समाचार
१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान सरकारले गरेको छ । शुक्रबार आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो । चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमणका […]
१७ वैशाख, बर्दिया । कोरोना भाइरस सङ्क्रमित भइ जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको […]
१७ वैशाख, सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा […]
१७ वैशाख, धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते […]
१७ वैशाख, सुर्खेत । नेकपा एमाले दैलेखले समानान्तर कमिटी गठन गरेको भन्दै माधव नेपाल समूहका ४ जना प्रदेश कमिटी सदस्यलाई कारवाही गर्न सिफारिस गरेको छ । पार्टी अध्यक्ष रवीन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले नेपाल समूहकै १५ जना जनप्रतिनिधि र अन्य तल्लो तहका संगठनमा आवद्ध कार्यकर्ताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । गत सोमबार […]
१७ वैशाख, सुर्खेत । रुकुम पश्चिममा वैशाख १९ गते आइतबार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । जिल्लामा संक्रमितको संख्या बढिरहेकाले […]
१७ वैशाख, धनगढी । धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए […]
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको बताएका छन् । शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको बताएका हुन् । ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम […]
१७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको […]
१७ वैशाख, मुस्ताङ । मुस्ताङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मुस्ताङ घरपजोड गाउँपालिका-४ की ७२ वर्षीया महिलाको १६ गते बेलुका उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ । उनी उच्च रक्तचाप, मधुमेहको रोगी थिइन् । योसँगै मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।
१७ वैशाख, गोरखा । गोरखामा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टारमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन् । जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन् । तर, अपानि मार्फत् कुशवाह र चौधरी दुवै जना इन्चार्ज भएको जानकारी दिइएको छ । ‘जिल्लामा एउटै […]
१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । नविल र युनाइटेडबीच प्राप्तिसम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नविलका तर्फबाट मर्जर समिति संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर समिति संयोजक मनिष खेम्काले हस्ताक्षर गरे । नविल बैंक स्रोतका अनुसार सेयर स्वाप रेसियो १००ः३५ […]
१७ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा निजी अस्पताल पनि तयार भएका छन् । कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालसहितका अन्य १० निजी अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयबीच शुक्रबार कोरोना संक्रमितको उपचार गर्न सहमति भएको हो । निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले प्रदेश सरकारसँगको सम्झौताअनुसार […]
१६ वैशाख, काठमाडौं । नखिपोट, ललितपुरकी उषा राई कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको तीन दिन भयो । उनलाई ज्वरो आउनुका साथै खोकी लाग्ने, घाँटी देख्ने, आँखा पोल्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको छ । गत वर्ष पनि उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला संक्रमित भएको २४ घण्टाभित्रै महानगरपालिका र वडा कार्यलयले फोन गरेर स्वास्थ्य […]
१७ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । […]
१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको […]
१७ वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, […]
१७ वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सचिव दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । उनले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश आधारहीन र प्रमाणहीन हुनुका साथै उक्त आदेशका कारण आफ्नो संविधान प्रदत्त मौलिक हकमा आघात पुगेको […]
१७ वैशाख, काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ । सेरम […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशको प्रदेश कमिटी विस्तार गरेर १४७ सदस्यीय बनाएको छ । कर्णाली प्रदेश संगठन कमिटीका इन्चार्ज, सहइन्चार्जहरु, अध्यक्ष तथा सचिवद्वारा प्रस्तुत नामावलीलाई पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको प्रदेश कमिटीका सचिव धर्मराज रेग्मीले जानकारी दिए । वैशाख १३ गते महासचिव ईश्वर पोखरेलले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कर्णाली […]
from समाचार – Online Khabar https://ift.tt/3e2CXlw
via IFTTT