समाचार
१६ साउन, धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा युवक महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन् । यो घटना […]
१६ साउन, काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ’ […]
१६ साउन, बुटवल । चीनसंग नेपालको सम्बन्ध थप गतिशील र उचाइमा पुर्याउन लुम्बिनीका वुद्धिजीवि र नागरिक समाजका प्रतिनिधिले सरकारलाई सुझाव दिएका छन् । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६ औं वर्षगांठका अवसरमा गरेको अन्तर्क्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ उचाइमा […]
१६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन् । उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका छन् । शनिबार काठमाडाैंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च […]
१६ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् । पढ्नुहोस् उनको भनाइ जस्ताको तस्तै : महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो […]
१६ साउन,धनगढी । कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेकाे छ । शनिबार बिहान गाेदावरी नगरपालिका-९ काे खुटिया खाेलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयाेग भएका ट्याक्टरलाई ६ […]
१६ साउन, काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी […]
छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनु ।
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे । ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले […]
१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक […]
१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल […]
‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’ मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए […]
१६ साउन, डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये […]
१६ साउन, काठमाडौं । कुमार महाराज पुराना वाद्यवादक हुन् । ५७ वर्षीय उनले वर्षौंदेखि ढोलक, तबला, मादल बजाइरहेका छन् । उनले स्वरसम्राट नारायणगोपालको गीतमा पनि वाद्ययन्त्र बजाएका छन् । नारायणगोपालको ‘मन्दिरमा छ कि मूर्तिमा माया’ बोलको गीतमा वाद्ययन्त्र बजाउँदाको किस्सा रोमाञ्चक हुँदै सुनाउँछन् । शम्भुजित बास्कोटाको संगीत रहेको सो गीतमा कुमारले शुरूआतमा तबला, ढोलक बजाएका […]
१६ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ । पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र […]
१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य […]
१६ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले अनिश्चितकालका लागि सबै खाले क्रिकेटबाट विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन ब्रेक लिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले जनाएको छ । लगातारको खेल र चर्का प्रतिस्पर्धाका कारण स्टोक्सले केही समय क्रिकेटबाट टाढा बस्ने निर्णय गरेका हुन् । यसअघि टेनिक्स नाओमी ओसाका […]
दृश्य दक्षिण–पश्चिम लण्डनको एभोन किनारमा अवस्थित पर्यटन केन्द्रको हो, जहाँ मानव निर्मित एउटा विशाल चौकुने तलाउ छ । तलाउको चारैतर्फ घरहरूको बरण्डामा प्रख्यात व्यक्तिहरूका प्रस्तर मूर्ति छन् । शताब्दीऔं पुरानो त्यो आस्थाको केन्द्रमा अहिले १८औं शताब्दीपछिका संरचना ज्यादा छन् । मदन राई लामाखुलेले आप्mनो नियात्रा संग्रह ‘युरोप यात्राका सम्झनाहरू’ को थालनी यही रोमन बाथबाट गरेका […]
१५ साउन, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै जनप्रतिनिधिले यो वर्ष एक कार्यकाल पूरा गर्दैछन् । चालु आव २०७८/७९ मा तीन तहका सरकारले छुट्टाछुट्टै बजेट कार्यान्वयन गर्न थालेको चौथो आर्थिक वर्ष हो । तर, अहिले पनि कतिपय क्षेत्रमा दोहोरो कर र करारोपणको क्षेत्रमा समेत द्विविधा रहेको राजस्व परामर्श समितिको प्रतिवेदनले देखाएको छ । नेपालको संविधानको अनुसूची […]
किन किन आज पटक्कै निद्रा परेको छैन । छट्पटिन्छु घरी यता, घरी उता । कोल्टे फेर्छु । निद्रा आँखाको आकाशबाट दूर क्षितिजमा कतै हराएजस्तो छ । बेलाबेलामा यस्तो त भई नै रहन्छ मलाई । शायद आज कफीको डोज धेरै भएको छ । चिनी विनाको तीतो कफी खाने आदत जो छ । त्यो पनि डबल डोजमा […]
१६ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ […]
from समाचार – Online Khabar https://ift.tt/3C0rnkM
via IFTTT