Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निषेधाज्ञा अवधिभर सुन आयात नहुने

१५ वैशाख, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ । बिहीबारदेखि प्रमुख शहरमा कारोबार […]

आगोमा जलेर महोत्तरीमा बालकको मृत्यु

१५ वैशाख, काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ मा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै […]

सेती नदीमा मोटरेबल पुल निर्माण सम्पन्‍न

१५ वैशाख, बझाङ । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा […]

पर्सामा थप एकजना संक्रमितको मृत्यु

१५ वैशाख, वीरगञ्ज । पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२७ की ६० वर्षीया महिलाको बुधबार बिहान १० बजेतिर मृत्यु भएको हो । ती महिलालाई बुधबार नै एन्टिजेन पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

टिपरको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु

१५ वैशाख, सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको बुधबार बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ । […]

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि

१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो । संक्रमण पुष्टिमा हुनेमा २०८ जना बाँकेका छन् […]

फेरि घर फर्किनेको लर्को (फोटो फिचर)

१५ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा, पसल र यातायात बन्द हुने भएपछि उपत्यका छाड्नेहरु बढेका छन् । कोरोना भाइरस संक्रमण बढेपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् भने उपत्यकाबाहिरका पनि धेरै जिल्लामा निषेधाज्ञा लगाउन थालिएको छ । काठमाडौंमा पढ्न, व्यवसाय गर्न, मजदुरी गर्न र रोजगारीका […]

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज–१७ की ३९ वर्षीया महिला र नेपालगञ्ज–१२ का ६५ वषीय पुरुषको मृत्यु भएको हो । ३९ वर्षीया महिलाको वैशाख ८ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट संक्रमण पुष्टि […]

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । कांग्रेसका एक नेताले केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताए । पछिल्लो राजनीतिक अवस्था र […]

कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, सुर्र्खेत । कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा दुई र दैलेखमा एकजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  । सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले […]

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

१५ वैशाख, काठमाडौँ । बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दैछ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित मन्त्रीपरिषद बिस्तारको तयारी गरिएको हो । बागमती प्रदेशका  मुख्‍यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेका छन् । मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे […]

गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए । ‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको […]

तङ्ग्रिन लाग्दा वैदेशिक रोजगारीमाथि अर्को संकट

१५ वैशाख, काठमाडौं । दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले नेपालप्रति कडा नीति […]

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो […]

सुनको भाउ तोलामा सात सयले घट्यो

१५ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ […]

निषेधाज्ञामा विमानस्थल आवतजावत गर्न साझा बसको सुविधा

१५ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो । सरकारले बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन […]

गण्डकीमा दलीय राजनीतिः कोरोना स्वार्थको हतियार, जनतालाई बेड न आईसीयू

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले यथार्थ बोले, ‘अस्पतालमा आईसीयू त छ तर त्यहाँ राखेर उपचार गर्नुपर्ने गम्भीर खालका कोभिडका बिरामी आए, निजीमा रिफर गर्नुपर्छ ।’ गौचनले प्रदेशको सरकारी अस्पतालको हालत बताइरहेका बेला गण्डकी प्रदेश सभामा सरकार सञ्चालन गरिरहेको दलले पीसीआर परीक्षण गर्नुपर्ने माग […]

नोबेल मेडिकल कलेजमा दुई संक्रमितको मृत्यु

१५ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको […]

सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

१५ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे […]

वीरगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको […]



from समाचार – Online Khabar https://ift.tt/3gL4B8j
via IFTTT
Powered by Blogger.