समाचार
१२ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए । मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता […]
१२ साउन, सप्तरी । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका […]
१२ साउन, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । […]
१२ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । मंगलबार बजार शुरु […]
१२ साउन, काठमाडौं । प्राथमिक शेयर (आईपीओ) वा एफपीओ निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्य सहित विभिन्न क्षेत्रका तीन दर्जन हाराहारी कम्पनीले आफ्नो स्वामित्व परिवर्तन गराएका छन् । आर्थिक वर्ष २०७८/७९ मा त्यस्ता ३२ कम्पनीले स्वामित्व परिवर्तन गरेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बिजनेस कम्प्लेक्स, रियल स्टेट, सूचनाप्रविधि, सञ्चारमाध्यम, सिमेन्ट उद्योग सहित निजी […]
१२ साउन, काठमाडौं । झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको पाडाजुगी-उर्लाबारी प्रसारण लाइन ३३ केभी प्रसारण लाइन निर्माणमा अवरोध भएको छ । अन्तर्गत उर्लाबारी नगरपालिका वडा नं ८ स्थित अठियाबारीका बासिन्दाले अहिले वत्ति बाल्नका लागि लाइन हुँदा हुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । पाडाजुगी-उर्लाबारी प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । आन्दोलनरत […]
१२ साउन, काठमाडौं । सांसदहरुले नागरिकता विधेयक छिटो भन्दा छिटो संसदबाट पारित गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ३ वर्षदेखि प्रतिनिधिसभामा अड्किएको भन्दै त्यसलाई पारित गर्न सरकारको ध्यानाकर्षण गराए । ४ साउन २०७५ मा प्रतिनिधिसभामा पेश भएको नागरिकता ऐन संशोधन […]
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको […]
१२ साउन, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माले जानकारी दिइन् । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका […]
१२ साउन, दार्चुला । जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोगमा दुईमध्ये एक जनालाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ । पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका […]
१२ साउन, धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र […]
१२ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उनका हजुरबुबा र काकाहरुले लैरोले मरणासन्न हुने […]
१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारलाई जथाभावी लोकप्रिय कार्यक्रमको घोषणा नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद महतले अघिल्लो सरकारले गरेको लोकप्रिय कार्यक्रमको घोषणाका कारण सांसदले लोगो लुकाएर हिँड्नुपरेको जिकिर गरे । ‘माननीय मन्त्री र सरकारले गर्दा हामीलाई कस्तो अवस्था भएको छ भने हामी लोगो लुकाएर हिँडनुपर्ने […]
१२ साउन, धनगढी । मंगलबारका लागि निर्धारण गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन ९ साउनमा स्थगित गरिएपछि अन्य तहका अधिवेशन र केन्द्रीय महाधिवेशनबारे समेत अन्यौल बढेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार अन्य तहका अधिवेशन पनि हुन्छन् वा पछाडि सर्छन् भन्ने कुराको टुङ्गो नलागे पनि देशभरका कांग्रेस नेता कार्यकर्तालाई महाधिवेशनको चटारोले छोएको छ । विभिन्न तहमा पदका […]
१२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् । समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । ‘१० […]
१२ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन दशबुँदे सहमति जुटे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समानान्तर गतिविधि रोकिएको छैन । दोस्रो तहका नेताहरूको एकता प्रयास पनि जारी छ । ओली र नेपालबीच अनेक पटक भड्किएको परिस्थिति सम्हाल्दै आएका दोस्रो तहका नेताहरूलाई साथ दिन भन्दै दुवैतर्फका सांसदहरूले पनि अभियान […]
१२ साउन, बलेवा । बलेवाली मायाको चिनो ! चिनो हेरे हुन्छ मन मलिनो मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिर कुश्मा, बेनी, बागलुङ घुमफिर करीब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै […]
१२ साउन, सुर्खेत । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मंगलबारदेखि अर्को चरणको आन्दोलन थालेको छ । विद्यार्थीहरुले एक सातादेखि आन्दोलन गर्दै आएको विश्वविद्यालयमा मंगलबारदेखि प्राध्यापकहरुसमेत उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आफना माग पूरा नभएपछि संगठनले अर्को चरणको आन्दोलन थलेको प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए । संगठनले उपकुलपति सिंहले […]
१२ साउन, काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् […]
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले अधिवेशनको वर्षमै क्रियाशील सदस्यता सम्बन्धी काम गर्दा जटिल र विवादित हुने गरेको भन्दै आगामी महाधिवेशनदेखि यो परम्परालाई तोड्न सुझाव दिएको छ । आगामी महाधिवेशनपछि पार्टी विधानको व्यवस्था अनुसारकै समयभित्र क्रियाशील सदस्यता वितरण सुरु गर्ने र निश्चित अवधिभित्र वितरण बन्द गर्नुपर्ने सुझाव समितिले दिएको छ । […]
१२ साउन, बागलुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डे मंगलबारदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगर प्रमुख एवं […]
from समाचार – Online Khabar https://ift.tt/3BKrYH9
via IFTTT