समाचार
१५ साउन, सप्तरी । सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका युवराजलाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता […]
१५ साउन, गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा दुई सातादेखि हिमचितुवाले लगातार घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए । ‘चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ,’ उनले भने, ‘अहिले बर्खाका […]
१५ साउन, काठमाडौं । पञ्चेश्वर बहुद्देश्यीय आयोजनाबारे नेपाल-भारतका विज्ञ समूहबीच सम्वाद टुटेको अढाई वर्ष भयो । पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’को बैठकबाहेक २०७५ फागुनपछि आयोजनाको विवाद समाधानबारे विज्ञ समूह छलफलमा बसेको छैन । बैठक समेत नबस्दा सरकारी तवरमा सहमति भएका कतिपय विषयले औपचारिकता पनि पाउन सकेका छैनन् । ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर […]
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ । पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै (४/४ क्षेत्र), रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो […]
१५ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक […]
१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउने प्रस्ताव गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता समेत बनाएर जानुपर्ने बताए । ‘एउटा न्यूनतम साझा कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका […]
१५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संघ र प्रदेश सरकारले संरचनाहरु बनाउँदा समन्वय नगर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यकताको आधारमा संरचनाहरु बनाउनुपर्ने बताउँदै त्यसका लागि महानगरसँग समन्वय हुनु पर्नेमा जोड दिए । ‘जे पायो त्यही संरचना बनाएर हुँदैन, आवश्यकतालाई ध्यान दिएर बनाउनुपर्छ’ उनले भने । जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत […]
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयलाई लिएर बोल्दै गिरिले २०६२/६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधानका सम्वाहकहरु अहिले सरकारमा रहेको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतको नाम […]
१४ साउन, धनगढी । भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरेर ल्याएको चिनीसहित प्रहरीले कञ्चनपुरमा मिनी ट्रक नियन्त्रणमा लिएको छ । वेदकोट नगरपालिका–१० स्थित दैजी बेल्डाडी सडकखण्डमा दैजीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ क १९०१ नम्बरको मिनी ट्रकलाई अवैध चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । मिनी ट्रकमा […]
१५ साउन, धनगढी । कैलाली प्रहरीले लागुऔषधहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भजनी नगरपालिका–५ को कौवाखेडा घाटबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लाको गंगानगर ग्रामपञ्चायत रणनगर गाउँका २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए । सिंहलाई विशेष सूचनाको आधारमा जिल्ला र इलाका प्रहरी […]
१५ साउन, गुल्मी । गुल्मी जिल्लामा यसवर्ष मध्ये साउनमा ८५ प्रतिशत रोपाइँ सकिएको छ । यसवर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले बताए । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ […]
१५ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका […]
१५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेटेका छन् । नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका छन् । अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल […]
१४ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाको अगुवाइमा शुक्रबार बुटवल बजारको अनुगमन गरिएको छ । अनुगमनको क्रममा बजारमा अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको भेटिएपछि नष्ट गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यका अनुसार मापदण्ड विपरीत माछा-मासु पसल सञ्चालनमा रहेको पाइएको र त्यस्ता पसलहरुबाट अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको पाइएको हो । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता […]
१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी […]
१५ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ । बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्यूज’ […]
१५ साउन, काठमाडौं । नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन पहिलोपटक मर्मत थालिएको छ । अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियमको आपूर्ति फ्लो कम भएपछि गरिएको एक्सरेमा भल्बमा रबर जमेको देखिएको निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी […]
१५ साउन, काठमाडौं । सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरीद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनियाँ राजदूत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले […]
१५ साउन, काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । बिहान ५/६ जना […]
हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु गरिएको छ। पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमापूजा गरेका छन्। उक्त महाविहार भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको हो। क्षमापूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा नेपाल सरकारका अधिकारीहरू सहभागी भएका थिए। उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको […]
१५ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए […]
from समाचार – Online Khabar https://ift.tt/3ydXfjn
via IFTTT