समाचार
१६ वैशाख, काठमाडौं । बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरका अनुसार उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेका हुन् । ‘मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्ड गराएका छौं, मास्क पनि वितरण गरेका […]
१६ वैशाख, काठमाडौं । डडेलधुरा अस्पतालको कोभिड आइसोलेसनमा जनशक्तिको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । तीव्र रुपमा कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालमा भएका जनशक्ति पनि संक्रमित भएर आइसोलेसनमा बस्नु पर्दा उपचारमा समस्या आएको अस्पतालकी नर्सिङ अधिकृत मनकेशरी महर्जनले अनलाइनखबरलाई जानकारी दिइन् । ‘प्यारामेडिक्ससहित ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । जसमध्ये एकजना […]
१६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जना काेराेना संक्रमितकाे मृत्युु भएकाे छ । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीकाे घाेडाघाेडी नगरपालिका- १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका-२ का ३३ वर्षीय पुरूषकाे मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार अस्पताल भर्ना […]
१५ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ । महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ । मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले […]
१६ वैशाख, भोजपुर। ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आजबाट सुरु भएको निषेधआज्ञाको समयमा आलोपालो प्रणालीमा गर्ने, घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज बनाउने निर्णय गरेको […]
पोहोर जस्तै कोभिड–१९ सबैतिर फैलियो । आम जनसमुदायमा तत्काल कोरोनाले सिकिस्त बिरामी भए के गर्ने, बन्दाबन्दीमा खानेकुराको जोहो कसरी गर्ने, मेरो काम के हुन्छ ? केटाकेटीको पढाइ के होला ? विदेश हुनेको काम के होला ? यो सबै कहिलेसम्म भइरहने होला ? यस्ता प्रश्नले हामीलाई आतंकित बनाउँदै लगेको छ । बन्दाबन्दीको त्रासमा अरू कुरासँगै खानेकुरा […]
१६ वैशाख, मोरङ । विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ९ गते सोमबार अस्पताल भर्ना भएका सप्तरीका २४ वर्षीय संक्रमित पुरुषको दिँउसो १२: १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । ती संक्रमित पुरुष सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ […]
१६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् । आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय […]
१६ वशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ती संक्रमित महिला सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले […]
१६ वैशाख, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको […]
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा भएको शाहीको अनुपस्थितिलाई रहस्यमय भनेको छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । पछि उनी […]
१६ वैशाख, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन ग्यासको खपत ह्वात्तै बढेको छ । भारतमा अक्सिजन अभावको समाचार आइरहँदा नेपालमा पनि सिलिण्डर ‘होल्ड’ गर्न थालिएको छ । कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासका अनुसार केही दिन यता विराटनगरमा धेरैले सिलिण्डर होल्ड गरेका छन् । अक्सिजन अभाव हुनसक्ने त्रासले सिलिण्डर होल्ड भएको हो । तर […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् । निषेधाज्ञासँगै भित्री सडकहरुमा […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि […]
१६ वैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो । वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय […]
१६ वैशाख, बुटवल । रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र […]
१६ वैशाख, काठमाडौं । मानव जातिलाई चन्द्रमामा पुर्याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने […]
१६ वैशाख, काठमाडौं । अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु […]
१५ वैशाख, काठमाडौं । सरकारले वैशाख ९ गते मन्त्रिपरिषद्मार्फत ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’का लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गर्यो । ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने […]
from समाचार – Online Khabar https://ift.tt/32W3VVF
via IFTTT