समाचार
११ साउन, बलेवा । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म […]
११ साउन, चितवन । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । सोमबारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा […]
११ साउन, काठमाडौं । ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ । सडकको किनारबाट पानी पटाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो । चाबहिलको गोपीकृष्ण हल […]
११ साउन, धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ । जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि […]
११ साउन, देउखुरी । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् । प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै […]
११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल समूहको […]
११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]
११ साउन, काठमाडौं । जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् । यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो । जेलर बसन्त […]
११ साउन, हुम्ला । कोरोना महामारीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् […]
११ साउन, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । सोमबार केही कर्मचारीलाई अस्पताल […]
११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए । पार्टीभित्र दुइटा […]
११ साउन, कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदी बन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले आज आफूहरु अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्ने बताएका छन् । एजेण्डाको नेतृत्व आफूहरुले गरेको भन्दै उनले उपेन्द्र यादव पक्षमा गएका नेताहरु पनि पछि ठाकुर पक्षमा फर्किने दाबी गरे । निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘मलाई के […]
११ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो । स्वास्थ्य सेवा […]
११, साउन, काठमाडौं । लागू औषधसहित पर्सामा एकजना युवक पक्राउ परेका छन् । ६०० एम्पुल इन्जेक्सनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३४ रामगढवाका २६ वर्षीय अफरोज मियाँ अन्सारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको मोटरसाइक (क्यूआरटी) टोलीले इनर्वागाउँ चौताराबाट अन्सारीलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा अन्सारीको साथबाट नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० […]
११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् । बाढी […]
११ साउन, काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक […]
११ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए । उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । […]
from समाचार – Online Khabar https://ift.tt/3ycggmE
via IFTTT






















