Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]

ठमेलको ज्‍याँठामा मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

१५ अनुसार, काठमाडौं । ठमेलको ज्‍याँठामा रहेको मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीले छापा हानेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध मदिरा उत्पादन गरेको विशेष सूचनाको आधारमा छापा हानेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार एक चिनियाँ नागरिकले त्यहाँ लोक रक्सी उत्पादन गरिरहेका थिए ।

शिक्षकको रिले अनशन शुरु

१५ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहान ८ बजेदेखि  शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् । महासंघ आवद्ध शिक्षकहरु देशभरिका ८३८  निकाय र काठमाडौँको […]

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

१५ साउन, बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी […]

क्रियाशील सदस्यता विवाद समाधानमा जुटे देउवा, पौडेल र सिटौला

१५ साउन, जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ । विवाद समाधानको जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बुढानीलकण्ठमा बस्न लागेको देउवाको सचिवालयले […]

धनुषामा पिकअप गाडी खोलामा खस्दा चालकको मृत्यु, ५ जना घाइते

१५ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खोलामा खस्दा […]

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]

‘बिचौलिया रोक्न दृढ मनोबल र नयाँ संयन्त्र चाहिन्छ’

२०७७ असार/साउनताका केही मुद्दामा न्यायिक मान्यता र सिद्धान्त विपरीत आदेश/फैसला भएपनि कानून व्यवसायीहरु आन्दोलित भए । न्यायालयमा विकृति बढेको निष्कर्षसहित उनीहरुले देशव्यापी अभियान चलाउन थाले । कानून व्यवसायीहरुले आफ्नै छाता संगठनलाई समेत मूकदर्शक भएको आरोप लगाएपछि नेपाल बार एसोसिएसनले पनि विकृतिविरुद्ध आवाज उठायो । त्यही परिस्थितिमा एकाएक प्रधानन्यायाधीशको एकल निर्णयबाट न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारवारे […]

टोकियो ओलम्पिक : सहभागितामै सीमित नेपालको यात्रा

१५ साउन, काठमाडौं । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् । ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन […]

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

१५ साउन, किरतपुर (धनुषा) । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिए […]

पहुँचवालाले लगाउँछन्, सर्वसाधारण लाइन लागेर फर्किन्छन्

१५ साउन, धनगढी । स्वास्थ्य सेवा विभागले ५० देखि ५५ वर्ष उमेर समूह, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था गरेको छ । विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई गरेको परिपत्रमा […]

लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

१५ साउन, बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार (आज) पदभार ग्रहण गर्दैछन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले बताए । शेरचन नियुक्त […]

कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा

१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ […]

वर्षभरिमा ७२ हजार नेपाली युवाले मात्रै पाए विदेशमा नयाँ काम

१५ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ७२ हजार ८१ मा खुम्चिएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा करिब २ं६४ प्रतिशत अर्थात् झण्डै तीन भागले कम हो । सो आर्थिक वर्षमा विदेशिने युवाको संख्या एक […]

तेस्राे टी-२० मा भारतलाई ७ विकेटले हराउँदै श्रीलंकाले जित्याे सिरिज

१५ साउन, काठमाडौं । भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलकाे टी-२० सिरिज जितेको छ । गएराति भएकाे तेस्रो तथा अन्तिम टी-२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २-१ ले जितेको हो । भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । श्रीलंकाका […]

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

१५ साउन, चितवन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । ‘भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, […]

खिर खाएर साउन १५ मनाइँदै

१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]

प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती

१५ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी […]

अध्ययन समितिको निष्कर्ष : न्यायाधीश नियुक्तिबाटै शुरु हुन्छ न्यायालयमा भ्रष्टाचार

१४ साउन, काठमाडौं । न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले सर्वोच्च अदालतमा प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रतिवेदन बुझाएको हो । प्रधानन्यायाधीश जबराले २९ साउन २०७७ मा समिति गठन गरेका थिए । अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल बार एशोसिएसनका […]

भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

१४ साउन, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य […]

माधव नेपाल पक्ष सरकारमा नजाने

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]



from समाचार – Online Khabar https://ift.tt/3fdLa6t
via IFTTT
Powered by Blogger.