Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

११ साउन, काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक […]

पार्टीको सम्पर्कमा आइन् लुम्बिनीकी सांसद ढेंगा 

११ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन […]

जसपाको हेड काउन्ट : मनिष सुमनले पनि गरे उपेन्द्रको पक्षमा हस्ताक्षर

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले सोमबार कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्दैछ । दुवै पक्षका नेताहरु आयोग पुगेर सनाखत गर्दैछन् । लामो समय राजेन्द्र महतो निकट रहेका प्रदेश २ का सांसद सुमनले यादवको पक्षमा हस्ताक्षर गरेका छन् । […]

जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]

ठाकुर पक्ष नेता सोनल भन्छन्– १५ गतेसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाईसम्म पर्खिने बताएका छन् । जसपाको अधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्ने निर्णय गरेको थियो, जसका लागि दुबै पक्ष आयोगमा पुगेको छ । सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आयोगको निर्णय […]

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एकजना घाइते

११ साउन, जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् […]

आधिकारिकता प्राप्त भएपछि सरकारमा जान्छौं : जसपा नेता यादव

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी सहभागी हुने बताएका हुन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि […]

निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु

११ साउन, काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी -जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी […]

सुदूरपश्चिममा कोरोना : बढ्दो संक्रमण, घट्दो सावधानी

११ साउन, डोटी । साउन महिनाको पहिलो १० दिनमा सुदूरपश्चिममा कोरोना संक्रमण दरमा वृद्धि भएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा पिसिआर बिधिबाट परीक्षण गराउनेहरुमध्ये २५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । १० दिनमा पीसीआर बिधिबाट एक हजार एक सय ८७ जनाको परीक्षण गरिएकोमा दुई सय ९७ जनामा […]

अछाममा विद्यालय भवन निर्माणमा अनियमितताको आरोप

११ साउन, धनगढी । अछाममा विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ । तुर्माखाद गाउँपालिका-६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद […]

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

११ साउन, काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको […]

तुलसीपुरमा रोकिराखेको बसमा आगजनी

११ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोला नजिक रोकिराखेको एक बसमा अज्ञात समूहले आगजनी गरेको छ । घोराही–तुलसीपुर सडकखण्डमा रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो । बसमा गएराति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए । प्रहरीले राति नै आगो […]

‘सत्ता पाउन र टिकाउन बाह्य शक्तिको समर्थन खोज्नु नेपालको अस्थिरताको कारण हो’

नेपाली सेनामा तीन दशकभन्दा भन्दा बढी सेवा गरी अवकाश भएका उपरथी पूर्ण सिलवालसँग राष्ट्रिय सुरक्षा, परराष्ट्र रणनीति र अन्य थुप्रै विषयमा गहिरो ज्ञान र अनुभव छ । नेपालको राष्ट्रिय सुरक्षा नीति तयार पार्न समेत महत्वपूर्ण भूमिका खेलेका सिलवालले विभिन्न विषय समेटेर नयाँ पुस्तक प्रकाशन गरेका छन् । उनले नेपाल राज्य स्थापनाको दर्शन, मूल्यमान्यता, राष्ट्रिय हित […]

बागलुङको ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

११ साउन, बागलुङ । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले […]

सरकार, फुल्चोकीलाई संरक्षण क्षेत्र घोषणा गर

फुल्चोकी काठमाडौं उपत्‍यकाको सबैभन्दा सुन्दर, जैविक विविधतायुक्त, पानीको प्रशस्त स्रोत भएको मध्यपहाडी शृंखला हो । यसका भिराला पाखामा सब-ट्रपिकल जंगल रहेको छ । सब-ट्रपिकल भनेको गर्मी र चिसो ठाउँको दोसाँधमा पाइने हावापानी अनुकूलको जंगल हो । सब-ट्रपिकललाई हिन्दी भाषामा उपोष्णकटिबन्धीय नामकरण गरिएको भए तापनि त्यो नाम त्यति लोकप्रिय हुनसकेको छैन र सब-ट्रपकिल भनेर नै बुझ्ने […]

गुल्मीमा २० गतेसम्म निषेधाज्ञा थप

११ साउन, गुल्मी । गुल्मीमा यही साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले साउन २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका […]

मोबाइल व्यापारमा महामारी बरदान : एक वर्षमै आयात दोब्बर

११ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको छ । २०७७ साउनदेखि २०७८ असारसम्म मात्रै ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । भन्सार विभागका अनुसार यो नै हालसम्मको सबभन्दा ठूलो परिमाणको मोबाइल आयात हो । आव ०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो […]

एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

बार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्। एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको […]

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलअनत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् । स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका […]

ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद पनि भंग

११ साउन, काठमाडौं । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसदसमेत भंग गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् । कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक […]

जसपा विवाद : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको […]



from समाचार – Online Khabar https://ift.tt/3i5d3Q1
via IFTTT
Powered by Blogger.