समाचार
१२ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले आज प्रतिस्पर्धा गर्दैछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन् । एलेक्स लेन […]
१२ साउन, काठमाडौं । आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् । आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । […]
१२ साउन, चितवन । चितवनको रामपुरस्थित कृषि क्याम्पसमा ३७ वर्ष बाली विज्ञान विषयमा प्राध्यापन गरेका प्रा.डा. देवनाथ यादव चार वर्षअघि सेवा निवृत्त भए । रिटायर्ड जीवन जन्मगाउँमा बिताउने निधो गरी उनी सप्तरीको राजविराज फर्किए । सेवा निवृत्त जीवनमा आराम गर्ने, घुमघाम र सुखभोग गर्ने धेरैको चाहाना हुन्छ । तर, डा.यादवमा त्यस्तो मोह जागेन । भरतपुर, […]
१२ साउन, काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहीद अफ्रिले कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटका लागि काठमाडौं किंग्स-११ ले अफ्रिदीलाई नेपाल ल्याउने भएको हो । सोमबार एक कार्यक्रम आयोजना गर्दै टेलेहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले […]
बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको […]
११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत […]
११ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सिर्जना भएको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट गरे । ‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई […]
११ साउन, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच मंसिर २२, २०७७ मा दोस्रो पटक एकता भएर विवेकशील साझा पार्टीले एकता महाधिवेशन गर्ने ६ महिने अवधि गुजारिसकेको छ, विधान पनि बनेको छैन । विधान कार्यदलका संयोजक सञ्जीव भट्टराई (पूर्वविवकेशील समूह) र समीक्षा बाँस्कोटा (पूर्वसाझा समूह) ले विधानको खाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन […]
११ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगो लागेसंगै त्यसको प्रत्यक्ष असर लुम्बिनी प्रदेश सरकारमा पर्ने भएको छ । जसपा विवादमा संघीय परिषद अध्यक्ष डा. बाबराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले आधिकारिकता पाएसंगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप धरापमा परेको हो । लुम्बिनी सरकारमा महन्थ ठाकुर […]
११ साउन, वीरगञ्ज । अवैध लागु औषध अफिम बिक्री गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ८ किलो ५० ग्राम अफिम बिक्री गरेको आरोप लागेको झण्डै ५ महिनापछि पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ चुरिहार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते पर्साको कालिकामाई […]
११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । यससँगै झण्डै ६ महिनादेखि अलग अलग गतिविधि गर्दै आएका जसपाको दुई समूह्य कानूनी रुपमा अलग भएका छन् । यसको औपचारिक घोषणा भने महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गरेपछि हुने नेताहरु बताउँछन् । यादव पक्षलाई आधिकारिता दिएको […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन बनेका छन् । नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जसपा बनाएका ठाकुरलाई पार्टी आधिकारिकता विवादमा आफू अल्पमतमा पर्दैछु भन्ने थाहा नभएको होइन । ७ जेठको मध्यरातमा […]
११ साउन, वीरगञ्ज । वीरगञ्जमा असारको अन्तिम सातादेखि बढेको कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण इन्फ्लुएन्जा ए को भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा केही नमुना परीक्षण गराउँदा वीरगञ्जमा इन्फ्लुएन्जाको संक्रमण फैलिएको पुष्टि भएको हो । नारायणी अस्पतालका डा. सरोजरोशन दासका अनुसार वीरगञ्जबाट ५ जनाको स्वाब नमुना परीक्षण गराउँदा ४ जनामा इन्फ्लुएन्जा ए एचथ्री […]
११ साउन, इलाम। इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी […]
११ साउन, सुर्खेत । सुर्खेतबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–५, का २५ वर्षीय सन्दिप बि.क. र सोही ठाउँका ३० वर्षीय खडानन्द पौडेल रहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रासद घर्तीले जानकारी दिए । उनका अनुसार […]
११ साउन, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितको उपचारका लागि करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीलाई काममा नआउन भनेको छ । जेठ १४ गते नियुक्त गरिएका चिकित्सक, हेल्थ असिस्टेन्ट, नर्स, रेडियोलोजिष्ट, एनेस्थेसियासहितका पदका स्वास्थ्यकर्मीलाई अस्पतालले काममा नआउन भनेको हो । संघीय सरकारले कोरोनाको तेस्रो लहर आउने सम्भावना भएकाले करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद ६ महिनासम्म थप्न […]
११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिई महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न सक्ने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णयकै आधारमा ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने नभई नभई राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल गठन प्रक्रिया थाल्नुपर्ने देखिन्छ । सोमबार निर्वाचन आयोगले सार्वजनिक […]
११ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए । त्यसपछि जहाज विमानस्थलमा […]
११ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका लागि संघीय सरकारले झण्डै साढे तीन लाख डोज कोरोनाविरुद्धको खोप धनगढी आइपुगेको छ । संघीय सरकारले पठाएको भेरोसेल र जोन्सन एण्ड जोन्सन कम्पनीको गरी तीन लाख ३५ हजार डोज खोप आइतबार साँझ धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ । स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले एक […]
११ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ। […]
११ साउन, गाउँपालिका । हेलम्बु गाउँपालिकाले पालिकाभित्रका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले सूचना जारी गर्दै गाउँपालिका भित्र कार्यरत स्थायी, राहत, करार, बाल विकास शिक्षक, विद्यालय कर्मचारीले आर्थिक वर्ष २०७७-०७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद […]
from समाचार – Online Khabar https://ift.tt/3l0ar7O
via IFTTT