समाचार
१५ वैशाख, काठमाडौं । सरकारले वैशाख ९ गते मन्त्रिपरिषद्मार्फत ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’का लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गर्यो । ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने […]
१५ बैशाख, काठमाडौँ । आज साँझदेखि महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ । बैशाख […]
१५ वैशाख, वीरगञ्ज । ज्वरो र खोकीका साथै सास फेर्न गाह्रो भएपछि बाराको सुवर्ण गाउँपालिका- ७ की ३० वर्षीया महिला दुई दिनअघि नारायणी अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकहरुका अनुसार अक्सिजन दिँदा पनि स्याचुरेसन लेभल ८८/९० भन्दा बढेको थिएन । एकदमै छिटो सास फेरिरहेकी थिइन, ३२ देखि ३६ प्रतिमिनेट । जबकी वश्यक व्यक्तिको श्वासप्रश्वास प्रति […]
१५ वैशाख, काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले […]
१५ वैशाख, काठमाडौं । बालाजुको न्यू थापा किराना स्टोरमा सोमबार साँझ खाद्यान्न किन्ने ग्राहकको घुइँचो थियो । खाद्य सामग्री बिक्री स्टोरको लाइनमा लागेकी थिइन् सर्लाही स्थायी घर भएर सोही ठाउँमा डेरा गरी बस्ने शर्मिला पौडेल । झमक्क साँझ पर्दै गर्दा उनले किराना पसलबाट एक बोरा चामल, चार किलो दाल, दुई किलो गेडागुडी, एक किलो लुगा […]
१५ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन् । वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ । तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्दा भने फिर्ता भएको छैन । किन फिर्ता हुन सकेन रेशम […]
१५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा शुरु गरिएको छ । नि:शुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधिको पनि नि:शुल्क सेवा शुरु गरेको हो । महानगरपालिकासँग एउटा एम्बुलेन्स र शववाहन समेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो । यसपटक महानगरपालिकाले ३१ लाख […]
१५ वैशाख, काठमाडौं । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पको समयमा जब घर छाडेर खुला चौरमा बस्नुपर्यो, धेरैले खुला स्थानको महत्व बुझे । त्यहीबेलादेखि शहरको मुख्यभागमा अवस्थित टुँडिखेलका साथै अरु सार्वजनिक स्थानलाई अतिक्रमणमुक्त बनाउनुपर्ने आवाज पनि चर्कोसँग उठ्यो । अभियन्ताहरुले ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसबारे चासो देखाएपनि त्यसले मूर्त रुप […]
१५ वैशाख, काठमाडौं । ‘सुई लगायो भने कोरोना लाग्दैन भनेर छोराले ल्याएको’ ५० वर्षीय जनमाया श्रेष्ठ कोरोना संक्रमणविरुद्धको खोप लगाउनेको लाइनको बीचमा चप्पल बिछ्याएर बसेकी थिइन् । बुधबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेकी जनमाया तीन घन्टा उभिएपछि थकाइ लागेर भुइँमा बसेकी थिइन् । कोरोनाभाइरस संक्रमणबाट धेरै मानिसको मृत्यु भएको सुनेर उनी भक्तपुरदेखि खोप […]
१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा पनि रेमिट्यान्स कम्पनीहरु खुलै रहने भएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । अत्यावश्यक सेवा भएका कारण बैंक तथा बिमा कम्पनीहरु समेत निषेधाज्ञामा खुला हुनेछन् । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनीहरुले पनि निषेधाज्ञामा सेवा दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । […]
१५ वैशाख, काठमाडौं । दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले नेपालप्रति कडा नीति […]
१५ वैशाख, काठमाडौँ । संसदीय समितिले बुधबार वीर र पाटन अस्पतालको अनुगमन गरेको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले बुधबार वीर अस्पताल र पाटन अस्पतालमा अनुगमन गरी कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत […]
१५ वैशाख, काठमाडौं । कोरोना महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राज्यका निकायहरुबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कोभिड–१९ ले सिर्जना गरेका समस्याबारे छलफल तथा समाधानका उपायका विषयमा राष्ट्रिय महिला आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले महामारीको समयमा लैङ्गिक हिंसा रोक्नु चुनौतीको विषय भएको बताए । छलफलमा राष्ट्रिय मानव अधिकार […]
१५ वैशाख, काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार परीक्षण गरिएका मध्ये ६०.६९ प्रतिशतमा संक्रमण देखिएको हो । […]
१० असार, काठमाडौं । ललितपुरमा बुधबार रातो मछिन्द्रनाथकाे मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको छ । हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइएको छ । मछिन्द्रनाथलाई स्नान गराउने दिन सयाैं मानिस सहभागी भएका छन् […]
१५ वैशाख, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका चिकित्सकलाई सम्पर्क गर्न अनुरोध […]
१५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कुलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दाबी गरेको छ । उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दाबी गर्दै विद्यालय प्रशासनले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ । कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभाको वैशाख […]
१५ वैशाख, काठमाडौं । नेपाल स्काउटले ७५३ वटै स्थानीय तहमा स्काउट समिति गठन गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी संघीय संरचनाअनुसार सबै स्थानीय तहमा समिति गठनको घोषणा गरिएको छ । नवगठित समितिले नोवेल कोरोना भाइरस (कोभिड–१९) जस्ता महामारी र प्राकृतिक विपत्तिमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए […]
१५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन भएका थिए । जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको […]
१५ वैशाख, जनकपुरधाम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सप्तरीका एकजना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरिया बस्ने भगाई सदाका १६ वर्षीय छोरा राम सदा रहेको प्रहरीले जनाएको छ । मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लग्दै गर्दा […]
from समाचार – Online Khabar https://ift.tt/3gNTYRZ
via IFTTT