Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वागमती प्रदेश सरकार पुनर्गठन : जनजाति बाहुल्य प्रदेशमा जनजातिलाई नै उपेक्षा

१६ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा दोलखाकी बस्नेत एक्ली महिला मन्त्री हुन् । तीन वर्षअघि गठित पौडेल नेतृत्वको सरकारमा पुरुष मन्त्री मात्रै थिए । लैङ्गिक हिसाबले बस्नेत पहिलो र एक्ली महिला मन्त्री बने पनि मन्त्रिपरिषद् पूरै असमावेशी छ । एमाले र […]

पासविना चलेका गाडी सडकमै होल्ड : कसैको आक्रोश, कसैको अनुनय

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ । कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ […]

धरौटी बुझाएर छुटे विप्लव समूहका नेता माइला लामा

१६ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् । उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो […]

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

१६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट […]

अस्पतालबाट खिमविक्रमको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिवद्ध छु

१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]

४ जनामध्ये ३ जनामा कोरोना संक्रमण !

१६ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कोरोना परीक्षण गराउन आएका ४ जनामध्ये औसत ३ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ । अस्पतालको तथ्यांकअनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म ३३८० जनाको नमुना परीक्षण गर्दा २५१६ जनामा संक्रमण पुष्टि भएको हो । यो भनेको संक्रमणदर ७४.४४ प्रतिशत हो । यसरी हेर्दा औसतमा कोरोना परीक्षणका […]

नवनियुक्तमन्त्री मनाङ्गे भन्छन् : यो सरकारको काम छैन, दुई हप्तामै जानसक्छ

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकार दुई सातामै जानसक्ने बताएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको उनले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएका थिए, जसमा मनाङ्गेलाई नियुक्त गरिएको छ । शुक्रबार सपथ लिएका […]

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

१६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष […]

प्रदेश २ सरकारले १ हजार भाइल रेम्डिसिभिर खरिद गर्ने

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर १ हजार भाइल खरिद गर्ने भएको छ । कोरोना नियन्त्रणबारे उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको हो । संक्रमितका लागि सबै भन्दा महत्वपूर्ण औषधी मानिएको रेम्डिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य […]

सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, […]

‘राजनीतिमा अपराधीकरणको चरम रुप’

१६ वैशाख, काठमाडौं । २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्ग । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो । पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको […]

सेनालाई लेखा समितिको पत्र- फास्टट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्नू

१६ वैशाख, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । यसअघि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ‘रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन […]

लुम्बिनीका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र, के हुन्छ पदमुक्त गर्ने सूचना ?

१६ वैशाख, काठमाडौं । नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेखे । ६ सदस्यीय संसदीय दललाई स्वायत्तता दिई प्रदेशसभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको र त्यसलाई मान्यता दिइने भन्दै उनले लेखेको पत्रमा भनिएको छ, […]

कैलालीमा श्रीमती बिरामी, काठमाडौंमा आँशु बगाउँदै लक्ष्मीप्रसाद

१६ वैशाख, काठमाडौं । स्थान : कलंकी, बाबा पेट्रोल पम्प छेउ । समयः दिउँसो साढे १२ बजे । सडक किनारमा एक अधवैंशे पुरुष टुक्रुक्क बसेका छन् । छेउमा दुईवटा जेब्रा झोला र एउटा प्लाष्टिकको बोरा छ । तिनमा केही लुगाफाटा पोको पारेका छन् । घरि यता, घरि उता गरिरहन्छन् । झोला देखेरै उनको बेचैनीको कारण […]

१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

१६ वैशाख, काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी जिल्लाभर निषेधाज्ञा छ । त्यस्तै बागलुङ, कालीकोट र बर्दियामा आंशिक […]

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग

१६ वैशाख, गण्डकी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग […]

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं […]

लुम्बिनीका सांसद हटाउनु फर्जी काम हो : राजेन्द्र महतो

१६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् । बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो । नेता महतोले […]

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ । बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट […]

बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

१६ वैशाख, सल्यान । बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको […]

उपप्रधानमन्त्रीसँगको भेटमा धुर्मुसले भने : बल्ल सरकार छ भन्ने महसुस भयो

१६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका उनको सचिवालयले जनाएको छ । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना […]



from समाचार – Online Khabar https://ift.tt/2QI2o2P
via IFTTT
Powered by Blogger.