समाचार
१३ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा पुरानो मदरसा भत्काउने क्रममा एकजना मजदूरको च्यापिएर मृत्यु भएको छ । सम्सी गाउँपालिका २ पर्सास्थित पुरानो मदरसा भत्काउने क्रममा मजदूर स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार पुरानो मदरसा भत्काउने क्रममा खसेको भवनमै च्यापिएर उनको घटनास्थमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले […]
१३ वैशाख, धनगढी । स्थानीय प्रशासनले भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनले दुवै जिल्लामा किनमेल लगायतका […]
१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था […]
धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले […]
१३ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार मात्रै देशभर ३५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख […]
१३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ । सोमबार मात्रै प्रदेशमा ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य […]
१३ वैशाख, विराटनगर । सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना […]
१३ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । संघका अध्यक्ष […]
१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ । चीनमा विकास भएको खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो महिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने […]
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) […]
१३ वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण देशका […]
१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]
१३ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन । सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार […]
१३ वैशाख, काठमाडौँ । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ […]
१३ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा झण्डै ४६ करोड किलो तरल अक्सिजन आयात भएको पाइएको छ । भारत अमेरिका, चीन लगायतका मुलुकबाट पछिल्लो तीन वर्षमा उक्त परिमाणको अक्सिजन आयात भएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्षमा २०७५/७६ देखि चालु आवको १० महिनासम्म ३४ करोड ४७ लाख रुपैयाँ बराबरको ४५ करोड ९९ लाख […]
१३ वैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई विदेश जान आइतबारसम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । यसअघि मन्त्रालयले आइतबार कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो । निर्णय सच्याउँदै सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र एयर […]
१३ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर […]
१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ । खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत […]
१३ वैशाख, सुर्खेत । एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा […]
१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल । बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको […]
१३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । अनलाइनखबरले भेरी अस्पतालका चिकित्सकहरु ‘भयावह स्थितिको सामना गर्न नसक्ने अवस्थामा रहेको’बारे आइतबार स्थलगत रिपोर्टिङ प्रकाशन गरेको थियो […]
from समाचार – Online Khabar https://ift.tt/3aDqWRa
via IFTTT