समाचार
१६ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कोरोना परीक्षण गराउन आएका ४ जनामध्ये औसत ३ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ । अस्पतालको तथ्यांकअनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म ३३८० जनाको नमुना परीक्षण गर्दा २५१६ जनामा संक्रमण पुष्टि भएको हो । यो भनेको संक्रमणदर ७४.४४ प्रतिशत हो । यसरी हेर्दा औसतमा कोरोना परीक्षणका […]
१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर १ हजार भाइल खरिद गर्ने भएको छ । कोरोना नियन्त्रणबारे उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको हो । संक्रमितका लागि सबै भन्दा महत्वपूर्ण औषधी मानिएको रेम्डिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य […]
१६ वैशाख, नेपालगञ्ज । ‘बेस्सरी घाँटी दुखेको छ, खै कसरी कुरा गर्नु ?’ उनले आफ्नो स्वास्थ्य समस्या सुनाइन् । सात दिनदेखि निरन्तर २४ घण्टे ड्युटीमा रहेकी उनलाई ज्वरो आउन थालेको दुई दिन भएको थियो । मंगलबार बिसाउने पालो भए पनि आईसीयू बाहिर बेडको प्रतीक्षामा रहेका बिरामीको हेरचाह गर्ने जिम्मा उनको काँधमा आएको थियो । उनी […]
१६ वैशाख, काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी जिल्लाभर निषेधाज्ञा छ । त्यस्तै बागलुङ, कालीकोट र बर्दियामा आंशिक […]
१६ वैशाख, गण्डकी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग […]
१६ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा दोलखाकी बस्नेत एक्ली महिला मन्त्री हुन् । तीन वर्षअघि गठित पौडेल नेतृत्वको सरकारमा पुरुष मन्त्री मात्रै थिए । लैङ्गिक हिसाबले बस्नेत पहिलो र एक्ली महिला मन्त्री बने पनि मन्त्रिपरिषद् पूरै असमावेशी छ । एमाले र […]
१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं […]
१६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् । बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो । नेता महतोले […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ । बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट […]
१६ वैशाख, सल्यान । बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको […]
१६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका उनको सचिवालयले जनाएको छ । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका […]
१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, […]
१६ वैशाख, काठमाडौँ । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर […]
१६ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित सङ्क्रमणको जोखिमलाई […]
१६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष […]
१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड तयार गरिसकेको छ । यस्तै १२ वटा आईसीयू बेड तयार भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. […]
१६ बैशाख, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट लागूऔषधसहित बिहीबार दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट लागूऔषध ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीलाई हेरेपछि भाग्दै गरेका मोटरसाइकलको पिछा गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा भारतबाट आउँदै गरेको दुई जना […]
१६ वैशाख, काठमाडौं । देशभर अझै ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँगको सहकार्यमा गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षभित्रका बालबालिकामध्ये १५.३ प्रतिशत जनसंख्या बाल श्रमिकका रुपमा रहेको देखाएको छ । यो उमेर समूहभित्र ७० लाख जनसंख्यामध्ये ११ लाख बाल श्रमिकका रुपमा पहिचान भएका छन् । […]
१६ वैशाख, काठमाडौं । कोरोना त्रासका बीच ‘क’ वर्गका बैंकहरुले राम्रो खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो ५ अर्ब भन्दा धेरै रकम हो । गत […]
१६ वैशाख, काठमाडौं । बाँकेमा बिहीबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना गरी कुल ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ५ जना, कैलालीका दुई जना र बर्दियाका […]
from समाचार – Online Khabar https://ift.tt/2PCXGmy
via IFTTT