समाचार
१५ साउन, किरतपुर (धनुषा) । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिए […]
१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ […]
१५ साउन, काठमाडौं । भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलकाे टी-२० सिरिज जितेको छ । गएराति भएकाे तेस्रो तथा अन्तिम टी-२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २-१ ले जितेको हो । भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । श्रीलंकाका […]
१५ साउन, चितवन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । ‘भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, […]
१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]
१५ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी […]
१४ साउन, काठमाडौं । न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले सर्वोच्च अदालतमा प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रतिवेदन बुझाएको हो । प्रधानन्यायाधीश जबराले २९ साउन २०७७ मा समिति गठन गरेका थिए । अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल बार एशोसिएसनका […]
१४ साउन, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य […]
१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]
१४ साउन, काठमाडौं । चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् । सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको २५ देखि काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा पनि अग्रपंक्तिमा […]
१४ साउन, जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी […]
१४ साउन, गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै […]
१४ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे […]
१४ साउन, रामपुर । बिहीबार बिहान ७ :०० बजेबाट शुरु हुने कक्षा ११ को परीक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका–७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन् । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषय भएको हुँदा आफूले पढेका प्रश्न आउँलान् […]
१४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना […]
१४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् । चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए । अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै […]
१४ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो […]
१४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न […]
१४ साउन, काठमाडौं । न्यायालयको विकृति, विसंगति अध्ययन गर्न गठित समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे विस्तृत अध्ययन हुनुपर्ने औंल्याएको छ । संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नताबारे विवाद आइरहेका बेला उनैले गठन गरेको समितिले समेत यसबारेमा प्रश्न उठाएको हो । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख विपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, […]
१४ साउन, काठमाडौं । ‘बाघ हिंस्रक हुँदैनन्, केवल भोका हुन्छन्’, यो भनाइ संरक्षण सम्बन्धी हिन्दी चलचित्र ‘शेरनी’ बाट लिइएको हो । चलचित्रकी मुख्य पात्र विद्या वालन भन्छिन् ‘बाघ छ र जंगल छ, जंगल छ र वर्षा छ, वर्षा छ र पानी छ, पानी छ र मानिस छन् ।’ बाघ र मानिसबीच अजीवको सम्बन्ध छ, जुन […]
१४ साउन, काठमाडौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग […]
from समाचार – Online Khabar https://ift.tt/3j5q6A3
via IFTTT