समाचार
११ साउन, बझाङ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल प्रतिकिलो ३ रुपैयाँ महँगो भएको गुनासो आउन थालेको छ । खाद्यले बिक्री गर्ने चामल महंगो भएपछि नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका […]
११ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-९ की ४५ वर्षीया शोभा गुरुङ रहेकी छिन् । उच्च अदालत पाटनको २०७७ साल चैत ३० गतेको फैसलाले गुरुङरीलाई १३ लाख ७० हजार जरिवाना र १४ दिन कैद सुनाएको थियो । प्रहरीको […]
११ साउन, पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]
१३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारेका छन् । दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले युवा पलायन रोक्ने नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्ने गरि नीति ल्याउन समितिले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको हो । समितिका संयोजक सांसद विनोद चौधरी तथा […]
११ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए । सोमबार अनलाइनखबरसँग कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश […]
११ साउन, काठमाडौं । साउन महिना हिन्दु धर्मावलम्बीहरुका लागि विशेष महिना हो । साउन महिनामा उनीहरुले भगवान शिवलाई खुशी बनाउन पूजा आराधना गर्छन् । साउन सोमबार चाहिँ हिन्दु महिलाका लागि विशेष पर्व हो । उनीहरु भोकै व्रत बस्ने, शिव मन्दिरहरुमा गई पूजा गर्ने, जल चढाउने आदि गर्छन् । त्यसैले साउनको सोमबार काठमाडौंका शिव मन्दिरहरुमा व्रतालु […]
११ साउन, काठमाडौं । सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्याइएका रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) को विवादमा तटस्थ बसेका छन् । तर आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् । महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो । ५१ सदस्यीय […]
११ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको […]
११ साउन, सुर्खेत । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले सुर्खेतबाट एकैदिनमा पक्राउ गरेको छ । ठगी, जालसाजी र लिखत बेइज्जती मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा […]
११ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ । त्यसक्रममा सभामुख सापकोटाले विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताएका छन् । आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो । सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर […]
११ साउन, काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौं श्रमिक कार्यरत ठूला […]
११ साउन, काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले […]
११ साउन, बलेवा । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म […]
११ साउन, चितवन । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । सोमबारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा […]
११ साउन, काठमाडौं । ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ । सडकको किनारबाट पानी पटाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो । चाबहिलको गोपीकृष्ण हल […]
११ साउन, धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ । जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि […]
११ साउन, देउखुरी । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् । प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै […]
from समाचार – Online Khabar https://ift.tt/3x5p7Fc
via IFTTT






















