समाचार
१३ साउन, काठमाडौं । संरक्षित वन्युजन्तु कछुवासहित प्रहरीले काठमाडौंको फर्पिङबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का २६ वर्षीय विशाल सुनार, सोही ठाउँका ४१ वर्षीइ विक्रम सुनार र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरुको साथबाट संरक्षित वन्यजन्तु पहेंलो रंगको […]
१३ साउन, लेखनाथ । पोखरा महानगरपालिकाको लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि कोरोना संक्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । तर व्यवसायीहरुमा कोरोनाको त्रास कायमै देखिन्छ । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन सरकारले […]
१३ साउन, काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने […]
१३ साउन, बाँके । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । स्कुटर चोरी भएको भन्ने खबर पाएपछि प्रहरी चौकी […]
१३ साउन, काठमाडौं । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान नर्मल वार्डमा सारिएको छ । न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन् […]
१३ साउन, म्याग्दी । बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भइ फरार रहेका ३ जनालाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका-४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् । बैंकिङ […]
१३ साउन, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय […]
१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए । गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि […]
१३ साउन, सिरहा । सिरहामा आर्थिक वर्ष २०७७-७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा […]
१३ साउन, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ संक्रमित फेला परेका छन् । दैनिक नयाँ संक्रमितको यो […]
१२ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, […]
१३ साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ । एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ । मन्त्रिपरिषदलाई पूर्णता […]
१२ साउन, डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् । खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ । डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका […]
१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]
१३ साउन, काठमाडौं । सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । रिकेवादेवी गएराति नाबालक छोरा-छोरीसहित घरबाट निस्किएकी थिइन् । […]
१३ साउन, दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका […]
१३ साउन, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा […]
१३ साउन, काठमाडौं । आज कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका सहायक नदीहरुको बहाव भने सामान्य घटबढ हुन सक्ने छ । महाशाखाले बुधबार बिहान सात […]
ऊर्जा मन्त्री पम्फा भुसालले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गरीबलाई बिजुली निःशुल्क उपलब्ध गराउनेतर्फ कार्य भइरहेको बताएकी छन् । वास्तवमा निम्न वर्गहरूले राज्यबाट यस्तै निर्णयको अपेक्षा गरिरहेका हुन्छन् । यसले ती वर्ग लाभान्वित हुने मात्र नभई राज्यप्रति निमुखा वर्गको अपनत्वभाव सिर्जना गराउँदछ । त्यसैले यो निर्णयको खुलेर प्रशंसा गर्नुपर्दछ । हुनत सरकारले यस प्रकारका धेरै […]
१३ साउन, सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । नेपाली सेनाले करीब सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको […]
१३ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट […]
from समाचार – Online Khabar https://ift.tt/3rDY42E
via IFTTT