समाचार
१२ साउन, दार्चुला । जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोगमा दुईमध्ये एक जनालाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ । पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका […]
१२ साउन, धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र […]
१२ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उनका हजुरबुबा र काकाहरुले लैरोले मरणासन्न हुने […]
१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारलाई जथाभावी लोकप्रिय कार्यक्रमको घोषणा नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद महतले अघिल्लो सरकारले गरेको लोकप्रिय कार्यक्रमको घोषणाका कारण सांसदले लोगो लुकाएर हिँड्नुपरेको जिकिर गरे । ‘माननीय मन्त्री र सरकारले गर्दा हामीलाई कस्तो अवस्था भएको छ भने हामी लोगो लुकाएर हिँडनुपर्ने […]
१२ साउन, धनगढी । मंगलबारका लागि निर्धारण गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन ९ साउनमा स्थगित गरिएपछि अन्य तहका अधिवेशन र केन्द्रीय महाधिवेशनबारे समेत अन्यौल बढेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार अन्य तहका अधिवेशन पनि हुन्छन् वा पछाडि सर्छन् भन्ने कुराको टुङ्गो नलागे पनि देशभरका कांग्रेस नेता कार्यकर्तालाई महाधिवेशनको चटारोले छोएको छ । विभिन्न तहमा पदका […]
१२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् । समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । ‘१० […]
१२ साउन, बलेवा । बलेवाली मायाको चिनो ! चिनो हेरे हुन्छ मन मलिनो मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिर कुश्मा, बेनी, बागलुङ घुमफिर करीब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै […]
१२ साउन, सुर्खेत । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मंगलबारदेखि अर्को चरणको आन्दोलन थालेको छ । विद्यार्थीहरुले एक सातादेखि आन्दोलन गर्दै आएको विश्वविद्यालयमा मंगलबारदेखि प्राध्यापकहरुसमेत उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आफना माग पूरा नभएपछि संगठनले अर्को चरणको आन्दोलन थलेको प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए । संगठनले उपकुलपति सिंहले […]
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले अधिवेशनको वर्षमै क्रियाशील सदस्यता सम्बन्धी काम गर्दा जटिल र विवादित हुने गरेको भन्दै आगामी महाधिवेशनदेखि यो परम्परालाई तोड्न सुझाव दिएको छ । आगामी महाधिवेशनपछि पार्टी विधानको व्यवस्था अनुसारकै समयभित्र क्रियाशील सदस्यता वितरण सुरु गर्ने र निश्चित अवधिभित्र वितरण बन्द गर्नुपर्ने सुझाव समितिले दिएको छ । […]
१२ साउन, बागलुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डे मंगलबारदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगर प्रमुख एवं […]
१२ साउन, बारा । प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निजगढ […]
१२ साउन, गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ । ‘दरबारको बाह्य संरचनाको काम लगभग सकिए पनि भित्री काम अझै बाँकी छ,’ विभागकी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले भनिन्, ‘बीओपी अनुसार […]
१२ साउन काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको हो । समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो […]
१२ साउन, काभ्रे । पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारीपत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख […]
१२ साउन, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डाक्टर केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् । ‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा […]
१२ साउन, काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको […]
१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनले भने, ‘खासै ठूलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’ राष्ट्रपति भण्डारी बिहान नौ बजे त्रिवि शिक्षण […]
१२ साउन, काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक […]
१२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो । तर, निर्यातको मात्र आंकडा हेर्ने हो भने यो वर्ष नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले […]
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् । दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने […]
१२ श्रावण, काठमाडौं । धेरै ब्रान्डहरुले नेपालमा विद्युतीय सवारी ल्याइसके । महिन्द्रा, किया, हुन्डाई, एमजीदेखि अन्य ब्रान्डहरुले पनि प्यासेन्जर भेहिकल सेगमेन्टमा उपस्थिति जनाउँदा टाटाले केही ढिला गर्यो । तर, अब टाटा मोटर्सले पनि नेपाली विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिद्वन्द्वी लिएर आउने तयारीमा छ । नेपाली बजारमा ठूलो ग्राहक सञ्जाल बनाएको सिप्रदीले टाटा मोटर्स लोकप्रिय […]
from समाचार – Online Khabar https://ift.tt/3rDMFQc
via IFTTT