समाचार
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् । केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् । गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत […]
१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने […]
१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत बर्दियाका एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका–४ का ५६ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना […]
१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]
१२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँकेको कोहलपुर –१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ४ गते उनको पीसीआर परीक्षण […]
१२ वैशाख, मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौंडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारी साधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौंडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा […]
१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]
१२ वैशाख, काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका […]
१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, […]
११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ । युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय […]
१० वैशाख, काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए । अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा स्थिर रूपमा अक्सिजन दिनुपर्थ्यो । यस्तो दुःखद् घटना दिल्लीका […]
१२ वैशाख, काठमाडौँ । औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विभागमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएको विभागका प्रवक्ता सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ८ जना होम आइशोलेशनमा बसेका छन्। यस्तै औषधि पसल नवीकरणबाहेकका सबै सेवा अवरुद्ध भएका छन् ।
१२ वैशाख, काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निष्कर्ष निकालेको छ । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् । बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको […]
१२ वैशाख, काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्याँसको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्याँस आयात हुने मुलुक भारतमा कोभिड महामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ । गत वर्ष ग्याँस भर्न […]
१२ वैशाख, चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । […]
१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल […]
१२ वैशाख, काठमाडौं । होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न व्यवसायीले आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले होटेल परिसरबाट अतिआवश्यक काम नपरेसम्म बाहिर नजान आग्रह गरेका छन् । होटेलमा बसेका भारतीय नागरिक तथा अन्य मुलुकका नागरिकसमेत स्वतःस्फूर्त होटेलबाट निस्कने गरेको गुनासो बढेपछि हानले सचेत गराएको हो । […]
१२ वैशाख, काठमाडौं । हिमाल आरोहणका दौरान खटिएका सबै सम्पर्क अधिकृतलाई फिल्डमा जान पर्यटन विभागले आग्रह गरेको छ । विभिन्न बाहनामा तोकिएको हिमालको आधार शिविरसम्म नपुगी फर्कने प्रवृत्ति सम्पर्क अधिकृतमा रहेको भन्दै विभागले यस्तो आह्वान गरेको हो । अहिले सगरमाथासहितका हिमालमा सयौं आरोही र उनीहरुका सहयोगी पुगिसकेका छन् । ती आरोहीको निगरानी र सरकारी संयन्त्रका […]
१२ वैशाख, नेपालगञ्ज । बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप-विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा…मेरो मुटुको टुक्रा…’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो । उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस-पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा आफ्नो […]
१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना […]
२०७२ साल वैशाख १२ गते आजैको दिन विनाशकारी भूकम्प गयो । गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले ठूलो जनधनसँगै ८९१ साना एवं ठूला सम्पदाहरूमा पनि क्षति पुर्यायो । त्यसमध्ये दुईतिहाइ सम्पदाको पुनर्निर्माण अझै सम्पन्न भएको छैन । कैयौं सम्पदा पुनर्निर्माण भए त कैयौं हुँदैछन् । निर्माण सम्पन्न हुनेमा पनि ठेकेदारले पुनर्निर्माण गरिरहेकाभन्दा उपभोक्ता समितिले […]
from समाचार – Online Khabar https://ift.tt/3xnuYag
via IFTTT






















