Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१६ वैशाख, सुर्खेत । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि […]

उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य मौसम […]

निषेधाज्ञाको अवज्ञा गर्ने सुर्खेतका १ हजार ७८ जना कारबाहीमा

१६ वैशाख, सुर्खेत । निषेधाज्ञाका बेला अनावश्यक हिँडडुल गर्ने सुर्खेतमा १ हजार ७८ जना कारबाहीमा परेका छन् । बुधबारदेखि लागू निषेधाज्ञाको उल्लंघन गर्दै बिना काम सडकमा निस्किएको आरोपमा १ हजार ७८ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुधबारदेखि बिहिबार दिउँसोसम्म निषेधज्ञा अवज्ञा गरि […]

विमानस्थलमा सीसीएमसीको अनुगमन, मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी

१६ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो […]

सक्रिय संक्रमित निरन्तर बढ्दैछन्, रौतहटमा छैन तयारी

१६ वैशाख, रौतहट । रौतहटमा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि भयो । रौतहटका सबै संक्रमित अहिले घरमै आइसोलेट भएर बसेका छन् । संक्रमण उच्च दरमा बढिरहँदा पनि रौतहटमा नियन्त्रणको तयारी भने शून्यप्रायः […]

जनताका गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन

१६ वैशाख, काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल […]

मुख्यमन्त्रीको निर्देशनपछि आकाशे पुलको शिलान्यास रोकियो

१६ वैशाख, विराटनगर । कोरोना महामारीकाबीच आकाशेपुल शिलान्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् । बुधबार बेलुका आकाशेपुल शिलान्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश-१ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् । बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास […]

निषेधाज्ञा अवधिमा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने

१५ वैशाख, काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक […]

हवाई यात्रुले विमानस्थलका प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

१६ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने छन् । तर, यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट पि्रपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ । त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ । विमानस्थल कार्यालयका […]

नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान, क्रश होल्डिङ भएकाले नपाउने

१६ वैशाख, काठमाडौं । नयाँ पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति (लाइसेन्स) दिनका लागि नियामक निकाय बिमा समितिले आवेदन खुला गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै समितिले प्रस्ताव आवेदन आह्वान गरेको हो । हाल मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । कम्तिमा दुई वटा पुनर्बिमा कम्पनी आवश्यकता परेको भन्दै समितिले आवेदन खुला गरेको हो […]

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

१६ वैशाख, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा थप २ जनाको मृत्यु

१६ वैशाख, काठमाडौं । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो । बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो । बाँकेका कोरोना […]

कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार […]

निषेधाज्ञा अवधिभर काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

१६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।  अस्पतालमा जानुपर्ने महानगरपालिकभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिन लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजश्वर ज्ञावालीका अनुसार ११८० र १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ । महानगरपालिकाले यसअघिदेखि नै महानगरका वृद्ध नागरिकका लागि यस्तो सुविधा […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी […]

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

१६ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । सैनामैना–१ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर थप भएमा ५० बेडमै लक्षणसहितका संक्रमितलाई […]

खोप आयातमा भारतको विकल्प खोज्दै सरकार

१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट अप्रिल महिनाको अन्तसम्म ल्याउने र थप ५० लाख डोज खोप खरिदका लागि सेरम इन्स्टिच्युटसँग सम्झौता गर्ने तयारीमा सरकार थियो […]

खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुदैन : रामचन्द्र पौडेल

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई तत्काल कारबाही गर्नुपर्ने समेत उनको माग छ । गण्डकीमा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी थियो । तर जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भए । त्यही कारण देखाएर […]

‘महामारीमा प्रदेश सरकार भेटिएन’

१६ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहरले जनजीवन प्रभावित हुँदा प्रदेश सरकार हराएको प्रतिपक्षी दलका नेताहरुले बताएका छन् । संक्रमणका कारण जनता छटपटाइरहँदा प्रदेश १ सरकार भने हराएको उनीहरुको आरोप छ । कोरोना महामारीको पहिलो लहरमा देखिनेगरी काम गरेको प्रदेश १ सरकार दोस्रो लहर शुरु हुँदै गर्दा कामबाट विमुख भएको नेकपा माओवादी केन्द्र प्रदेश […]

निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति : यी हुन् समस्या परे सम्पर्क गर्ने ठाउँ

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहरको प्रकोप रोक्न सरकारले घोषणा गरेको १५ दिन लामो निषेधाज्ञा बिहीबारबाट सुरु भएको छ । संघीय राजधानी काठमाडौंसहित कोरोना अति प्रभावित जिल्लाहरुमा सुरु हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने स्थानीय प्रशासनहरुले घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार अत्यावश्यक सेवा भित्र […]

को हुन् जनमोर्चाका सांसद खिमविक्रम शाही ?

१६ वैशाख, पोखरा । कलेजोसम्बन्धी समस्याले राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद टेकबहादुर घर्तीको २०७५ साल मंसिर २६ गते मृत्यु भयो । बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ बाट चुनाव जितेका घर्तीको उपचारको क्रममा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुने भयो । मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्य जनमोर्चाले र वडाध्यक्षमा नेकपाले तालमेल गर्ने सहमति […]



from समाचार – Online Khabar https://ift.tt/2Sfhygr
via IFTTT
Powered by Blogger.