समाचार
१३ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताए । यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने बताए । एन प्याब्सन आवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत […]
१३ वैशाख, म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै […]
१३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि […]
१३ वैशाख, दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदी-बहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी […]
१३ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए […]
१३ वैशाख, कञ्चनपुर । बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना सामान्य […]
१३ वैशाख काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । चेन्नईमा आइतबार राति भएको खेलमा दिल्ली र हैदरावादले समान १५९ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट छिनोफानो भएको थियो । यस सिजन चौथो जित हात पारेको दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । टस जितेर […]
१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गरे ।
१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो । अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्यापिड टेस्ट किट लगायतका […]
१२ वैशाख पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता भएको अविश्वासको प्रस्तावले भोलि प्रदेशसभामा प्रवेश पाउने भएको छ ।अविश्वासको प्रस्तावमा उत्रिएका दलहरुको प्रदेशसभामा टुप्लुक्क बहुमत छ, तर कर्णालीमा जस्तै फ्लोर क्रसको डर उनीहरुमा देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ […]
१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने […]
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए । उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक […]
१२ चैत, काठमाडौं । पछिल्ला केही दिनमा निरन्तर बढेको कोरोना संक्रमणको तथ्यांकले सर्वसाधारणमा फेरि त्रास थपेको छ । आइतबार देशभर ३१२२ जनामा कोरोना संक्रमित भेटिँदा काठमाडौं उपत्यकामा १४९८ जनामा संक्रमण देखिएको छ । संक्रमण अत्यधिक बढेपछि स्वास्थ्य मापदण्ड पालनामा भने प्रधानमन्त्री, मन्त्री, ठूला नेतादेखि सर्वसाधारणसम्मले बेवास्ता गरेका छन् । काठमाडौंका सरकारी कार्यालयमा पनि स्वास्थ्य सुरक्षा […]
१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गए पनि क्वारेन्टिन, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र सामुदायिक आइसोलेसन सहित उपचार व्यवस्थाको तयारी फितलो छ । स्थानीय तहहरु सामान्य अवस्थाकै जसरी काम गरिरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (ईडीसीडी) र स्वास्थ्य सेवा विभागदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्मका संघीय निकाय भने स्थानीय तहहरुले नै […]
१२ वैशाख, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र […]
१२ वैशाख, काठमाडौं । नवलपरासीमा लामो समय लगाएर संरक्षण गरिएका ६९ वटा गिद्ध (जटायु) गत मंगलबार एकै दिन मारिए । जिल्लाको रामग्राम नगरपालिका–४ मा विष खुवाएर मारेका कुकुरहरूको सिनो फालेर एकै पटक यति धेरै संरक्षित गिद्धको प्राण हरण गरियो । संरक्षणकर्मीहरूका अनुसार, लोपोन्मुख डंगर प्रजातिका ३३ वटा, हिमाली प्रजातिका ३३, राज प्रजाति दुई र सानो […]
१२ वैशाख, काठमाडौं । २०७२ वैशाखमा करीब ९ हजार ज्यान लिने र ७ लाख ७३ हजार घरमा क्षति पुग्ने गरी विनाशकारी भूकम्प गएपछि धेरैलाई लागेको थियो– अब धेरै चिज बदलिन्छ । महीनौंसम्म परकम्पन आइरहँदा नेपाली समाजको मथिंगल हल्लिरहेकै थियो । महाभूकम्पपछिको गतिलो पाठ थियो– भूकम्पले मान्छे मार्दैन, मान्छेले बनाएको संरचनाले ज्यान लिन्छ । भूकम्पबाट जोगिने […]
१२ वैशाख, नेपालगञ्ज । बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप-विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा…मेरो मुटुको टुक्रा…’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो । उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस-पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा आफ्नो […]
१२ वैशाख, नेपालगञ्ज । १५० वेड, २०३ कोरोना संक्रमित भर्ना । अधिकांश संक्रमितको अवस्था जटिल । जटिल संक्रमित भएर आउने विरामीहरुको संख्या पनि उत्तिकै छ । कोभिड–१९ संक्रमणको हटस्पट बनेको बाँकेको भेरी अस्पतालको अवस्था यस्तै छ । सीमित संख्यामा रहेका स्वास्थ्यकर्मीहरुले आफ्नो बुताले भ्याएसम्म उपचार दिने प्रयास गरेका छन् । तर संक्रमण अझ बढिरहेकाले अस्पतालले […]
१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिश गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि […]
१२ वैशाख, काठमाडौं । बर्दियामा सोमबारदेखि लागू हुने गरी लकडाउन गरिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो । स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ । अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा […]
from समाचार – Online Khabar https://ift.tt/32LNNFQ
via IFTTT





















