Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

फेरि प्रधानमन्त्री बन्छु भनेर षड्यन्त्र कसैले नगरोस् : माधव नेपाल

१६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले […]

वित्तिय संस्थाका कर्मचारी र चालक–सहचालकलाई ललितपुरमा सोमबार खोप

१६ साउन, ललितपुर । ललितपुर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा सार्वजनिक यातायातका चालक सहचालकहरुलाई आगामी सोमबार काेराेनाविरूद्धकाे खोप लगाउने भएको छ । ललितपुर महानगरमा साउन १५ गतेदेखि १७ गतेसम्म ४५ वर्ष र त्यसभन्दा माथिकालाई भेरोसिल खोप लगाउने कार्यक्रम संचालन भइरहेको छ । आगामी सामेबार भने जनसम्पर्क धेरै हुने पेशा र व्यवसायमा संलग्न रहेकालाई […]

एमाले अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । अध्यक्ष ओलीनिकट एक नेताका अनुसार विघटित कार्यदलले पार्टीको दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेको सहमतिका लागि केही समय मागेपछि बैठक स्थगित भएको हो । […]

सांसद विमला ओली माओवादी केन्द्रको सम्पर्कमा

१६ साउन, बुटवल । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वलीले परिवारका सदस्यमार्फत पार्टीलाई सम्पर्क गरेकी छन् । आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन् । घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम […]

थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने […]

लुम्बिनीका प्रदेश प्रमुखलाई विपक्षी दलले भने : बहुमतको सरकारका लागि बाटो खोलियोस्

१६ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउंदै आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये […]

विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् । उनीहरुबीच के […]

जतिबेला ओलीले अध्यक्ष छाड्छन्, त्यतिबेला पार्टी एकता हुन्छ : रामकुमारी झाँक्री

१६ साउन, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् । ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका […]

सञ्चार माध्यमलाई सोलार जडानमा प्रदेश सरकारले सहयोग गर्ने

१६ साउन, वीरगञ्ज । प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी गरेको छ । प्रदेश नं २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी भइरहेको बताएका हुन् । विद्युतमा लाग्ने खर्च कटौतीमा योगदान मिलोस् भन्ने उद्देश्यले सञ्चारमाध्यमलाई वैकल्पिक उर्जा सहयोग गर्ने सोच आफूले बनाएको […]

रौतहटमा आइटी आर्मीको प्रर्दशन

१६ साउन, रौतहट । रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली गरेको अध्यक्ष चन्द्रभूषण साहले बताए । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए । गरुडाबाट शुरु भएको मोटरसाइकल ¥याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो । […]

गोरखा दरबार पुननिर्माणको बाँकी कामको लागत तयार पारिँदै

१६ साउन, गोरखा । गोरखा दरवार पुनर्निर्माणको बाँकी कामको लागत अनुमान तयार गर्न पुरातत्व विभागको टोली गोरखा आएको छ । पूरातत्व अधिकृत मञ्जु सिं भण्डारी नेतृत्वको प्राविधिक टोली शुक्रबार गोरखा दरबार पुगेर लगत संकलन शुरु गरेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । ‘दरवार भित्र फिनिसिङको काम कति बाँकी छ हे¥यौं, पाटेसन कसरी गर्ने भनेर […]

तुइनबाट युवक खसेको घटना छानबिन गर्न भारतलाई माधव नेपालको आग्रह

१६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् । शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस्तो […]

युवक बेपत्ता घटनाबारे भारतसँग जानकारी मागेका छौं : दार्चुला प्रशासन

१६ साउन, धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा युवक महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन् । यो घटना […]

एमालेको विघटित कार्यदलका नेताहरुबीच छलफल

१६ साउन, काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ’ […]

चीनसँगको सम्बन्ध थप गतिशील बनाउन सुझाव

१६ साउन, बुटवल । चीनसंग नेपालको सम्बन्ध थप गतिशील र उचाइमा पुर्याउन लुम्बिनीका वुद्धिजीवि र नागरिक समाजका प्रतिनिधिले सरकारलाई सुझाव दिएका छन् । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६ औं वर्षगांठका अवसरमा गरेको अन्तर्क्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ उचाइमा […]

खोप व्यवस्थापनमा सरकारले सबै शक्ति लगाएको छ : उपसभापति निधि

१६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन् । उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका छन् । शनिबार काठमाडाैंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च […]

माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै […]

‘हेर्दाहेर्दै मामा महाकालीको भेलमा खस्नुभयो’

१६ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् । पढ्नुहोस् उनको भनाइ जस्ताको तस्तै : महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो […]

कैलालीमा बालुवाको अवैध उत्खनन गर्ने ११ ट्याक्टरलाई जरिवाना

१६ साउन,धनगढी । कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेकाे छ । शनिबार बिहान गाेदावरी नगरपालिका-९ काे खुटिया खाेलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयाेग भएका ट्याक्टरलाई ६ […]

भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

१६ साउन, काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी […]



from समाचार – Online Khabar https://ift.tt/3idnKQp
via IFTTT
Powered by Blogger.