Online Khabar https://ift.tt/3x7e91N
via IFTTT
Powered by Blogger.