Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खगेन्द्र संग्रौलाले भने- ज्ञानेन्द्रको बन्दुकसँग डराइनँ, महेश बस्नेतको धम्कीले के हुन्छ ?

११ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए । सोमबार अनलाइनखबरसँग कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश […]

पशुपतिमा साउने सोमबारको चहलपहल

११ साउन, काठमाडौं । साउन महिना हिन्दु धर्मावलम्बीहरुका लागि विशेष महिना हो । साउन महिनामा उनीहरुले भगवान शिवलाई खुशी बनाउन पूजा आराधना गर्छन् । साउन सोमबार चाहिँ हिन्दु महिलाका लागि विशेष पर्व हो । उनीहरु भोकै व्रत बस्ने, शिव मन्दिरहरुमा गई पूजा गर्ने, जल चढाउने आदि गर्छन् । त्यसैले साउनको सोमबार काठमाडौंका शिव मन्दिरहरुमा व्रतालु […]

नेप्से परिसूचक र कारोबार दुबै घट्यो

११ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको […]

सुर्खेतबाट एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ

११ साउन, सुर्खेत । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले सुर्खेतबाट एकैदिनमा पक्राउ गरेको छ । ठगी, जालसाजी र लिखत बेइज्जती मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा […]

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

११ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ । त्यसक्रममा सभामुख सापकोटाले विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची […]

जसपा विवादमा रेशम चौधरी तटस्थ

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्  । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो । सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर […]

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

११ साउन, काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौं श्रमिक कार्यरत ठूला […]

निर्वाचन आयोगमा रेशम चौधरी (तस्वीरहरु)

११ साउन, काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए ।  चौधरीले आफूले […]

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

११ साउन, बलेवा । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म […]

अण्डाको मूल्य हालसम्मकै उच्च

११ साउन, चितवन । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । सोमबारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा […]

ढल थुनिँदा कपन क्षेत्र डुबानमा

११ साउन, काठमाडौं । ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्‍ने गरेको छ । सडकको किनारबाट पानी पटाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो । चाबहिलको गोपीकृष्ण हल […]

कैलालीमा साउन २१ गतेसम्म निषेधाज्ञा थप 

११ साउन, धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ । जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना

११ साउन, देउखुरी । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले […]

रामचन्द्र पौडेलले भेटे सीता दाहाललाई

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् । प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै […]

माधव समूहको स्थायी कमिटी बैठक जारी

११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल समूहको […]

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]

पार्टीको सम्पर्कमा आइन् लुम्बिनीकी सांसद ढेंगा 

११ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन […]

सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमै जाने

११ साउन, काठमाडौं । जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् । यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो । जेलर बसन्त […]

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

११ साउन, हुम्ला । कोरोना महामारीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् […]

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

११ साउन, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । सोमबार केही कर्मचारीलाई अस्पताल […]

शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि […]



from समाचार – Online Khabar https://ift.tt/3BJOXlu
via IFTTT
Powered by Blogger.