Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा

१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ […]

तेस्राे टी-२० मा भारतलाई ७ विकेटले हराउँदै श्रीलंकाले जित्याे सिरिज

१५ साउन, काठमाडौं । भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलकाे टी-२० सिरिज जितेको छ । गएराति भएकाे तेस्रो तथा अन्तिम टी-२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २-१ ले जितेको हो । भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । श्रीलंकाका […]

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

१५ साउन, चितवन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । ‘भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, […]

खिर खाएर साउन १५ मनाइँदै

१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]

भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

१४ साउन, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य […]

माधव नेपाल पक्ष सरकारमा नजाने

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]

उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

१४ साउन, काठमाडौं । चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् । सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको २५ देखि काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा पनि अग्रपंक्तिमा […]

महोत्तरीमा बालकको शव भेटियो, बाबुआमा पक्राउ

१४ साउन, जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी […]

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

१४ साउन, गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा  निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै […]

सभामुख र गृहमन्त्रीबीच छलफल

१४ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे […]

शिक्षकको आन्दोलनले विद्यार्थीले परीक्षा दिन पाएनन्

१४ साउन, रामपुर । बिहीबार बिहान ७ :०० बजेबाट शुरु हुने कक्षा ११ को परीक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका–७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन् । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषय भएको हुँदा आफूले पढेका प्रश्न आउँलान् […]

थप ३,३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

१४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना […]

‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति मैले रोकेको होइन’

१४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् । चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए । अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै […]

जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभामा

१४ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो […]

नेप्सेलाई पनि अर्थले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न […]

‘संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे अध्ययन हुनुपर्छ’

१४ साउन, काठमाडौं । न्यायालयको विकृति, विसंगति अध्ययन गर्न गठित समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे विस्तृत अध्ययन हुनुपर्ने औंल्याएको छ । संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नताबारे विवाद आइरहेका बेला उनैले गठन गरेको समितिले समेत यसबारेमा प्रश्न उठाएको हो । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख विपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, […]

बाघको जीवन संघर्ष : अरूभन्दा आफ्नैबाट जोखिम !

१४ साउन, काठमाडौं । ‘बाघ हिंस्रक हुँदैनन्, केवल भोका हुन्छन्’, यो भनाइ संरक्षण सम्बन्धी हिन्दी चलचित्र ‘शेरनी’ बाट लिइएको हो । चलचित्रकी मुख्य पात्र विद्या वालन भन्छिन् ‘बाघ छ र जंगल छ, जंगल छ र वर्षा छ, वर्षा छ र पानी छ, पानी छ र मानिस छन् ।’ बाघ र मानिसबीच अजीवको सम्बन्ध छ, जुन […]

रकम भुक्तानी गर्न उखु किसानले दिए भदौ ५ सम्मको अल्टिमेटम

१४ साउन, काठमाडौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग […]

माधव नेपाललाई भेटेर सुवास नेम्वाङले भने- तपाईं र ओली कुरा गर्नुस्

१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका छन् । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए । ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् […]

‘एमसीसी पारित भयो भने नेपाल, अमेरिका र भारतको त्रिपक्षीय साझेदारी हुन्छ’

१४ साउन, काठमाडौं । डा. सुरेशराज चालिसे सन् २००७–२००८ मा संयुक्त राज्य अमेरिका र २००९ देखि २०१४ सम्म संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत रहे । त्यसअघि नेपाली कांग्रेसका स्वर्गीय सभापति तथा प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार रहेका उनी अहिले नेपालको परराष्ट्र नीति असन्तुलित भएको देख्छन् । नेपालले चीनको बुइ चढेर […]

‘कतिपय न्यायाधीश नै विचौलिया छन्’

१४ साउन, काठमाडौं । न्यायालयमा हुने विकृति, विसंगतिबारे अध्ययन गर्न गठित समितिले न्यायाधीश नियुक्ति, पेशी व्यवस्थापन, कानून व्यवसायीको अपारदर्शी शुल्कलगायतका कारण न्यायालयमा भ्रष्टाचार बढेको औंल्याएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोकत्वको समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायाधीश नियुक्तिको सिफारिसदेखि नै विकृतिको शुरुवात हुने भन्दै भ्रष्टाचार नियन्त्रणमा न्यायिक नेतृत्व नै प्रतिवद्ध र […]



from समाचार – Online Khabar https://ift.tt/3xadixr
via IFTTT
Powered by Blogger.