समाचार
एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले रोयल इन्फिल्ड ब्रान्डले क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मिटिअर ३५० सीसी सार्वजनिक गरेको छ । मिटिअर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर, र सुपरनोभा गरी तीन भेरियन्ट रहेका छन्, जस्मा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभा को दुई अधिकारिक रङ्गहरु उपलब्ध हुनेछन् । मिटिअर ३५० एउटा […]
१५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेटेका छन् । नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका छन् । अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल […]
१४ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाको अगुवाइमा शुक्रबार बुटवल बजारको अनुगमन गरिएको छ । अनुगमनको क्रममा बजारमा अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको भेटिएपछि नष्ट गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यका अनुसार मापदण्ड विपरीत माछा-मासु पसल सञ्चालनमा रहेको पाइएको र त्यस्ता पसलहरुबाट अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको पाइएको हो । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता […]
१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी […]
१५ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ । बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्यूज’ […]
१५ साउन, काठमाडौं । नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन पहिलोपटक मर्मत थालिएको छ । अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियमको आपूर्ति फ्लो कम भएपछि गरिएको एक्सरेमा भल्बमा रबर जमेको देखिएको निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी […]
१५ साउन, काठमाडौं । सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनिया राजदुत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले […]
हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु गरिएको छ। पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमापूजा गरेका छन्। उक्त महाविहार भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको हो। क्षमापूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा नेपाल सरकारका अधिकारीहरू सहभागी भएका थिए। उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको […]
१५ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए […]
१५ साउन, काठमाडौं । वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका-३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका-८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका-४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर […]
१५ साउन, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सरकारको निर्देशन विपरीत भौतिक रूपमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । नगरपालिकाले बिहीबार अनुगमन गर्दा कोहलपुरको मिसन पब्लिक स्कुल, पञ्चमुखी इङ्ग्लिस स्कुल, दीपज्योति विद्याश्रम र निम्बल एकेडेमीले भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो । विद्यालय भौतिक रुपमा सञ्चालन गरेको पाइएपछि तत्काल सरोकारवालाहरुको बैठक बसेको नगरपालिकाले जनाएको […]
१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]
१५ अनुसार, काठमाडौं । ठमेलको ज्याठामा रहेको मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीले छापा हानेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध मदिरा उत्पादन गरेको विशेष सूचनाको आधारमा छापा हानेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार एक चिनियाँ नागरिक सी जिङ वीले त्यहाँ लोक रक्सी उत्पादन गरिरहेका थिए । तस्वीरहरु- चन्द्रबहादुर आले/अनलाइनखबर
१५ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहान ८ बजेदेखि शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् । महासंघ आवद्ध शिक्षकहरु देशभरिका ८३८ निकाय र काठमाडौँको […]
१५ साउन, बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी […]
१५ साउन, जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ । विवाद समाधानको जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बुढानीलकण्ठमा बस्न लागेको देउवाको सचिवालयले […]
१५ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खोलामा खस्दा […]
१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]
२०७७ असार/साउनताका केही मुद्दामा न्यायिक मान्यता र सिद्धान्त विपरीत आदेश/फैसला भएपनि कानून व्यवसायीहरु आन्दोलित भए । न्यायालयमा विकृति बढेको निष्कर्षसहित उनीहरुले देशव्यापी अभियान चलाउन थाले । कानून व्यवसायीहरुले आफ्नै छाता संगठनलाई समेत मूकदर्शक भएको आरोप लगाएपछि नेपाल बार एसोसिएसनले पनि विकृतिविरुद्ध आवाज उठायो । त्यही परिस्थितिमा एकाएक प्रधानन्यायाधीशको एकल निर्णयबाट न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारवारे […]
१५ साउन, काठमाडौं । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् । ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन […]
१५ साउन, किरतपुर (धनुषा) । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिए […]
from समाचार – Online Khabar https://ift.tt/3l9ndAX
via IFTTT