समाचार
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् । दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने […]
१२ श्रावण, काठमाडौं । धेरै ब्रान्डहरुले नेपालमा विद्युतीय सवारी ल्याइसके । महिन्द्रा, किया, हुन्डाई, एमजीदेखि अन्य ब्रान्डहरुले पनि प्यासेन्जर भेहिकल सेगमेन्टमा उपस्थिति जनाउँदा टाटाले केही ढिला गर्यो । तर, अब टाटा मोटर्सले पनि नेपाली विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिद्वन्द्वी लिएर आउने तयारीमा छ । नेपाली बजारमा ठूलो ग्राहक सञ्जाल बनाएको सिप्रदीले टाटा मोटर्स लोकप्रिय […]
१२ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता […]
१२ साउन, सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुासार पक्राउ पर्नेमा हाल […]
१२ साउन, बुटवल । दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । लमही–तुल्सीपुर […]
१२ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको परीक्षा व्यवस्थापन कार्यालयले सोमबार मध्यराति अर्को सूचना जारी गर्दैै एक साताका लागि […]
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको […]
१२ साउन, काठमाडौं । आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको १४ […]
१२ साउन, काठमाडौं । अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको थियो भने दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो । ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको […]
१२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा […]
१२ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले आज प्रतिस्पर्धा गर्दैछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन् । एलेक्स लेन […]
१२ साउन, काठमाडौं । आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् । आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । […]
१२ साउन, चितवन । चितवनको रामपुरस्थित कृषि क्याम्पसमा ३७ वर्ष बाली विज्ञान विषयमा प्राध्यापन गरेका प्रा.डा. देवनाथ यादव चार वर्षअघि सेवा निवृत्त भए । रिटायर्ड जीवन जन्मगाउँमा बिताउने निधो गरी उनी सप्तरीको राजविराज फर्किए । सेवा निवृत्त जीवनमा आराम गर्ने, घुमघाम र सुखभोग गर्ने धेरैको चाहाना हुन्छ । तर, डा.यादवमा त्यस्तो मोह जागेन । भरतपुर, […]
१२ साउन, काठमाडौं । आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बराममगरले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुननसक्ने बताएका हुन् । ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता […]
१२ साउन, काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहीद अफ्रिले कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटका लागि काठमाडौं किंग्स-११ ले अफ्रिदीलाई नेपाल ल्याउने भएको हो । सोमबार एक कार्यक्रम आयोजना गर्दै टेलेहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले […]
बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको […]
११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत […]
११ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सिर्जना भएको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट गरे । ‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई […]
११ साउन, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच मंसिर २२, २०७७ मा दोस्रो पटक एकता भएर विवेकशील साझा पार्टीले एकता महाधिवेशन गर्ने ६ महिने अवधि गुजारिसकेको छ, विधान पनि बनेको छैन । विधान कार्यदलका संयोजक सञ्जीव भट्टराई (पूर्वविवकेशील समूह) र समीक्षा बाँस्कोटा (पूर्वसाझा समूह) ले विधानको खाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन […]
११ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगो लागेसंगै त्यसको प्रत्यक्ष असर लुम्बिनी प्रदेश सरकारमा पर्ने भएको छ । जसपा विवादमा संघीय परिषद अध्यक्ष डा. बाबराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले आधिकारिकता पाएसंगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप धरापमा परेको हो । लुम्बिनी सरकारमा महन्थ ठाकुर […]
११ साउन, वीरगञ्ज । अवैध लागु औषध अफिम बिक्री गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ८ किलो ५० ग्राम अफिम बिक्री गरेको आरोप लागेको झण्डै ५ महिनापछि पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ चुरिहार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते पर्साको कालिकामाई […]
from समाचार – Online Khabar https://ift.tt/3l1HbxA
via IFTTT