Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

१६ वैशाख, सल्यान । बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको […]

उपप्रधानमन्त्रीसँगको भेटमा धुर्मुसले भने : बल्ल सरकार छ भन्ने महसुस भयो

१६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका उनको सचिवालयले जनाएको छ । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना […]

निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका […]

हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

१६ वैशाख, काठमाडौँ । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर […]

कोरोना देखिएपछि गाउँपालिका बन्द

१६ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित सङ्क्रमणको जोखिमलाई […]

कोरोना संक्रमितको उपचार गर्न बेड तयार पार्दै जनकपुर प्रादेशिक अस्पताल

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड तयार गरिसकेको छ । यस्तै १२ वटा आईसीयू बेड तयार भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. […]

नेपालमा ११ लाख बालश्रमिक, कर्णालीमा सबैभन्दा धेरै

१६ वैशाख, काठमाडौं । देशभर अझै ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँगको सहकार्यमा गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षभित्रका बालबालिकामध्ये १५.३ प्रतिशत जनसंख्या बाल श्रमिकका रुपमा रहेको देखाएको छ । यो उमेर समूहभित्र ७० लाख जनसंख्यामध्ये ११ लाख बाल श्रमिकका रुपमा पहिचान भएका छन् । […]

कोरोनाको त्रासकाबीच बैंकहरुले कमाए ५० अर्ब नाफा, नबिल पहिलाे हुँदा सेन्चुरी कमजोर

१६ वैशाख, काठमाडौं । कोरोना त्रासका बीच ‘क’ वर्गका बैंकहरुले राम्रो खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो ५ अर्ब भन्दा धेरै रकम हो । गत […]

२४ घण्टामा सुदूरपश्चिमका ११ जना संक्रमितको मृत्यु

१६ वैशाख, धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचारत ५ जना, महाकाली अस्पतालमा उपचाररत ३ जना, अछाम, बझाङ र कैलालीको होम आइसोलेसनमा बसेका एक/एक जना गरेर ११ जना संक्रमितको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पाँच दल दर्ता

१६ वैशाख, काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि एमालेलाई सूर्य चिह्न […]

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

१६ वैशाख, कैलाली । बर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने लिल बहादुर बुढाका छोरा १० वर्षीय टंक बहादुर बुढाको सोही ठाउँस्थित कांडा नदीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा : अलिअलि निद्रा चाहिं लागिरा’छ

१६ वैशाख, पोखरा । दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । शपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गरे । युवा तथा खेलकुद किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, […]

झण्डै २१ लाखले लगाए कोरोना खोप

१६ वैशाख, काठमाडौं । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ […]

पासविना चलेका गाडी सडकमै होल्ड : कसैको आक्रोश, कसैको अनुनय

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ । कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ […]

नेशनल मेडिकल कलेजले संक्रमितको उपचार गर्न शुरु गर्‍यो

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचार सेवा शुरु गरेको छ । बाबा होटललाई अस्थायी कोरोना अस्पताल बनाएर गत वर्ष जस्तै गरी कलेजले संक्रमितलाई उपचार सेवा दिन शुरु गरेको हो । १७२ बेडको कोरोना अस्पताल बनाएर संक्रमितको उपचार शुरु गरिएको नेशनल मेडिकल कलेजले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा ६ वटा […]

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

१६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट […]

सुनसरीमा घरबाहिर निस्कन प्रतिबन्ध, सवारी साधनमा जोरविजोर

१६ वैशाख, काठमाडौं । सुनसरीमा सर्वसाधारणलाई अत्यावश्यक काम नगरी घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । त्यस्तै औषधी र स्वास्थ्य सामग्रीकाबाहेक अरु पसल विहान ६ देखि ११ बजेसम्म मात्र खोल्न पाइने नियम बनाइएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो […]

उपत्यकामा थप १५६१ जनामा कोरोना संक्रमण पुष्टि

१६ वैशाख, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् । बिहीबार मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ […]

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनको सपथ सवा ५ बजे हुनेछ । गुण्डा नाइकेको रुपमा चिनिनि मनाङ्गे मनाङबाट स्वतन्त्र […]

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था […]

निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

१६ वैशाख, काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ […]



from समाचार – Online Khabar https://ift.tt/331fUB3
via IFTTT
Powered by Blogger.