समाचार
३० चैत, मोरङ । प्रदेश-१ को प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका हुन् । प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आठौं […]
३० चैत, पर्सा । वीरगञ्ज नाकामा परीक्षणका क्रममा दुईजनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको झारखण्डबाट आएकी २८ वर्षीया महिला र वीरगञ्ज– १३ का ३४ वर्षीय पुरुषमा एन्टिजेन पोजिटिभ पुष्टि भएको हो । झारखण्डबाट श्रीमान्लाई भेट्न आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि भारततर्फ नै फर्काउने तयारी भइरहेको छ भने ३४ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका […]
३० चैत, काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार […]
३० चैत, गोरखा । भूकम्पले क्षति पुगेको गोरखा दरबार समयमै नबन्दा कालिका मन्दिर र रंगमहलको पुनर्निर्माण अन्योलमा परेको छ । ठेक्का सम्झौता अनुसार गोरखा दरबार यसअघि नै पुनर्निर्माण भइसक्नुपर्ने थियो । तर दोस्रो पटक थप भएको म्याद गत मंसिर महिनामा सकिएपनि काम सम्पन्न भएको छैन । हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको गोरखा […]
३० चैत, काठमाडौं । एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो । खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने […]
२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा र रखबारी गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टीकरण दिएका छन् । ‘संसदको रक्षा यसको रखबारी गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम गरिराखेको छ’, सोमबार प्रतिनिधिसभामा बोल्दै बस्नेतले भने, ‘सबै खालका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरुको हामी साक्षी बसिराखेका छौं र […]
३० चैत, सुर्खेत । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् । रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् । दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट […]
३० चैत, रौतहट । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप बढेको छ । भारतमा कोरोनाको दोसो लहर चलिरहँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन थालेका हुन् । रौतहटको सीमा क्षेत्र भएर प्रत्येक दिन सयौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका […]
२७ चैत, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेस बनाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सभामुखलाई यस्तो आग्रह गरेका हुन् । सांसद अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेको भन्दै सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् । ‘एमसीसी कांग्रेस र माओवादीको […]
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । पुनः संसद विघटन नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले चुनावमा जाँदा पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गिरीले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । तर दिन प्रतिदिनको विवाद […]
३० चैत, काठमाडौं । सुख्खा बन्दगाह भन्सार सिर्सियाले तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको छ । कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई उक्त रकम जरिबाना तिराएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चैत २६ गते कम्पनीलाई जरिबानाको निर्णय […]
२७ चैत, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिका सदस्यहरुको हेरफेर तत्काल नहुने भएको छ । संसद भवन नयाँ वानेश्वरमा सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुनुवाइ समितिका सदस्यहरु हेरफेर नगर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । सुनुवाइ समितिका सदस्य हेरफेर नभए पनि अन्य समिति सदस्यहरुको भने हेरफेर गर्नेमा भने दलहरुबीच सहमति भएको […]
३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]
३० चैत, काठमाडौं । काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भएपछि सडकमा पानीको लिकेज (चुहावट) बढेको छ । चुहावाटको समस्या बढेपछि आवश्यक रणनीति बनाउनुपर्ने भन्दै डिभिजन सडक कार्यालय काठमाडौंले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग छलफल गर्ने भएको छ । डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार ३ सयभन्दा बढी स्थानमा सडकमा पानीको लिकेज देखिएको बताए […]
३० चैत, भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता […]
३० चैत, पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ […]
३० चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]
३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् । ६ वैशाखमा महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए । यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमाले अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले एमाले केन्द्रीय कमिटीलाई […]
३० चैत, काठमाडौँ । मनकामना केबुलकार सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार सोमबार बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी […]
३० चैत, कास्की ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको […]
३० चैत, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3mErBqs
via IFTTT