Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको […]

सरकारले चलाएका उद्योग–व्यवसाय निजीकरण गर्न माग

१२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चलाइरहेका उद्योग–व्यवसाय आवश्यक मोडालिटी अपनाएर निजीकरण गर्न माग गरेको छ । आगामी बजेट र आर्थिक ऐनबारे सरकारलाई सुझाव दिँदै महासंघले यस्तो माग गरेको हो । निर्यात वृद्धि र आयात प्रतिस्थापनको सम्भावना भएका वस्तुको पहिचान सरकार र निजी क्षेत्रको सहकार्यमा हुनुपर्ने भन्दै महासंघले सरकारी उद्योग वा व्यवसायको […]

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१२ वैशाख, धनगढी । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो अजयमेरु गाउँपालिका-१ इरानी खोलामा से २ च १४७२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगा नगरपालिका–१ का २८ वर्षीय प्रेम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्रयाक्टरमा सवार पवन सिजापती घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा […]

सुदूरपश्चिमका अस्पतालमा जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर थन्किए

१२ वैशाख, धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीया पुरुष गत चैत २९ गते भारतबाट घर फर्किएका थिए । भारतको तमिलनाडुमा रोजगारी गर्दै आएका उनी दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण तीव्र बनेका कारण जोगिन घर फर्किएका थिए । वैशाख १ गते जिल्ला अस्पताल सिमखेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसिरहेका थिए […]

गुल्मीका कोरोना संक्रमितको भैरहवामा मृत्यु

१२ बैशाख, बुटवल । गुल्मीको पिपलधाराका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गुल्मीको पिपलधाराका ४१ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा आइतबार बिहान मृत्यु भएको हो । सशष्त्र प्रहरीका सेवानिवृत्त उनी भारतमा सेक्युरिटी गार्डको रोजगारीमा थिए । भारतमै कोरोनाका लक्षण देखिएपछि नेपाल फर्केका उनमा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले कर्मचारी र बिचौलियासहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ जना विद्यार्थी छन् । एकजना विचौलिया र अर्का एक विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । प्रश्नपत्र आउट प्रकरणमा विराटनगर महानगरपालिका–८ का […]

प्रदेश-२ मा मास्क नलगाउनेसँग ३ लाख ५२ हजार राजस्व संकलन

१२ वैशाख, जनकपुरधाम। कोरोनाको दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि खटेको प्रहरीले प्रदेश-२ बाट मास्क नलगाउने ३ हजार भन्दा बढी व्यक्तिसँग जरिवाना संकलन गरेको छ । प्रदेशको ८ वटै जिल्लाबाट मास्क नलगाउने ३ हजार ५ सय २४ जनालाई रु. १ सयका दरले जरिवाना तिराइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । उनीहरुलाई संक्रामक रोग निवारण […]

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : वैशाख २४ गते उम्मेदवारी दर्ता

१२ वैशाख काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आइतबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने […]

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

१२ वैशाख, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–८ भवानचुलीका २४ वर्षीय विजय भन्ने आयुष मोक्तान छन् । उनले काभ्रे पाँचखालका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा […]

स्वास्थ्य मन्त्रालयले भन्यो–ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगराउनू

१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न भनेको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएक कुनै […]

सुरिया ल्याबले ‘पोजिटिभ स्वाब’ लिएर ‘नेगेटिभ’ नतिजा दिएको भेटियो : प्रहरी

१२ वैशाख, काठमाडौं । सिनामंगलको सुरिया हेल्थ केयरले कोभिड–१९ भाइरसको पोजिटिभ स्वाब परीक्षण गरेर नेगेटिभ रिपोर्ट दिएको पाइएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले चलाएको विशेष अपरेशनमा नेगेटिभ रिपोर्ट प्राप्त चारजनाको भनेर परीक्षण गराइएको स्वाब पुनः जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रहरीले जनाएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला […]

टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुई बालिकाको मृत्यु

१२ वैशाख, बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो । […]

रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली

१२ वैशाख, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो । […]

कोभिडको असर आपूर्ति व्यवस्थामा पर्न नदिन वाणिज्य मन्त्रालयले थाल्यो तयारी

१२ वैशाख, काठमाडौं । भारतमा गहिरिएको कोभिड–१९ असरले नेपालको आपूर्ति व्यवस्थामा हालसम्म असर नपरेको जानकारी सरकारलाई निजी क्षेत्रले गराएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए । […]

कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु, ३१२२ संक्रमित

१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० […]

उपत्यकामा एकैदिन १४ सय जना कोरोना संक्रमित

१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य मन्त्रालयले भन्यो : यही गतिमा कोरोना फैलिए अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन

१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् । ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही […]

बाँकेमा कोरोना तथ्यांक : ११ दिनमा २७ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो । वैशाख १–४ गतेसम्म प्रत्येक दिन एक/एकजना संक्रमितको […]

जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा तोडफोड

१२ वैशाख, जनकपुरधाम । बिरामीको मृत्युको विषयलाई लिएर आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ । धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको समूहले  हस्पिटलमा तोडफोड गरेको हो । घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा […]

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]

कैलालीमा २४ घण्टामा थपिए १५ जना कोरोना संक्रमित

१२ वैशाख, धनगढी । कैलालीमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार धनगढी उप–महानगरपालिकाका ५ महिला र ९ पुरुष गरेर १४ जना तथा गोदावरी नगरपालिकाका एक पुरुषमा कोरोना […]



from समाचार – Online Khabar https://ift.tt/2R06CT5
via IFTTT
Powered by Blogger.