समाचार
१२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले आफूलाई समर्थन गरेका साना दलका पदाधिकारीहरुलाई पनि सुविधा दिने गरी १० प्रतिशतको थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यो विधेयक प्रदेशसभाबाट पास भए राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता एवं सचेतकले पनि सेवासुविधा प्राप्त गर्ने छन् । गण्डकी प्रदेश सभामा जनमोर्चाका २ जना […]
१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् । नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित […]
१२ साउन, काठमाडौं । नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो । हालका सेनापति पूर्णचन्द्र थापाले २५ भदौमा अवकाश पाउनेछन् । तर अवकाशको एक महीना अघि विदा बस्ने परम्परा […]
१२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कालिकोटका […]
१२ साउन, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जबकी दोस्रो […]
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु […]
१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउन पहल थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के […]
१२ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन दशबुँदे सहमति जुटे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समानान्तर गतिविधि रोकिएको छैन । दोस्रो तहका नेताहरूको एकता प्रयास पनि जारी छ । ओली र नेपालबीच अनेक पटक भड्किएको परिस्थिति सम्हाल्दै आएका दोस्रो तहका नेताहरूलाई साथ दिन भन्दै दुवैतर्फका सांसदहरूले पनि अभियान […]
१२ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले गण्डकीमा पृथ्वी […]
१२ साउन, काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ […]
१२ साउन, जनकपुरधाम । महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ […]
१२ साउन, रौतहट । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो । महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको […]
१२ साउन, काठमाडौं । चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्थानिम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । […]
१२ साउन, जनकपुरधाम । लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना महिलालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ का ५५ वर्षीया किसतावरी सदा र ४५ वर्षीया सम्पो सदालाई उनीहरुकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले उनीहरुलाई एक वर्ष कैद सजायको फैसला सुनाएको […]
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई […]
१२ साउन, काठमाडौं । क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अनशन तोडेका छन् । १० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएको छ । उनीहरुको माग सम्बोधन […]
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए । मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता […]
१२ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले हात्तीको दाह्रा सहित तीन जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक […]
१२ साउन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी […]
१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पठाउन निर्देशन दिएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘…आधारभूत अस्पताल निर्माणको लागि आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गरी यथाशीघ्र […]
१२ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै […]
from समाचार – Online Khabar https://ift.tt/3x9E9cQ
via IFTTT