समाचार
१६ वैशाख, काठमाडौं । सुनसरीमा सर्वसाधारणलाई अत्यावश्यक काम नगरी घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । त्यस्तै औषधी र स्वास्थ्य सामग्रीकाबाहेक अरु पसल विहान ६ देखि ११ बजेसम्म मात्र खोल्न पाइने नियम बनाइएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो […]
१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था […]
१६ वैशाख, काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ […]
१६ वैशाख, कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७: ३० बजे मृत्यु भएको हो । उनलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका-७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ […]
१६ वैशाख, वीरगञ्ज । तराईको गर्मी चर्कंदो छ । त्यसैमाथि रापिलो बतास । मौसमसँगै बदलिएको परिस्थितिले होला परवेज आलमको ओठ तालु सुकेको देखिन्छ । भारत रक्सौलका परवेज आलमको काँधमाथि सानो छोरा छन् । ठूलो छोरा र श्रीमती पनि सँगै । श्रीमतीको पनि थाप्लोमा झोला छ । निषेधाज्ञाका कारण उनीहरू सपरिवार वीरगञ्जबाट रक्सौलतिर पैदल गइरहेका छन् […]
१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिइन् । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका […]
१६ वैशाख, सुर्खेत । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य मौसम […]
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]
१६ वैशाख, सुर्खेत । निषेधाज्ञाका बेला अनावश्यक हिँडडुल गर्ने सुर्खेतमा १ हजार ७८ जना कारबाहीमा परेका छन् । बुधबारदेखि लागू निषेधाज्ञाको उल्लंघन गर्दै बिना काम सडकमा निस्किएको आरोपमा १ हजार ७८ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुधबारदेखि बिहिबार दिउँसोसम्म निषेधज्ञा अवज्ञा गरि […]
१६ वैशाख, काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरे । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच […]
१६ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो […]
१६ वैशाख, रौतहट । रौतहटमा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि भयो । रौतहटका सबै संक्रमित अहिले घरमै आइसोलेट भएर बसेका छन् । संक्रमण उच्च दरमा बढिरहँदा पनि रौतहटमा नियन्त्रणको तयारी भने शून्यप्रायः […]
१६ वैशाख, काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल […]
१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट अप्रिल महिनाको अन्तसम्म ल्याउने र थप ५० लाख डोज खोप खरिदका लागि सेरम इन्स्टिच्युटसँग सम्झौता गर्ने तयारीमा सरकार थियो […]
१६ वैशाख, विराटनगर । कोरोना महामारीकाबीच आकाशेपुल शिलान्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् । बुधबार बेलुका आकाशेपुल शिलान्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश-१ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् । बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास […]
१५ वैशाख, काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक […]
१६ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने छन् । तर, यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट पि्रपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ । त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ । विमानस्थल कार्यालयका […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ । कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ […]
१६ वैशाख, काठमाडौं । नयाँ पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति (लाइसेन्स) दिनका लागि नियामक निकाय बिमा समितिले आवेदन खुला गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै समितिले प्रस्ताव आवेदन आह्वान गरेको हो । हाल मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । कम्तिमा दुई वटा पुनर्बिमा कम्पनी आवश्यकता परेको भन्दै समितिले आवेदन खुला गरेको हो […]
१६ वैशाख, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3u4YPCn
via IFTTT