समाचार
१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने […]
१४ साउन, नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र […]
१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्दैछन् । उनीहरुको सपथ ग्रहण बिहान साढे नौ बजे निर्धारण गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका छन् । […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक […]
१४ साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो […]
१४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी […]
२१ जेठ, काठमाडौं । ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध लगाउने सरकार निर्णय कार्यान्वयनमा शिथिलता देखिएको छ । सरकारले बजेटमार्फत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न भन्दै गरिएको घोषणा कार्यान्वयन गर्न भने सरकार उदाशीन देखिएको […]
१४ साउन, काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा […]
१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘मलाई धेरै साथीहरूले अब पार्टी […]
१४ साउन काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे । घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल […]
१३ साउन, काठमाडौं । चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार टेलिफोन मार्फत बधाइ दिने क्रममा चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ […]
१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]
१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]
१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेे । खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १४–१६ मा नहुने निश्चितप्रायः भएको छ । यद्यपि बुधबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मितिबारे ठोस निर्णय गरेको छैन । अधिवेशन गर्न संविधानले दिएको ५ वर्ष गुजारेको कांग्रेसको थप ६ महिनाको अवधि पनि २३ भदौमा सकिँदैछ । ६ महिनाको अवधि […]
१३ साउन, काठमाडौं । नेपाली सेनाले साउनदेखि चैतसम्म देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । नेपाली सेनाले बुधबार सूचना जारी गर्दै काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारके कैलालीमा तैनाथ गुल्मले साउन र भदौ महिनामा बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको छ । सीतापाइला गणले […]
झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।
१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए । आफू निकट नेताहरुसँग नेता नेपालले अध्यक्ष ओलीको ‘आममाफी’ दिने अभिव्यक्ति […]
१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद […]
१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताको टुंगो लाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुरा भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिने समझदारी भएको एक नेताले जानकारी दिए । बैठकमा […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी […]
from समाचार – Online Khabar https://ift.tt/3BR8cd5
via IFTTT